Author: Himalaya Post

नवलपरासीमा निर्वाचनका गतिविधि बढदै

नवलपरासी– निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि व्यापक तयारी गर्दै जाँदा नवलपरासीमा पनि निर्वाचन कार्यालय निर्वाचनको कार्यमा व्यस्त रहेको देखिन्छ । हालसम्म मतदाता नामावलीको विवरणसहित मतदान केन्द्रको निर्धारणलगायतका काम पूरा भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्यायप्रसाद भण्डारीले बताए ।नवलपरासीमा करिब तीन लाख ७३ हजार ९९७ जना मतदाताको नामावली तयार भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसमध्ये यस आर्थिक वर्षमात्र १६ हजार ८८३ जना नयाँ मतदाता थपिएका छन् । निर्वाचन कार्यालयका अनुसार गत फागुन ९ गतेको समयावधिसम्म १८ वर्ष पूरा भएका सो सङ्ख्याका मतदाताहरु आगामी निर्वाचनका मतदातामा सूचीकृत भएका हुन् ।कार्यालयका अनुसार निर्वाचन तयारीका लागि अहिले मतदान केन्द्रहरुको निरीक्षण...

Read More

रोल्पाको थवाङमा काँग्रेसलाई पहिलोपटक बाजागाजासहित स्वागत

रोल्पा– माओवादी जनयुद्धको उद्गमस्थल रोल्पाको थवाङमा नेपाली काँग्रेस रोल्पाको नेतृत्व पहिलोपटक पुग्दा आइतबार स्थानीयवासीले स्वागत गरेका छन् । विगतमा माओवादी इतर राजनीतिक दलको उपस्थिति शून्य रहँदै आएको थवाङमा नेपाली काँग्रेस, रोल्पालाई पहिलोपटक बाजागाजा र फूलमालासहित थवाङ प्रवेश गराइएको हो । विसं २०६४ को संविधानसभा निर्वाचनमा सबै मत वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको थवाङले २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा भने शून्य मतदान गरेको थियो । थवाङमा रहेका स्थानीय राजनीतिक दल र सर्वसाधारणसँग अन्तक्र्रिया गरी नेपाली काँग्रेस रोल्पाले थवाङको विकासका बारेमा छलफल गरेको थियो । थवाङी जनताले विगत लामो समयदेखि उठान गर्दै आएको विकास गतिविधिमा अगुवाइ गरिदिन पनि काँग्रेसलाई स्थानीय बासिन्दाले...

Read More

राप्रपा जिल्ला विस्तारित बैठक गर्न निर्देशन

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावलाई दृष्टिकोण गरी केन्द्रीय नेतृत्वलाई सम्बन्धित जिल्लामा यही चैत १० गतेभित्र जिल्ला कार्य समितिको विस्तारित बैठक सम्पन्न गर्न निर्देशन दिएको छ । नयाँ संविधानअनुसार पार्टीको स्थानीय तहका सबै एकाइ समायोजन गरी राजनीतिक गतिविधि सञ्चालन गर्न केन्द्रीय नेता तथा काठमाडौँ उपत्यका बाहिरका केन्द्रीय सदस्यलाई काठमाडौँ छाड्न पार्टीले निर्देशन दिएको नेता राजाराम श्रेष्ठले जानकारी दिए । केही जिल्लामा सोमबारदेखि विस्तारित बैठक सुरु हुने छन् । पार्टीमा अहिले पदाधिकारी तथा केन्द्रीय सदस्य करिब सय जना छन् । ती नेताले काठमाडौँ उपत्यका बाहिर जाने र देशैभर ‘जनताको माझमा राप्रपा र स्थानीय चुनावसम्बन्धी कार्यक्रम’ सञ्चालन गरी स्थानीय तहको...

Read More

भारतद्वारा नेपालको राष्ट्रियतामाथि प्रहार : नेता मैनाली

भक्तपुर– नेकपा (माले)का महासचिव सिपी मैनालीले भारतले नेपालको राष्ट्रियतामाथि प्रहार गरेको आरोप लगाएका छन् । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सुगौली सन्धिदेखि नै भारतले नेपालको राष्ट्रियतामाथि पटक पटक प्रहार गर्दै आइरहेको आरोप लगाउँदै भारतीय सुरक्षाकर्मीद्वारा कञ्चनपुरमा नेपालीमाथि गोली प्रहार गरी भएको हत्यासम्म आइपुग्दा यसको पुष्टि भएको बताए । पछिल्लो समयमा भारतकै इशारामा मधेसवादी दलले नेपालीको प्रजातन्त्रमाथि निरन्तर प्रहार गरिरहेको उनको भनाइ थियो ।महासचिव मैनालीले भने –“नेपाल र भारतबीचको सुगौली सन्धिदेखि नेपालको गणतान्त्रिक संविधान जारी हुँदा भारतले गरेको नाकाबन्दी हुँदै नेपाली नागरिकमाथि गोली प्रहार गर्नेसम्मका कार्य गरेर भारतले नेपालको राष्ट्रियतामाथि पटक पटक प्रहार गर्दै आएको...

Read More

पर्यटक बढाउन बागलुङमा नयाँ वर्षमा ‘गुराँस उत्सव’हुने

बागलुङ– नयाँ वर्ष २०७४ को अवसरमा बागलुङमा ‘गुराँस उत्सव’ हुनेभएको छ । तीन हजार १२० मिटरको उचाइमा अवस्थित पर्यटकीय लेक घुम्टेमा उत्सव गर्न लागिएको हो । गलकोट घुम्ने पर्यटन विकास केन्द्रले आयोजना गर्ने उत्सव आगामी चैत ३१ र वैशाख १ गते चल्नेछ । केन्द्रले विगत चार वर्षदेखि नयाँ वर्षको अवसरमा ‘गुराँस उत्सव’ आयोजना गर्दै आएको छ । जिल्लाको पर्यटकीय लेक घुम्टेको प्रवद्र्धन र लालीगुराँस संरक्षणका लागि उत्सव आयोजना गरिएको केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताए । केन्द्रले घुम्टेलाई ‘गुराँसको पहाड’ घोषणा गर्न र वैशाख १ गतेलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ । धार्मिक, प्राकृतिक तथा...

Read More