Author: Himalaya Post

खेल मैदान निमार्णका लागि सोह्र विद्यालयमा साढे दुई करोड रुपैयाँ बजेट

बाजुरा– जिल्लाका सामुदायिक विद्यालयमा खेल मैदान निर्माण गर्नका लागि साढे दुई करोड रुपैयाँ रकम खर्च गरिने भएको छ । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्षमा १६ विद्यालयमा रु दुई करोड ४७ लाख रकम खर्च गर्ने अख्तियारी आएको स्थानीय विकास अधिकारी प्रकाशराज पौडेलले बताएका छन् । पौडेलले एक विद्यालयको खेल मैदान बनाउनका लागि रु तीन लाखदेखि रु २० लाख सम्म आएको जानकारी दिए । कार्यक्रममा चैतभित्र ६० प्रतिशत रकम खर्च गरिसक्नुपर्ने प्रावधान रहेको बताउँदै खेल मैदान निर्माण हुनेमा कैलाश तथा पार्वती उच्च मावि, बडिमालिका, मानाकोट, तोली देवल, चोयाकोट र त्रिभुवनेश्वरीका लागि रु २० लाख विनियोजित भएर आएको पौडेलको भनाइ...

Read More

गिट्टी कुटेर भविष्य हेर्दै दुर्गमका दलित बालबालिका

हेमन्त केसी, जाजरकोट– त्रिवेणी नलगाड नगरपालिका–१३ वाइकाँडाकी सात वर्षीया लक्ष्मी नेपाली कक्षा ३ मा पढ्छिन् । उनको काम वाइकाँडामा रहेको दलित प्राविमा पढ्नु मात्र होइन, बिहान र बेलुका एकघन्टा टाढा रहेको विद्यालयमा गएर विद्यालयको गिट्टी कुट्नु र भाइलाई सँगै हेरालो लाग्नु पनि हो । उनकी आमा वसन्ती विक पनि छोरीसँगै विद्यालय निर्माण गर्नका लागि ठूली भेरी नदीबाट बालुवा बोक्ने काम गर्छिन्। छोरीलाई गिट्टी कुटेबापत प्रतिबोरा रु ५० दिइन्छ भने आमा वसन्तीले प्रतिबोरा १०० मा बालुवा बोक्ने काम गर्छिन्। वसन्तीका श्रीमान् तीन महिनाअघि भारतको कार्गिल कमाई गर्न गएका छन् । भाइको हेरालोसँगै गिट्टी कुट्दै विद्यालयमा दिएको गृहकार्यसमेत गर्ने जिम्मेवारी लक्ष्मीको...

Read More

दुर्घटनामा एघार घाइते

चितवन – काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ५ ख २२९५ नंको बस र वीरगन्जबाट पोखरा जान आउँदै गरेको ना ६ ख ७९७१ नम्बरको ट्रक गएराति पूर्वी चितवनको खैरहनीस्थित राजमार्गमा एकापसमा ठक्कर खाँदा ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बसका नौजना र ट्रकका दुई जना घाइते भएका हुन् । भरतपुरको कलेज अफ मेडिकल साइसेन्समा उनीहरुको उपचार भइरहेको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । राति १२ः३० बजेको समयमा दुर्घटना भएको...

Read More

आइजिपी नियुक्ति प्रकरण फैसला आज, कसको पक्षमा आउला नतिजा ?

काठमाडौँ– आईजीपी नियुक्ति प्रकरणमा परेको रिटको सर्वोच्चले आज अन्तिम फैसला गर्दैछ । धेरैको चासो र प्रतिक्षा बनेको यो मुद्धामा फैसला कसको पक्षमा आउला भन्ने कुरालाई धेरैले चासोका साथ हेरेका छन् । अवको केहि समयपछि आउने फैसला अगावै विभिन्न अड्कलबाजी समेत भएका छन् । केहीले चन्दको पक्षमा फैसला आउने अनुमान गरेका छन् भने केहीले सिलवालको भनिरहेका छन् । हिजो सार्वोच्च अदालतको पूर्ण इजलासले अन्तिम बहस सकाएपनि फैसला आज हुन लागेको हो । हिजो सोमबार प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासमा भएको बहसमा सरकारी वकिलको तर्फबाट दुई उपमहान्यायाधिवत्ता टीकेन्द्र दाहाल र रेवती त्रिपाठीले बहस गरेका थिए । त्यस्तै रिट वकिल निवेदक...

Read More

नागरिक समाज निष्पक्ष हुन आवश्यक

नुवाकोट– नागरिक समाजको सकारात्मक छवि निर्माणका लागि पादर्शिता, जवाफदेहिता र निष्पक्षताको खाँचो रहेको सरोकार भएकाहरुले बताएका छन् । सदरमुकाम विदुरमा इन्सेकले आयोजना गरेको अन्तक्र्रियामा सहभागीले नागरिक समाजका रुपमा सक्रिय हुनेहरु आफैमा पारदर्शी र समाजप्रति जवाफदेही भएमा नागरिक समाजको सकारात्मक छवि निर्माण हुने बताएका हुन् । समाजले सरकारी निकाय, गैरसकारी निकाय र सेवाग्राहीबीच निष्पक्ष रुपमा भूमिका खेल्नुपर्ने सहभागीको जोड थियो । कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ नुवाकोटका अध्यक्ष मीनकुमार केसीले सामाजिक सङ्घसंस्था आफै पारदर्शी हुनुपर्ने र आफूले गरेका कामप्रति जवाफदेही भए मात्र सकारात्मक छवि निर्माण हुने बताए । नेपाल नागरिक समाजका अध्यक्ष बाबुराम लामिछानेले सामाजिक अभियानमा लागेका सबै नागरिक समाजको सदस्य...

Read More