Author: Himalaya Post

प्रतिनिधिसभा बैठकको आकस्मिक समयको उचित व्यवस्थापन गरिने सभामुखद्वारा जानकारी

काठमाडौं – सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको ‘आकस्मिक समय’बारे कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर आगामी दिनमा यसलाई थप व्यवस्थित बनाइने जानकारी दिएको छ । सभाको आजको बैठकमा केही सदस्यले समसामयिक विषयमा आफ्नो भनाइ राखेपछि आकस्मिक समय सकिए पश्चात शून्य समय आरम्भ गराउन खोज्दा थप सदस्यले भनाइराख्न आसनबाट उठेपछि सभामुख अर्यालले बस्न आग्रह गरे । सांसदहरू राजेन्द्रकुमार राई, बलावती शर्मालगायत सोही समयमा बोल्न उठिरहे पछि सभामुखले आकस्मिक समयमा अघिल्लो बैठक सकिएदेखि यस बैठकसम्मको अवधिमा मुलुकका उत्पन्न भएका जनजीवनमा अति महत्वपूर्ण घटना–विषयलाई बोल्न समय माग्न र दिन सकिने संसदीय अभ्यास छ । सांसदले बोल्न टिपाइएका कुनै विषय उक्त समयमा बोल्न संवेदनशील नलागेमा...

Read More

प्रधानमन्त्रीलाई सदन ‘एलर्जी’ भएको जस्तो देखियो : कांग्रेस सचेतक राई

काठमाडौं – नेपाली कांग्रेसका सचेतक निश्कल राई ले प्रधानमन्त्री बालेन शाह लाई सदनमा उपस्थित गराउन रुलिङ गर्न सभामुखसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै राईले प्रधानमन्त्री र सरकारलाई सदनप्रति जवाफदेही बनाउँदै संसदलाई मर्यादित ढंगले अघि बढाउन प्रधानमन्त्रीको उपस्थितिका लागि सभामुखले रुलिङ गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री र सरकार सदनप्रति जवाफदेही नभएसम्म प्रतिपक्षी दलको विरोध जारी रहने उल्लेख गरे । हिजो निलो स्कार्फ बाँधेर विरोध गरिएको र आज प्लेकार्ड प्रदर्शन गरिएको उल्लेख गर्दै उनले बेलैमा सभामुख र सरकारको ध्यान जानुपर्ने बताए । पछिल्ला केही बैठकदेखि प्रतिपक्षी दलले सरकारलाई जवाफदेही बनाउन खोजे पनि सभामुखको साथ प्राप्त नभएको...

Read More

प्रधानमन्त्रीलाई हर्क साम्पाङको सुझाव– ‘कर्तव्य पूरा गर्न नसके मार्गप्रशस्त गर्नुहोस्’

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो कर्तव्य पूरा गर्न नसके मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको उपस्थीतिको माग गर्दै अध्यक्ष साम्पाङले संसदप्रति जवाफदेही हुनुपर्ने प्रधानमन्त्रीको कर्तव्य भएकाले त्यसलाई पूरा गर्न नसके मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् । उनले प्रतिनिधिसभा नियमावली १५ को उपनियम २ अनुसार प्रधानमन्त्रीले आफूहरूले उठाएको प्रश्नको जवाफ दिनुपर्ने बताए । सुकुमबासी, शान्ति सुरक्षादेखि सीमा समस्याको विषयमा उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री सदनप्रति जवाफदेही हुनुपर्ने माग राख्दै श्रम संस्कृति पार्टीले सदनमा निरन्तर विरोध जनाउदै आएको छ...

Read More

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ- कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तररदक्षिण जोड्ने कोरलाको जोमसोम–कागबेनी खण्डको स्तरोन्नति सुरु गरेको छ । आयोजनाले सालबसाली ठेक्का सम्झौता अनुसार करिव सात करोड लागतमा जोमसोम–कागबेनी नौ किलोमिटर सडकखण्डको स्तरोन्नति सुरु गरेको हो । राष्ट्रिय गौरवको कोरला सडक आयोजनाअन्तर्गत विसं २०७६ अघि निर्माण सम्पन्न भइसकेको जोमसोम-कोरला खण्डअन्तर्गत पहिलो खण्डको जोमसोम-कागबेनी कालोपत्र सडक वर्षा, पहिरोलगायत कारणले भएका संरचनामा आंशिक क्षति भएपछि स्तरोन्नति थालिएको हो । उक्त सडकको केही स्थानमा गतवर्षको साउन महिनामा सडक भाँसिएको, कतिपय स्थानमा सडक संरक्षणका लागि ड्रेन र सडक बाललगायत पूर्वाधार तयार नहुँदा संरचनामा क्षति पुगेको आयोजना कार्यालयले जनाएको छ । कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका...

Read More

म्याग्दीमा सिंगा तातोपानी प्रहरी चौकी भवन उद्घाटन, भूकम्प प्रतिरोधी सुविधा सम्पन्न संरचना निर्माण

म्याग्दी – गण्डकी प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक दीपेन्द्र घर्ती क्षेत्री ले बिहीबार म्याग्दीको बेनी नगरपालिका–४ राक्सेमा निर्माण गरिएको सिंगा तातोपानी प्रहरी चौकी भवनको उद्घाटन गरेका छन् । गण्डकी प्रदेश सरकारको सहयोगमा तीन करोड ५१ लाखको लागतमा निर्माण गरिएको उक्त भवन भूकम्प प्रतिरोधी क्षमतासहितको सुविधा सम्पन्न रहेको बताइएको छ । नवनिर्मित भवनले प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी अधिकारी तथा सर्वसाधारणको सहभागिता रहेको थियो...

Read More