Author: Himalaya Post

जिडिपी’ मा सुदूरपश्चिमको योगदान सात प्रतिशत पुग्ने अनुमान

काठमाडौँ – राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२र८३ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमानअनुसार सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र करिब रु चार खर्ब ६४ अर्ब पुग्ने जनाइएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशले राष्ट्रिय कूल गार्हस्थ्य उत्पादनमा सात प्रतिशत योगदान गर्ने अनुमान गरिएको हो । अघिल्लो आर्थिक वर्ष २०८१ र ८२ मा प्रदेशको योगदान सात दशमलव एक प्रतिशत रहेको थियो । प्रादेशिक लेखाका अनुमान प्रचलित र स्थिर दुवै मूल्यमा मापन गरी सार्वजनिक गरिएको छ । प्रचलित मूल्यको कूल गार्हस्थ्य उत्पादनबाट अर्थतन्त्रको आकार अनुमान गरिन्छ भने स्थिर मूल्यको कूल गार्हस्थ्य उत्पादनबाट आर्थिक वृद्धिदर अनुमान गरिन्छ ।...

Read More

सरकार र अधिकारकर्मी रूबी खानबीच ५ बुँदे सहमति, २३ औं दिनमा अनशन तोडियो

काठमाडौं-  बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान लगायतका माग राख्दै विगत २३ दिनदेखि अनशनरत रहनुभएकी अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच मंगलबार ५ बुँदे सहमति भएको छ। सहमति भएसँगै उहाँले आफ्नो २३ औं दिनको अनशन अन्त्य गर्नुभएको छ। खानलाई प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले पानी खुवाएर अनशन तोडाउनु भएको हो। बाँकेको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज नेपालगन्ज अस्पताल  मा अनशनरत खानसँग वार्ताका लागि सरकारका तर्फबाट विशेष टोली खटाइएको थियो। उक्त टोलीमा प्रहरी प्रधान कार्यालयबाट प्रहरी अतिरिक्त महानिरीक्षक सुशिल सिंह राठौर, गृह मन्त्रालयका सहसचिव एव प्रवक्ता आनन्द काफ्ले...

Read More

गण्डकी प्रदेशले भौतिक पूर्वधारमा फड्को मारेको छ मुख्यमन्त्री पाण्डे

बागलुङ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले भौतिक पूर्वधारमा ठूलो फड्को मारेको बताएका छन् । बुधबार बागलुङ नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले चारवर्षे कार्यकाल पूरा गरेको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशभर ९० प्रतिशत भौतिक पूर्वाधार विकास प्रदेश सरकारमार्फत भएको उनले दाबी गरे । प्रदेश सरकारमार्फत थुप्रै महत्त्वपूर्ण काम भए पनि जनतालाई बुझाउन नसकेको मुख्यमन्त्री पाण्डेको भनाइ छ । जनतामा केही भएन भन्ने भाष्य निर्माण भएको भन्दै अब हरेक जनप्रतिनिधिले गरेको काम जनतालाई बुझाउनुपर्ने उनले बताए । हरेक जनप्रतिनिधिले नागरिकमा भएको निराशालाई आशामा बदल्ने काम गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिएका छन् । उनले भने, “सङ्घीयता आएपछि प्रदेश सरकारले...

Read More

नेप्से परिसूचकमा ३० अङ्कको वृद्धि

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३० दशमलव शून्य आठ अङ्कले उकालो लागेर दुई हजार ७५४ दशमलव ४८ मा पुगेको छ । यो एक दशमलव १० प्रतिशतको वृद्धि हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ६८ अङ्कले उकालो लागेर ४७१ दशमलव शून्य छ मा पुगेको छ । कूल ३४६ कम्पनीको एक करोड छ लाख ६१ हजार ४७६ कित्ता शेयर रु तीन अर्ब ८२ करोड आठ लाख ९६ हजार ९६६ मूल्यमा खरिद बिक्री भयो । कारोबारका आधारमा कर्पोरेट डेभलपमेन्ट बैंक शीर्ष...

Read More

अर्थमन्त्रीको ‘मिसन मोड’ यस्ता छन् बजेटमा निजी क्षेत्रका सुझाव

काठमाडौं-  सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेको बेला निजी क्षेत्रले अर्थतन्त्रको संरचनागत सुधार गर्ने गरी रूपान्तरणकारी बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । अर्थतन्त्रको वर्तमान मोडेलमा आमुल परिवर्तन गर्न निजी क्षेत्रले सरकारलाई सुझाव मात्रै दिएको छैन, त्यसका लागि पूर्ण रुपमा सहयोगी बनेर अगाडि बढ्ने प्रतिबद्धतासमेत जनाएको छ । राजनीतिक रुपमा सरकार पनि नयाँ विचार र सोचसहितको छ । यस्तै, नेपाल उद्योग वाणिज्य महासङ्घमा पनि नयाँ नेतृत्व चयन भएको छ ।  अर्थतन्त्रको मोडलमा आमूल परिवर्तन हुने विश्वास सरोकारवालाले व्यक्त गरेका छन् । सङ्घीय संसद्का दुवै सदनबाट विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त पारित भइसकेको छ । संविधानको निदृष्ट गरेअनुरुप यही...

Read More