Author: Himalaya Post

भारतीय पक्षबाट गोली प्रहार भएकोमा एमालेको विरोध

काठमाडौँ, २७ फागुन । नेकपा (एमाले) ले कञ्चनपुरको पुनर्वास नगरपालिका– ८ मा भारतीय सिमा सुरक्षा बल (एसएसबी) को गोली प्रहारबाट स्थानीय बासिन्दा गोविन्द गौतमको निधन भएकोमा दुःख व्यक्त गर्दै घटनाको निन्दा र भत्र्सना गरेको छ । एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति प्रकाशित गरी नेपालको सार्वभौमिकता र स्वतन्त्रतामा आँच आउने गरी सार्वभौम मुलुकका नागरिकमाथि गोली प्रहार भएको विषयलाई गम्भीरतापूर्वक भारत सरकार समक्ष उठाउन, जनतालाई यथार्य जानकारी दिन र आइन्दा यस्ता घटना नदोहोर्याउने भरपर्दो प्रतिवद्धता व्यक्त गराउन सरकारलाई आग्रह गरेको छ । ‘‘विगतमा पनि भारतीय पक्षबाट सीमा क्षेत्रमा ज्यादती हुँदै आइरहेकोमा अहिले देशभित्र संविधान कार्यान्वयनका लागि...

Read More

बाजुराका एघार गाविसमा भारी हिमपात

बाजुरा– बुधबार रातिको मौसम बदलिएसँगै चिसो बढेकाले बाजुराका एघार गाविसमा हिमपात भएको छ । मौसम परिवर्तन र वर्षात् सुरु भएपछि जिल्लाको उत्तरी भेगमा हिमपात सुरु भएको विकट गाविस बिच्छ्याका धनलाल सुनारले बताए । उनका अनुसार हिमपातका कारण उत्तरी भेगका विद्यालयसमेत बन्द भएको र स्थानीय बासिन्दालाई आवतजावत गर्न पनि समस्या भएको छ । मार्तडी–कोल्टी सडकखण्डमा भारी हिमपातसंगै वर्षा भएकाले कोल्टीसम्म चल्ने सवारी साधनसमेत ठप्प भएका छन् । हिमपात र पानी परेकाले स्थानीयवासीलाई दैनिक कामकाजमा समस्या भएको छ । जिल्लाका बिच्छ्या, रुगिन, गोत्री, साप्पाटालगायतका दहकोट मानाकोट आटिचौर गाविसमासमेत प्रभावित भएको त्यहाँका बासिन्दाले बताएका छन् । हिमपातका कारण जिल्लाका बडिमालिका, बूढीनन्दा, कालाजग्रालगायतका...

Read More

खानेपानी संस्थानले २० लिटरको जार ल्याउने

काठमाडौँ– खानेपानी संस्थानले २० लिटरको खानेपानीको जार दुई हप्ताभित्र बजारमा ल्याउने भएको छ । काभ्रेपलाञ्चोकको पनौतीमा उत्पादन गरी प्रशोधन गरिएको पानीको जारको मूल्य रु ५२ कायम गरिएको संस्थानका कामु प्रबन्धक भूपेन्द्र प्रसादले जानकारी दिए । संस्थानले पानी उत्पादन गरी वितरण गर्न सम्पूर्ण तयारी पूरा गरेको छ । सबै सरकारी कार्यालयमा पानी वितरण गर्न मन्त्रालयले सहयोग गर्ने खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले बताए । संस्थानले उत्पादन गरेको पानी गुणस्तरीय रहेको जनाइएको छ । सरकारी संस्थानले पहिलो पटक मिनरल वाटर बजारमा ल्याउन लागेको हो । संस्थानले विसं २०६४ सम्म उपत्यकालगायत देशका प्रमुख सहरमा खानेपानीको व्यवस्थापन गर्दै आएको थियो ।...

Read More

निकुञ्जमा अग्निरेखा निर्माणको काम अन्तिम चरणमा

चितवन– चितवन राष्ट्रिय निकुञ्जभित्र अग्निरेखा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यस सँगसँगै घाँसे मैदानका लागि नियन्त्रित आगोसमेत लगाउन थालिएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार पूरै निकुञ्ज क्षेत्रमा आवश्यकताअनुसार अग्निरेखा निर्माण गरिन्छ । यकिन क्षेत्रफल थाहा नहुने भए पनि २५० किलोमिटरभन्दा बढी क्षेत्रमा अग्निरेखा निर्माण गरिने उनले बताए । पाँच मिटरको हाराहारीको चौडाइमा रहेका घाँस पातपतिङ्गर हटाएर दुई क्षेत्रमा विभाजन गर्ने काम नै अग्निरेखा हो । जसले एकापट्टि क्षेत्रमा आगलागी हुँदा सो आगो अर्को क्षेत्रमा जान दिँदैन । जसले गर्दा एकातर्फ आगो लाग्दा वन्यजन्तु अर्कोतर्फ गएर बस्न र चर्न पाउने अर्यालले बताए । घाँसे...

Read More

बन्दले मोरङका उद्योगी व्यवसायी प्रताडित

मोरङ– बन्द, हडताल, मजदुर समस्या, बजार अभाव, जस्ता समस्या झेल्दै आएका उद्योगी राजनीतिक अस्थिरता लम्बिँदा मोरङ –सुनसरी औद्योगिक करिडोर क्षेत्रका उद्योगी प्रताडित भएका छन् । संविधान जारी भएपछि राजनीतिक अस्थिरता समाप्त भई लगानीको वातावरण बन्ने आशामा बसेका उद्योगी बन्द हडताल पुनः सुरु भएकोमा प्रताडित भएका हुन् । सप्तरी घटनापछि सुरु भएको तराई–मधेस बन्दले संविधान कार्यान्वयनमा देखिएको समस्याले उद्योगी नयाँ लगानी गर्न हिचकिचाइरहेका छन । सांसद एवम् मोरङ व्यापार सङ्घका अध्यक्ष पवनकुमार सारडाले भन्नुभयोे, राजनीतिक अस्थीरता र बन्द हडतालले लगानी सुरक्षित छैन । उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्याय पनि लगानी गर्ने बातावरण नभएको बताउँछन् । उनका अनुसार एक दिनको...

Read More