Author: Himalaya Post

नयाँ संरचनाअनुसार सबै मतदाताको ठेगाना परिवर्तन हुने

काठमाडौं– निर्वाचन आयोगले स्थानीय तहको नयाँ संरचनाअनुसार सबै मतदाताको ठेगाना, निर्वाचन केन्द्र परिवर्तन गर्ने भएको छ । सरकारले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका गरी ७४४ स्थानीय तह निर्धारण गरी आयोगलाई प्रतिवेदन बुझाएपछि नयाँ संरचनाअनुसार मतदाताको ठेगाना परिवर्तन गर्न लागिएको आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिए । निर्वाचन आयोगले २०६७ सालदेखि फोटोसहितको मतदाता नामावली संकलन गरी आफ्नो वेबसाइटमा सबै मतदाता नामावली संकलन गरेर राखेको छ । मतदाताले निर्वाचन आयोगको वेबसाइटमा (www.election.gov.np/election/np/bbvrs)  गएर आफ्नो विवरण हेर्न सक्नेछन् । नयाँ संरचनाअनुसार अपडेट भइनसककेको अवस्थामा मतदाताले आफ्नो जिल्ला, साविक गाविस वा नगरपालिका, वडा नं र मतदान केन्द्र राखेपछि आफ्नो विवरणबारे जानकारी लिन सक्नेछन्...

Read More

संशोधन प्रस्ताव एमालेले कुनैपनि हालमा पारित हुन दिँदैन : अध्यक्ष ओली

बुटवल– नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रस्ताव देश र जनताकाविरुद्धमा रहेकाले एमालेले कुनै हालतमा पनि पारित हुन नदिने बताएका छन् । नेकपा (एमाले) द्वारा गत फागुन २१ गतेदेखि सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियानको सभालाई आज भैरहवामा सम्बोधन गर्दै अध्यक्ष ओलीले सर्वोच्च अदालतले पनि असंवैधानिक भनेको अवस्थामा नेपाललाई कमजोर पार्ने योजनाको पहिलो खुड्किलो यो संशोधन प्रस्तावका विरोधमा जनताले उठाएका आवाज वर्तमान सरकारले सुन्नै नचाहेर जबर्जस्ती गर्न खोजेको समेत बताए। उनले संविधान संशोधनमार्फत सबभन्दा पहिले ५ नम्बर प्रदेशलाई टुक्राउन खोजिएकोे र त्यसपछि बाँकीलाई पनि यसरी नै टुक्राउने योजना गरेको आरोप पनि लगाए । “तर यसलाई ५...

Read More

राष्ट्रिय सम्मानका साथ गौतमको अन्त्येष्टि, नेपाल प्रहरीद्वारा ११ तोपको सलामी अर्पण

कञ्चनपुर–भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागी निधन भएका कञ्चनपुर पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । कञ्चनपुरको दोदा नदी किनारमा गौतमको पार्थीव शरीरमा उनका ७२ वर्र्षीय पिता खेमलाल गौतमले दागबत्ती दिए । गौतमको अन्त्येष्टि कार्यक्रममा कैलाली र कञ्चनपुरका हजारौँ नागरिकले स्वतःस्फूर्त सहभागिता जनाएका थिए । यसअघि धनगढीस्थित सेती अञ्चल अस्पतालबाट उनको शवयात्रा निकालिएको थियो । सरकारले सहिद घोषणा गरिसकेको गौतमको सम्मानमा नेपाल प्रहरीले ११ तोपको सलामी दिएको थियो । उनको शवयात्रा धनगढी, डोकेबजार, चौराहा, त्रिनगर भन्सार हुँदै दोदा लगिएको थियो । गौतमको शव गृहनगर पुनर्वासमा श्रद्धाञ्जलिका लागि केहिबेर राखिने भनिएपनि समयअभावका कारण...

Read More

होलीमा उच्छृङ्खल गतिविधि गर्ने दुई सय पक्राउ

काठमाडौँ–महानगरीय प्रहरी परिसरले होलीका अवसरमा उच्छृङ्खल गतिविधि गर्दै हिँड्ने २१३ जनालाई पक्राउ गरेको छ । परिसरबाट खटिएको टोलीले आज उपत्यकाका विभिन्न स्थानमा उच्छृङ्खल गर्दै हिँडेका उनीहरुलाई पक्राउ गरिएको परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले जानकारी दिए । उनले घटनाका दोषीको छानविन भइरहेको र दोषीलाई कडाभन्दा कडा कारबाही गरिने बताए । पहाडी क्षेत्रमा आज भव्यताका साथ होली मनाइएको छ भने तराईमा भोलि मनाइदैछ । यसका लागि सरकारले पहाडमा आज र तराईमा भोलि एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो...

Read More

मनाङलाई पाखा लगाउँदै रुपन्देही सेमिफाइनलमा

नेपालगन्ज– नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मनाङ मस्याङ्दीलाई १–२ गोलले पाखा लगाउँदै रुपन्देही–११ ले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ । खेलको ७५ औँ मिनेटमा सुशील लामाले गरेको गोलपछि अग्रता लिएको मनाङले आफ्नो जितलाई भने सुनिश्चित गर्न सकेन । खेलको ८७ र ८८ मिनेटमा रुपन्देहीका लागि उत्तम गुरुङ र अमर डङ्गोलले एक÷एक गोल गरेपछि मनाङको अगाडिको खेल यात्रा रोकिन पुग्यो । नकआउटका आधारमा खेलाइएका खेलमा यो हारसँगै मनाङ खेलबाट बाहिरिएको छ । प्रतियोगिताअन्तर्गत भोलि पहिलो सेमिफाइनल खेल सङ्कटा क्लब र सुदूरपश्चिम–११ बीच...

Read More