Author: Himalaya Post

रत्नराज्य स्ववियु कार्यसमितिले पूर्णता पायो

काठमाडौँ– चैत १५ गते सम्पन्न रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कार्यसमितिले पूर्णता पाएको छ । समानुपातिक निर्वाचनबाट प्राप्त मतको आधारमा सङ्गठनले कार्यसमिति मनोनीत हुने प्रतिनिधि पठाएपछि पूर्णता पाएको निर्वाचन समितिका सदस्यसचिव कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए । उनले निर्वाचनमा सहभागी अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ र संयुक्त प्यानलले समानुपातिकमा पाएको मतको आधारमा पदाधिकारी र सदस्य पठाएको बताए । “अनेरास्ववियु क्रान्तिकारीबाहेक सबैले बन्दसूचीमा भएको नाम अनुसार समानुपातिकमा पाएको मतको आधारमा सदस्य पठाउनु भएको छ” उनले भने– “स्ववियुले पूर्णता पाएपछि आफ्ना गतिविधि सञ्चालन गर्न पाउँछ ।” प्रत्यक्षबाट ११ सदस्यीय र समानुपातिकबाट १० सदस्यीय चयन गर्ने व्यवस्था रहेको थियो । उनका...

Read More

वन विभाग भन्छ : गर्मी महिनामा धेरै आगालागी हुनसक्छ, सचेत हुनुहोस्

अच्युत रेग्मी– काठमाडौँ– कृपया जथाभावी आगो फुकेर नहिँडनुहोस्, यो गर्मी मौसममा सबैतिर सुक्काहुने र हावाहुरी बढी चल्ने हुँदा आगो उडाएर घर तथा वन क्षेत्रमा आगलागी हुन सक्छ । वन विभागले जनाएअनुसार मानिसको हेलचक्रयाइँले गर्दा वनमा धेरै डडेलो लाग्ने गरेको छ । मानिसले व्यक्तिगत जग्गामा पातपतिङ्गर पोलेर छाड्दा होस् या सडक बढारेको फोहोर नालीमा फालेर आगो लगाउँदा होस् यस्तो समयमा धेरै आगलागी हुने गरेका छन् । गत वर्षको तुलनामा यो यर्ष वनमा कम मात्रामा डडेलो लागेको छ । विभागका उपसचिव मोहनराज काफ्लेले यसवर्ष धेरै वर्षा भएका कारणले गत वर्षको तुलनामा वनमा कम मात्रामा आगालागी भएको बताए । उनले भन्नुभयो, “जनचेतना...

Read More

निर्वाचन घोषणापत्र तयारीसँगै आन्तरिक परिचालनमा एमाले

प्रकाश सिलवाल, काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारीसँगै आन्तरिक व्यवस्थापन र परिचालनमा प्राथमिकता दिएको छ । संविधान संशोधनतिरभन्दा तिनै तहको निर्वाचन गरेर संविधान कार्यान्वयन हुँदै समृद्ध नेपाल बनाउनुपर्ने आवाज उठाउँदै आएको सो दलले केन्द्रीयस्तरमा उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा निर्वाचन घोषणापत्र मस्यौदा समिति र महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा निर्वाचन अनुगमन तथा समन्वय समिति गठन गरेर काम अघि बढाएको छ । यी दुवै समितिको बैठक र समन्वयका काम नियमित र दैनिक हुन थालेका छन् । यी समितिले पनि उपसमूह बनाएर फरकफरक कामको जिम्मेवारी दिइएको छ । निर्वाचनको घोषणा हुनुपूर्व नै तय गरेका आधारमा सो...

Read More

अर्को वर्षदेखि नेपालले ६ महिना बिजुली बेच्छ, देशैभरी लोडसेडिङ अन्त्यको तयारी : कुलमान

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अर्को वर्षदेखि पूर्णरुपमा लोडसेडिङ अन्त्य हुने तथा वर्षमा ६ महिना नेपालले विद्युत् बेच्न सक्ने बताएका छन् । प्राधिकरणको केन्द्रीय कार्यालयमा आज भएको एक कार्यक्रममा घिसिङ्ले तामाकोशी जलविद्युत आयोजना बनेपछि वर्षमा ६ महिना विजुली बेच्नुपर्ने बताएका हुन् । अबको दुई तीन बर्षभित्र नेपालमा आफ्नै उत्पादनबाट १२ सय मेगावाट बिजुली थपिने भएकाले काठमाडौँमा विद्युतको डिमाण्ड (माग) बढाउन बिद्युत प्रणाली सुधार गरिने उनको भनाई छ । काठमाडौंमा रहेका ट्रान्सफरहरु ४ सय मेगावाट क्षमतामा रहेको र यसलाई स्तरोन्नती गरेर १ हजार मेगावाट क्षमताको बनाइने उनले जानकारी दिए । घिसिङले भने,‘अब लोडसेडिङको चिन्ता छैन । हामीले...

Read More

अनुचित कार्यलाई पनि आफ्नो क्षेत्राधिकारभित्र राख्न अख्तियारको माग

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)ले संविधान संशोधन गरी अनुचित कार्यलाई पनि आयोगको क्षेत्राधिकारभित्र राख्न पुनः माग गरेको छ । अदुअआले एउटा सिक्काका दुईपाटाका रुपमा भ्रष्टाचार र अनुचित कार्य रहेको उल्लेख गर्दै यसको नियन्त्रण, रोकथाम र निर्मूल गरी सुशासन कायम गर्न सो माग गरेको हो । व्यवस्थापिका–संसद्, सुशासन तथा अनुगमन समितिद्वारा आज आयोगका कामका बारेमा जानकारी लिन गएको संसदीय टोलीसित आयोगले सो माग पुनः दोहोर्याउँदै संविधानबाट अनुचित कार्यको छानबिनको प्रावधान हटाइएको र अर्को अधिकार प्राप्त निकायलाई जिम्मेवारीसमेत नतोकिँदा आगामी दिनमा भ्रष्टाचारविरुद्धको कारबाहीमा सुस्तता आउने जनाएको छ । आयोगका सचिव पूर्णचन्द्र भट्टराईले आयोगका कामका बारेमा जानकारी गराउँदै आयोगले आफ्ना वार्षिक...

Read More