Author: Himalaya Post

डा अधिकारीका पाँच पुस्तक एकैसाथ विमोचन

लमजुङ– त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा बमबहादुर अधिकारीद्वारा लिखित पाँच वटा पुस्तकको एकैसाथ आज यहाँ विमोचन गरिएको छ । विमोचित पुस्तकमा “आधुनिक चीन र जापानको इतिहास,” “आधुनिक युरोपको इतिहास,” “आधुनिक नेपालको इतिहास,” “बाइसी तथा चौविसी राज्यको संक्षिप्त इतिहास” र “लमजुङको पर्यटन इतिहास” रहेका छन् । अधिकारी समाज लमजुङद्वारा आयोजित एक कार्यक्रममा प्राचार्य डा राजाराम सुवेदी, अधिकारी समाज लमजुङका अध्यक्ष रणबहादुर अधिकारी, पद्मकन्या क्याम्पस इतिहास शिक्षण समितिका अध्यक्ष खेमराज पोख्रेल, नेपाली काँग्रेस लमजुङका पूर्व सभापति कृष्ण कोइराला र प्राध्यापक अङ्गराज घिमिरेले संयुक्त रुपमा उक्त पुस्तकको विमोचन गरे । सो अवसरमा डा सुवेदीले अधिकारीद्वारा प्रकाशित कृति सबै तहका विद्यार्थी, शिक्षक, नागरिक, कर्मचारी,...

Read More

सङ्घीयतासहितको शिक्षा नियमावली आउँछ : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा ऐन (आठौँ संशोधन), २०७३ बमोजिम नयाँ शिक्षा नियमावली पारित गराइने आश्वासन दिएका छन्। गत असारमा ऐन संशोधन भए पनि हालसम्म नियमावली नआउँदा शिक्षा क्षेत्रमा अन्योल उत्पन्न भएको भन्दै आज प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डलले ध्यानाकर्षण गराएपछि उनले सो आश्वासन दिएका हुन् । प्रधानमन्त्री दाहालले नयाँ संविधानले स्थानीय तहलाई शिक्षा क्षेत्रमा महत्वपूर्ण अधिकार दिएकाले यसलाई समेत व्यवस्थित गराउने गरी नयाँ शिक्षा ऐन अनुकूलको नियमावली जारी गर्ने तयारी भइरहेको बताए । सो अवसरमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन तथा सार्क शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले आफूहरुलाई सङ्घीय संरचनासहितको नियमावली आउँदा कुनै आपत्ति नहुने...

Read More

प्रादेशिक प्रसारणको तयारीमा रेडियो नेपाल

काठमाडौँ– सङ्घीय प्रणालीमा मुलुकको रुपान्तरणसँगै रेडियो नेपालले प्रादेशिक प्रसारण आरम्भ गर्ने भएको छ । रेडियो नेपालको ६७औँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा सातै प्रदेशमा आधुनिक सुविधासहितको प्रसारण केन्द्र स्थापना गरी प्रादेशिक प्रसारण आरम्भ गर्न लागिएकोे जानकारी दिइएको हो । ती प्रसारण आउँदो आर्थिक वर्षमा सुरु हुने योजना छ । संस्थाको साङ्गठनिक ढाँचालाई संविधानबमोजिम प्रदेश संरचनामा लान सङ्गठन तथा व्यवस्थापन अध्ययन भइसकेको र प्रादेशिक प्रसारणबारे सरोकारवाला र श्रोतासँग अन्तक्र्रिया गरिएको रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले बताए। हाल २४ सैँ घन्टा केन्द्रीय प्रसारण गरिरहेको रेडियो नेपालले १८ घन्टा प्रदेश प्रसारणको तयारी गरेको छ । मुलुककै जेठो प्रसारण संस्था...

Read More

प्रहरी चौकी निर्माण गर्न निःशुल्क जग्गा प्रदान

सोलुखुम्बु– सोलु दूधकुण्ड नगरपालिका–१ स्थित टाक्सिन्दुमा प्रहरी चौकी निर्माणका लागि एक स्थानीयले करिब रु नौ लाख मूल्य बराबरको तीन रोपनी जग्गा निःशुल्क प्रदान गरेको छ । स्थानीय पासाङ ग्याल्जेन शेर्पाले प्रहरी चौकी निर्माणका लागि सो जग्गा निःशुल्क प्रदान गरेको हो । प्रदान गरिएको सो जग्गा बिहीबार नै जिल्ला मालपोत कार्यालय सोलुुखुम्बुबाट प्रहरी चौकी टाक्सिन्दुको नाममा रजिस्ट्रेसन पास गरिएको शेर्पाले बताए। प्रहरी चौकीको भवन निर्माणका लागि जग्गा नहुँदा समस्या भएपछि आफूले सो जग्गा निःशुल्क उपलब्ध गराएको उनले बताए । अब प्रहरी चौकीको नाममा जग्गा प्राप्त भएको छ, जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका प्रमुख माधवप्रसाद बुढाथोकीले जग्गा प्राप्त भएपछि भवन निर्माणका लागि...

Read More

भारतीय वन रक्षकद्वारा चार नेपाली नियन्त्रणमा

बर्दिया नेपाल–भारत सीमाअन्तर्गत बर्दियाको दशगजा नजिकैबाट भारतीय वन रक्षक टोलीले चारजना नेपालीलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुमा स्थानीय २० वर्षीय सुशील कुमाल, २३ वर्षीय नरबहादुर कुमाल तथा ४५ वर्षीय सुनिल कुमाल र राजेन्द्र रेउ रहेका छन् । मधुवन नगरपालिका–३ दशगजा पिलर नं. ८२ नजिकैबाट भारतीय वन रक्षक गस्ती टोलीले उनीहरुलाई बिहीबार राति नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ । भारतीय जङ्गलबाट १० फिट लामो दुईवटा काठको गोलिया लिएर नेपाल आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको दाबी भारतीय कतर्निया वन्यजन्तु आरक्ष टोलीको छ...

Read More