Author: Himalaya Post

इटहरीमा उन्नाइस वर्षमुनिको क्रिकेट प्रतियोगिता हुने

इटहरी– यहाँको डिएभी क्रिकेट खेल मैदानमा यही चैत २७ गतेदेखि ३१ गतेसम्म पीएलओ प्रथम यू–१९ राष्ट्रिय इटहरी प्रिमियर लिग हुने भएको छ । प्रिमियर लिगमा ६ वटा टिमको सहभागिता रहने इटहरी क्रिकेट एकेडेमीका अध्यक्ष कैलाश विष्टले जानकारी दिए । प्रतियोगितामा आयोजक इटहरी क्रिकेट एकेडेमी, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रको क्रिकेट टिमको सहभागिता रहनेछ । समूह ‘क’ मा पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल र पश्चिमाञ्चल तथा समूह ‘ख’मा मध्यमाञ्चल, सुदूरपश्चिमाञ्चल र इटहरी क्रिकेट एकेडेमी रहेका छन् । प्रतियोगिताको विजेताले रु ५० हजार, उपविजेताले रु ३० हजार, सर्वोत्कृष्ट खेलाडीले रु पाँच हजार तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले रु दुई÷दुई हजार पुरस्कार प्राप्त...

Read More

चैते दसैँ मनाउने चामल नहुँदा समस्या

जाजरकोट– खाद्यान्न ढुवानीको जिम्मा लिएका नायकवाडाका भक्तबहादुर बस्नेतले समयमा नै खाद्यान्न ढुवानी नगर्दा बारेकोट गाउँपालिकामा खाद्यान अभाव भएको छ । बारेकोटमा सडक सञ्जालले नछोएका कारण खच्चडमा खाद्यान ढुवानी गर्नुपर्ने बाध्यता छ । अहिलेसम्म करिब पाँच सय क्वीन्टल खाद्यान्न बारेकोटमा पुर्याए पनि खच्चड व्यवसायीलाई ढुवानी गरेबापत ठेकेदार बस्नेतले रकम नदिँदा ढुवानीमा समस्या आएको नेपाल खाद्य संस्थान जाजरकोटका धर्मबहादुर बस्नेतले बताए । चामल ढुवानी गर्न पटक/पटक बस्नेतलाई आग्रह गर्दा पनि उनी सम्पर्कमा नआउँदा बारेकोटमा खाद्यान्न पुर्याउन मुस्किल भएको शाखा प्रमुख बस्नेतको भनाइ छ । करिब २४ हजार जनसङ्ख्या रहेको बारेकोट गाउँपालिकामा सरकारले एक हजार क्वीन्टल मात्र चामलको कोटा स्वीकृत गरेको छ...

Read More

सुरक्षा परिषद्को सचिवालय सरकारलाई राय दिन सक्षम हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षासम्बन्धी नीतिको स्वतन्त्र र निष्पक्ष ढङ्गले कार्यान्वयन भए कि भएनन् भन्ने अनुगमन गर्न राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयलाई निर्देशन दिएका छन् । सचिवालयको आज आयोजित १६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दैप्रधानमन्त्री दाहालले राष्ट्रिय सुरक्षा नीति, २०७३ को कार्यान्वयनको अनुगमन र मूल्याङ्कन गर्ने महत्वपूर्ण जिम्मेवारी सुरक्षा परिषद्ले पाएको उल्लेख गरे । परिषद्का अध्यक्ष प्रधानमन्त्री दाहालले भने, “सचिवालयले विद्यमान परिस्थितिमा समग्र विषयवस्तुको अध्ययन, अनुसन्धान र विश्लेषण गरी राष्ट्रिय सुरक्षा परिषद् र नेपाल सरकारलाई राय–सुझाव प्रदान गर्न सक्षम हुनु पर्दछ । कार्यक्षेत्र र जिम्मेवारीलाई थप सशक्त, व्यावसायिक र गरिमामय बनाउन आवश्यक रहेको मैले महसुस गरेको छु।” मुलुकको समग्र...

Read More

पक्राउ परेका डा. भट्टराईले सुरु गरे पुलिस क्लब भित्रै धर्ना

काठमाडौँ– नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचन आयोग अगाडि धर्नामा बसेका बेला प्रहरीद्वारा पक्रिए पछि पुलिस क्लवमा धर्ना सुरु गरेका छन् । उनी लगायत साना दलका नेता निर्वाचन आयोगले निर्वाचन चिन्ह नदिए सम्म प्रहरी नियन्त्रण भित्रै धर्ना बस्ने भएका हुन् । २ नं. गण महाराजगञ्जबाट प्रहरीले महेन्द्र पुलिस क्लब भृकुटीमण्डपमा सारेलगत्तै भट्टराईससहित सांसद गंगा चौधरी, नेताहरु सीपी गजुरेल, परशुराम तामाङ, रामकुमार शर्मालगायतका नेताहरुले नेपाल पुलिस क्लबभित्रै धर्ना सुरु गरेका छन् । संविधानको धारा २६९ (७०) र (७१) मा भएको दलहरुले दलीय पहिचानको आधारमा चुनाव चिन्ह पाउनुपर्ने प्रावधान विपरीत स्थानीय तह निर्वाचन ऐन २०७३ ले...

Read More

‘वीरता जेसीज’ले धुर्मुस–सुन्तलीलाई नगद रु १० लाखका साथै नागरिक सम्मान गर्ने

बिर्तामोड– वीरता जेसीजले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई २०७३ सालको उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने भएको छ । उनीहरुको अभियानलाई सघाउन रकम सङ्कलन समेत थालिएको छ । झापा गौरादह घर भई कलाकारिता क्षेत्रमा ख्याती प्राप्त गर्नुका साथै भूकम्पपीडितको घर निर्माण अभियानमा योगदान गरेबापत धुर्मुस– सुन्तलीलाई सम्मान गर्न लागिएको हो । अगामी वैशाख ३ गते विर्तामोडमा विशेष कार्यक्रमकाबीच दुवैजनालाई नागरिक सम्मानका साथै नगद रु १० लाख प्रदान गर्न लागिएको समारोह समितिका संयोजक विनोद बस्नेतले जानकारी दिए । वीरता जेसीजको अगुवाइमा बर्सेनि एक झापाली नागरिकलाई उत्कृष्ट घोषित गर्दै सम्मान गर्दै आएको सो संस्थाका अध्यक्ष सञ्जु भारतीले बताए। सन् १९८१...

Read More