Author: Himalaya Post

लुम्बिनी प्रदेशः उत्पादन, रोजगारी र पूर्वाधार केन्द्रित बजेट प्राथमिकतामा

लुम्बिनी-  लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने जनाएको छ । प्रदेश सरकार आर्थिक मामिलामन्त्री धनेन्द्र कार्कीले लुम्बिनी प्रदेश सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै सीमित स्रोत र बढ्दो दायित्वका बीच यथार्थपरक, कार्यान्वयनयोग्य र परिणाममुखी बजेट ल्याइने स्पष्ट पार्नुभएको हो । उहाँले चालु खर्च नियन्त्रण गर्दै पूँजीगत खर्चको प्रभावकारिता बढाइने, सार्वजनिक खर्चमा मितव्ययिता अपनाइने तथा वित्तीय अनुशासन कायम गरिने बताउनुभयो । प्रदेश सरकारको दोस्रो आवधिक योजना, दिगो विकास लक्ष्य, संविधानको समाजवाद उन्मुख अवधारणा तथा ‘समृद्ध लुम्बिनीः खुसी नागरिक’ को दीर्घकालीन सोचलाई...

Read More

लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मी चनाखो हुनुपर्छ;अध्यक्ष निर्मला शर्मा

काठमाडौं-  नेपाल पत्रकार महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मीहरु चनाखो हुनुपर्ने बताएकी छिन्। नेपाल पत्रकार महासङ्घ मोरङको वार्षिक साधारणसभाको आज विराटनगरमा उद्घाटन गर्दै अध्यक्ष शर्माले लोकतन्त्र, प्रेस स्वतन्त्रताको संरक्षण तथा सवर्द्धनमा सरकार र सम्बन्धित निकायहरुले थप जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोडदिएकी छिन् । उनले पत्रकारिता पेसालाई थप सम्मानजनक र दिगो बनाउन सबै सरोकारवाला मिलेर काम गर्नुपर्ने बताएकी छिन्। उनले निजी क्षेत्रका पत्रपत्रिकाहरुलाई विज्ञापन वितरणमा हुने भेदभाव अन्त्य गरी समान पहुँचको सुनिश्चित गर्न सरकार समक्ष माग राखेकी छिन् । अध्यक्ष शर्माले पत्रकारको आन्दोलन आगामी दिनमा थप सशक्त रुपमा अगाडि बढाउने जानकारी दिएकी छिन् । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले...

Read More

बिपक्षीको आरोप; प्रधानमन्त्री र सभामुखबाट संसद नियमावलीको गम्भीर उल्लङ्घन, संसदीय अभ्यास कमजोर बनाइएको दाबी

काठमाडौँ – प्रतिनिधिसभा बैठकमा बिपक्षी दलहरूले प्रधानमन्त्री र सभामुख दुवैको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै संसद नियमावलीको पालना नभएको आरोप लगाएका छन्। बिपक्षी सांसदहरूले संसद सञ्चालन निष्पक्ष, पारदर्शी र लोकतान्त्रिक अभ्यासअनुसार हुनुपर्ने भए पनि त्यसको विपरीत गतिविधि भइरहेको दाबी गरेका छन्। बिपक्षीका अनुसार प्रधानमन्त्रीले संसदलाई छल्ने, अपमान गर्ने तथा संसदीय प्रक्रियालाई कमजोर बनाउने कार्य गरेको आरोप लगाइएको छ। उनीहरूले प्रधानमन्त्रीको कार्यशैलीले संसदको गरिमा मात्र होइन, लोकतान्त्रिक प्रणालीमै असर पार्ने खतरा रहेको बताएका छन्। त्यसैगरी सभामुखको भूमिकामाथि पनि बिपक्षी दलहरूले कडा आलोचना गरेका छन्। उनीहरूको भनाइ अनुसार सभामुखले प्रतिनिधिसभा नियमावलीअनुसार बैठक सञ्चालन नगरेको, बिपक्षीलाई समान अवसर नदिएको तथा संसदीय मर्यादाभन्दा बाहिर...

Read More

संसदमा विपक्षीको चर्को विरोध, प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं-  विपक्षी दलहरूको चर्को विरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। संसद बैठक सुरु हुनासाथ विपक्षी सांसदहरूले उठेर नाराबाजी गरेपछि बैठकको वातावरण तनावपूर्ण बनेको थियो। विपक्षी दलहरूले सरकार संसदप्रति जवाफदेही बन्न नसकेको, महत्वपूर्ण विषयमा स्पष्ट जवाफ नदिएको तथा संसदको गरिमामाथि आघात पुगेको आरोप लगाएका छन्। उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बैठक अवरुद्ध गरेका हुन्। सदनमा लगातार नाराबाजी र होहल्ला भएपछि सभामुखले बैठक सञ्चालन गर्न कठिन भएको भन्दै १५ मिनेटका लागि बैठक स्थगित गरेको घोषणा गरेका छन्। पछिल्लो राजनीतिक घटनाक्रमका कारण संसदमा सत्ता पक्ष र प्रतिपक्षबीचको विवाद थप चर्किएको देखिएको...

Read More

प्रधानमन्त्रीको व्यवहारप्रति एमालेको कडा आपत्ति

 काठमाडौं – बिहीबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री विधेयक पेश गर्न समेत नआएको भन्दै विपक्षीहरूले विरोध समेत गरेका छन् । एमाले सांसद ऐनबहादुर महरले संविधानको धारा ७६ को १० बमोजिम प्रधानमन्त्री गम्भीर नबनेको बताए । प्रधानमन्त्रीज्यूको नियत सदनलाई छल्ने, अपमान गर्ने, जनताको मतको उपेक्षा गर्ने छ,’ सांसद महरले भने, ‘संविधानको धारा ७६ को १० बमोजिम सदनप्रति सरकार उत्तरदायी बन्नुपर्ने र जनताको आवाजहरू सुनुवाइ हुनुपर्छ भनेर समेत भनेका...

Read More