Author: Himalaya Post

झापामा जुडोको विद्यालय बन्दै

झापा– झापामा रु १६ लाखको लागतमा जुडो प्राथमिक विद्यालयको पक्की भवन निर्माण हुने भएको छ । कुमरखोद–६ मा बन्न लागेको उक्त दुईकोठे पक्की भवनको आइतबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले शिलान्यास गरे। जुडो खेलको नामबाट स्थापित नेपालकै पहिलो नमुना विद्यालयमा कक्षा १ देखि ४ सम्म पढाइ हुने गरेका छन् । विद्यालयमा चार सय विद्यार्थी रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापाले बताए । उनले अन्य विषयसँगै मार्सल आर्टका बारेमा पनि पढाइ हुने यो नेपालकै पहिलो विद्यालय भएको दाबी गरे । जिल्ला शिक्षा कार्यालय, झापाबाट प्राप्त रु १६ लाखको बजेटबाट उक्त विद्यालय भवनको निर्माण कार्य सुरु भएको...

Read More

प्रदर्शनमा उत्रिएका राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप, नेता पशुपतिसम्शेर राणा घाइते

काठमाडौंः पार्टीको विधानबाट ‘हिन्दु राष्ट्र र राजसंस्था’सम्बन्धी वाक्यांश हटाएको विरोधमा निर्वाचन आयोगको कार्यालय घेराउ गर्न पुगेका राप्रपाका नेता तथा कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। विरोध प्रदर्शनमा उत्रिएका राप्रपाका नेता तथा कार्यकर्ताहरुले प्रहरीको घेरा तोड्न खोजेपछि तनाव उत्पन्न भएको थियो। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन चार सेल अश्रुग्यास प्रहार गरेको हो। ‘हिन्दु राष्ट्र र राजसंस्था’ सम्बन्धी वाक्यांश हटाउने निर्णय खारेज गर्न माग गर्दै राप्रपाका नेता तथा कार्यकर्ता जमलस्थित निर्वाचन आयोगको कार्यालय अगाडि धर्ना दिन पुगेका हुन्। जमल, कान्तिपथको अवस्था तनावग्रस्त छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपतिसम्शेर राणालाई प्रहरीले पक्राउ गरेको छ। निर्वाचन आयोगले संविधानको...

Read More

आजिपी नियुक्ती प्रकरण : आज अन्तिम टुङ्गो लाग्ने

काठमाडौँ – नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्ति सम्बन्धमा परेको रिटमा सर्वोच्च अदालतको पूर्ण इजलासले आज निर्णय सुनाउने देखिएको छ । हिजो बहस भए पनि रिटलाई हेर्दाहेर्दैमा राखिएको थियो । आज सरकारका तर्फबाट सहन्यायाधिवक्ता रेवती त्रिपाठी र उपमहान्यायाधिवक्ता त्रिकेन्द्र दाहालले बहस गरेपछि पूर्ण इजलासले अन्तिम फैसला गर्ने छ । डिआइजी जयबहादुर चन्दलाई आइजिपी नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको थियो । रिटमा अन्तिम फैसला गर्न प्रधानन्यायाधीशको अध्यक्षतामा पाँच सदस्यीय पूर्ण इजलास गठन भएको छ । हिजो रिट निवेदकको तर्फबाट १५ जना कानुन व्यवसायीले बहस गरेका थिए । आदेश खारेज भए सरकारलाई चन्दको सिफारिस कार्यान्वयन गर्ने कानुनी बाटो खुल्नेछ ।...

Read More

आरन व्यवसायले धानेको समुदाय, एउटैको कमाई मासिक पच्चीस हजार

पाल्पा– रामपुर नगरपालिका सुन्दरटोलका इन्द्रबहादुर विकलाई आरनमा बसेर तामा फलामका भाँडा नबनाएसम्म साँझ बिहानको छाक टार्ने अर्को उपाय छैन । आरन व्यवसायबाट नै उनले परिवारको गुजारा चलाएका छन् । विकले विगत ४० वर्षदेखि तामा, फलामका सामग्रीलाई हातले कुँदेर कलात्मक रुप दिई विभिन्न सामग्री तयार पार्दै आएका छन् । तामा र फलामका सामग्रीलाई कुँदेर आकर्षक रुपमा विभिन्न सामग्री बनाएर उनले मासिक रु २५ हजारसम्म आम्दानी गर्छन् । उनले तामाबाट गाग्री, ताउला, आम्खोरा, आरी, माना, पाथी तथा फलामबाट कुटो, कोदालो, बन्चरो, हँसियालगायत सामग्री बनाउँदै आएका छन् । इन्द्रबहादुर भन्छन् – “हातमा सीप भएपछि जीवन धान्न समस्या छैन, आफूले जानेदेखि नै आरन...

Read More

किन दरबन्दीभन्दा कम छन् सरकारी कर्मचारी ?

म्याग्दी– दरबन्दी भन्दा कम संख्यामा सरकारी कर्मचारी कार्यरत भएपछि म्याग्दीमा करिब ३३ प्रतिशत कर्मचारीको अभाव रहेको छ । म्याग्दीका सरकारी कार्यालयमा विभिन्न तहका आठ सय नौ कर्मचारीको दरबन्दी रहेकोमा हाल पाँच सय ४६ जना कर्मचारी मात्र दरबन्दीमा कार्यरत रहेको देखिन्छ । जिल्ला निर्वाचन कार्यालयले सङ्कलन गरेको कर्मचारी विवरणअनुसार म्याग्दीमा विभिन्न तहका दुई सय ६३ पद रिक्त रहेका छन् । स्थानीय तह निर्वाचन प्रयोजनका लागि कार्यालयले हालै मात्र जिल्लास्थित सरकारी कार्यालयमा कार्यरत कर्मचारी विवरण सङ्कलन गरेको थियो । निर्वाचन कार्यालयका सूचना अधिकारी बलबहादुर खत्रीकाअनुसार रिक्त दरबन्दीमा खरिदार १००, कार्यालय सहयोगी ७८ र नायब सुब्बा ६२ छन् । १३ शाखा अधिकृत...

Read More