Author: Himalaya Post

सुरक्षा परिषद्को सचिवालय सरकारलाई राय दिन सक्षम हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षासम्बन्धी नीतिको स्वतन्त्र र निष्पक्ष ढङ्गले कार्यान्वयन भए कि भएनन् भन्ने अनुगमन गर्न राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयलाई निर्देशन दिएका छन् । सचिवालयको आज आयोजित १६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दैप्रधानमन्त्री दाहालले राष्ट्रिय सुरक्षा नीति, २०७३ को कार्यान्वयनको अनुगमन र मूल्याङ्कन गर्ने महत्वपूर्ण जिम्मेवारी सुरक्षा परिषद्ले पाएको उल्लेख गरे । परिषद्का अध्यक्ष प्रधानमन्त्री दाहालले भने, “सचिवालयले विद्यमान परिस्थितिमा समग्र विषयवस्तुको अध्ययन, अनुसन्धान र विश्लेषण गरी राष्ट्रिय सुरक्षा परिषद् र नेपाल सरकारलाई राय–सुझाव प्रदान गर्न सक्षम हुनु पर्दछ । कार्यक्षेत्र र जिम्मेवारीलाई थप सशक्त, व्यावसायिक र गरिमामय बनाउन आवश्यक रहेको मैले महसुस गरेको छु।” मुलुकको समग्र...

Read More

पक्राउ परेका डा. भट्टराईले सुरु गरे पुलिस क्लब भित्रै धर्ना

काठमाडौँ– नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचन आयोग अगाडि धर्नामा बसेका बेला प्रहरीद्वारा पक्रिए पछि पुलिस क्लवमा धर्ना सुरु गरेका छन् । उनी लगायत साना दलका नेता निर्वाचन आयोगले निर्वाचन चिन्ह नदिए सम्म प्रहरी नियन्त्रण भित्रै धर्ना बस्ने भएका हुन् । २ नं. गण महाराजगञ्जबाट प्रहरीले महेन्द्र पुलिस क्लब भृकुटीमण्डपमा सारेलगत्तै भट्टराईससहित सांसद गंगा चौधरी, नेताहरु सीपी गजुरेल, परशुराम तामाङ, रामकुमार शर्मालगायतका नेताहरुले नेपाल पुलिस क्लबभित्रै धर्ना सुरु गरेका छन् । संविधानको धारा २६९ (७०) र (७१) मा भएको दलहरुले दलीय पहिचानको आधारमा चुनाव चिन्ह पाउनुपर्ने प्रावधान विपरीत स्थानीय तह निर्वाचन ऐन २०७३ ले...

Read More

‘वीरता जेसीज’ले धुर्मुस–सुन्तलीलाई नगद रु १० लाखका साथै नागरिक सम्मान गर्ने

बिर्तामोड– वीरता जेसीजले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई २०७३ सालको उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने भएको छ । उनीहरुको अभियानलाई सघाउन रकम सङ्कलन समेत थालिएको छ । झापा गौरादह घर भई कलाकारिता क्षेत्रमा ख्याती प्राप्त गर्नुका साथै भूकम्पपीडितको घर निर्माण अभियानमा योगदान गरेबापत धुर्मुस– सुन्तलीलाई सम्मान गर्न लागिएको हो । अगामी वैशाख ३ गते विर्तामोडमा विशेष कार्यक्रमकाबीच दुवैजनालाई नागरिक सम्मानका साथै नगद रु १० लाख प्रदान गर्न लागिएको समारोह समितिका संयोजक विनोद बस्नेतले जानकारी दिए । वीरता जेसीजको अगुवाइमा बर्सेनि एक झापाली नागरिकलाई उत्कृष्ट घोषित गर्दै सम्मान गर्दै आएको सो संस्थाका अध्यक्ष सञ्जु भारतीले बताए। सन् १९८१...

Read More

केन्द्र विवादले गाउँपालिका कार्यान्वयनमा आउन सकेन

म्याग्दी– म्याग्दीको रघुगङ्गा भेगका आठ गाविसलाई समावेश गरिएको रघुगङ्गा गाउँपालिकाको केन्द्र विवादले तीन साता बितिसक्दा पनि गाउँपालिका औपचारिकता पाउन सकेको छैन । यस गाउँपालिकामा समावेश अधिकांश साबिकका गाविसमा वडा कार्यालयसमेत स्थापना हुन नसकेको भगवतीका अगुवा रिम कटुवालले बताए । सरकारले राजपत्रमा रघुगङ्गा गाउँपालिकाको केन्द्र पाखापानी तोके पनि त्यस गाउँपालिकामा समावेश पाँच गाविसका बहुसङ्ख्यक जनतालाई अपायक पर्ने देखिएपछि गाउँपालिका कार्यान्वयन कठिन भएको हो । पिप्ले, भगवती, बेगखोला क्षेत्रका बासिन्दाले यथास्थितिमा निर्वाचन गर्न नदिने भन्दै निर्वाचन बहिष्कार अभियान नै चलाएका छन् भने वडा कार्यालयसमेत सञ्चालनमा नआउँदा सर्वसाधारण समस्यामा परेका छन् । भौगोलिक विकटताका कारण गाउँपालिकामा समावेश आठ गाविस झीँ, पाखापानी, कुइनेमङ्गले,...

Read More

पत्रकार आचारसंहिता पूर्णपालनामा जोड

सोलुखुम्बु– पत्रकार आचारसंहिताको पूर्ण पालनाका लागि सरोकारवालाले जोड दिएका छन् । प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घ सोलुखुम्बु जिल्ला शाखाले सल्लेरीमा आयोजना गरेको अन्तक्रिया सरोकारवालाले पत्रकार आचारसंहिताको पूर्ण पालनाले समाजमा द्वन्द्व सिर्जना नहुने बताए । प्रेस काउन्सिल नेपालका सदस्य शुभेच्छा विन्दु तुलाधरले समाजमा अहिले राजनीतिक नेता पछि बढी मात्रामा पत्रकारलाई गाली गर्न थालेको बताउँदै पत्रकारले आचारसंहितालाई ध्यान दिएर सञ्चार सामग्री प्रस्तुत गर्दा पत्रकार र सञ्चार माध्यमको गरिमा बढ्ने बताइन् । सञ्चार माध्यमले सरकार बनाउनेदेखि गिराउनेसम्मका भूमिका निर्वाह गर्ने चर्चा गर्दै उनले पत्रकार तथा सञ्चार माध्यमले आचारसंहिताको उल्लङ्घन गरे वा कुनै पक्ष समाचारका कारण पीडित भए प्रेस काउन्सिलमा उजुरी...

Read More