Author: Himalaya Post

प्रेसलाई नियन्त्रण गर्ने सरकारको मनसाय छैनः सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेसलाई नियन्त्रित गर्ने सरकारको मनसाय नरहेको स्पष्ट गर्नुभएको छ । प्रतिनिधिसभाका विभिन्न बैठकमा सांसदहरूबाट आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै मन्त्री डा तिमिल्सिनाले सरकार पूर्ण प्रेस स्वतन्त्रतताप्रति प्रतिबद्ध रहेको बताउनुभयो । “प्रेस स्वतन्त्रताको अधिकार संविधानले दिएको हो । आज, भोलि र पर्सी कसैले यो अधिकार कुष्ठित गर्न सक्दैन तर प्रेस स्वतन्त्रता स्वछन्दता भने हुँदैन । प्रेसले आफ्नो गरिमा र सीमालाई कायम राख्न सक्नुपर्छ”, मन्त्री डा तिमिल्सिनाले भन्नुभयो, “प्रेसले आफ्नो गरिमा र सीमालाई कायम गर्दा सरकारले चाहेर केही गर्न सक्दैन । त्यसकारण गरिमा र सीमालाई ख्याल गरेर ढुक्क भएर काम गर्न म पत्रकारिता...

Read More

असार १ बाट कक्षा ११ को नयाँ शैक्षिक सत्र सुरु

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ११ को नयाँ शैक्षिक सत्रको पठनपाठन असार १ गतेबाट सुरु गर्ने निर्णय गरेको छ। विद्यालय तहको शैक्षिक क्यालेन्डरलाई व्यवस्थित बनाउने उद्देश्यसहित केन्द्रले देशभरका विद्यालयलाई सोही अनुसार तयारी गर्न निर्देशन दिएको हो। हाल कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसईई सकिएसँगै विद्यार्थी भर्ना प्रक्रिया र नयाँ शैक्षिक सत्रको तयारी तीव्र पारिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले समयमै भर्ना, पाठ्यपुस्तक व्यवस्थापन तथा शिक्षक व्यवस्थापन गर्न विद्यालयहरूलाई आग्रह गरेको जनाएको छ। मन्त्रालयले यस वर्षदेखि शैक्षिक गतिविधिलाई नियमित र प्रभावकारी बनाउन समयमै पठनपाठन सुरु गर्ने नीति लिएको...

Read More

नेपाल इन्जिनियरिङ कलेज र भायोनेट विच एमओयू

काठमाडौं-  भक्तपुर चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज र भायोनेट कम्युनिकेशन लिमिटेड विच दुरसञ्चार, आइटी विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई शिक्षा र उद्योगलाई जोड्न समझदारी एमओयू भएको छ । मुनाफारहित सामाजिक संस्थाका रुपमा सञ्चालित कलेजले स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको क्षमता विकास गर्दै उनीहरुलाई उद्योग र व्यवसायसँग नजिक गराउनु उद्देश्यले नेपालको अग्रणी इन्टरनेट प्रदायक संस्था भायोनेट कम्युनिकेशनसँग एमओयू गरेको हो । एमओयू पत्रमा कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारी तथा कम्प्युटर इन्जिनियरिङ विभागका सहायक प्राध्यापक कृष्ण विक्रम शाह भायोनेट कम्युनिकेशनकी कर्पोरेट सेल्स मेनेजर रञ्जु लामाले हस्ताक्षर गर्नुभएको छ । एमओयूमा नेपाल इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरुको सीप, उद्योगको सम्पर्क र रोजगारी बढाउने लक्ष्य...

Read More

जिडिपी’ मा सुदूरपश्चिमको योगदान सात प्रतिशत पुग्ने अनुमान

काठमाडौँ – राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२र८३ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमानअनुसार सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र करिब रु चार खर्ब ६४ अर्ब पुग्ने जनाइएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशले राष्ट्रिय कूल गार्हस्थ्य उत्पादनमा सात प्रतिशत योगदान गर्ने अनुमान गरिएको हो । अघिल्लो आर्थिक वर्ष २०८१ र ८२ मा प्रदेशको योगदान सात दशमलव एक प्रतिशत रहेको थियो । प्रादेशिक लेखाका अनुमान प्रचलित र स्थिर दुवै मूल्यमा मापन गरी सार्वजनिक गरिएको छ । प्रचलित मूल्यको कूल गार्हस्थ्य उत्पादनबाट अर्थतन्त्रको आकार अनुमान गरिन्छ भने स्थिर मूल्यको कूल गार्हस्थ्य उत्पादनबाट आर्थिक वृद्धिदर अनुमान गरिन्छ ।...

Read More

सरकार र अधिकारकर्मी रूबी खानबीच ५ बुँदे सहमति, २३ औं दिनमा अनशन तोडियो

काठमाडौं-  बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान लगायतका माग राख्दै विगत २३ दिनदेखि अनशनरत रहनुभएकी अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच मंगलबार ५ बुँदे सहमति भएको छ। सहमति भएसँगै उहाँले आफ्नो २३ औं दिनको अनशन अन्त्य गर्नुभएको छ। खानलाई प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले पानी खुवाएर अनशन तोडाउनु भएको हो। बाँकेको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज नेपालगन्ज अस्पताल  मा अनशनरत खानसँग वार्ताका लागि सरकारका तर्फबाट विशेष टोली खटाइएको थियो। उक्त टोलीमा प्रहरी प्रधान कार्यालयबाट प्रहरी अतिरिक्त महानिरीक्षक सुशिल सिंह राठौर, गृह मन्त्रालयका सहसचिव एव प्रवक्ता आनन्द काफ्ले...

Read More