Author: Himalaya Post

यस्तो आयो- सहिद गौतमको शव परीक्षण रिर्पोट

कैलाली – पाँच दिनअघि कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारका गोविन्द गौतमको भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर अत्यधिक रक्तस्रावपछि निधन भएको शव परीक्षण रिपोर्टले देखाएको छ। कैलालीको धनगढीसित सेती अञ्चल अस्पतालमा गरिएको सहिद गौतमको शव परीक्षणमा शरीरको बायाँ भागमा गोलीले लागेर अत्यधिक रक्तस्राव भएकै कारण उनको मृत्यु भएको रिपोर्टमा उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर स्रोतले जनाएको छ। सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरीनायब महानिरीक्षक रोमेन्द्र सिंह देउजाले मृतक गौतमको शरीरमै गोली भेटिएको बताए। “शरीरमा भेटिएको गोली शव परीक्षणका क्रममा झिकेर प्रहरीको विधिविज्ञान प्रयोगशालामा पठाइएको छ”, प्रहरीनायब महानिरीक्षक देउजाले भने–“विधि विज्ञान प्रयोगशालाबाट गोली कुन हतियारको हो भन्ने पत्ता लाग्छ।”...

Read More

बाउन्न अर्ब लगानीमा होङ्सी शिवम् सिमेन्टउ द्योग बन्दै, दुई हजार व्यक्तिले रोजगारी पाउने

नवलपरासी–चिनियाँ र नेपाली लगानीकर्ताले रु ५२ अर्ब लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने तयारी गरेका छन् । बेणीमनीपुरमा निर्माण हुँदै गरेको होङ्सी शिवम् सिमेन्ट उद्योग स्थापनाका लागि भौतिक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको छ । नेपालको शिवम् सिमेन्टसँगको संयुक्त लगानीमा स्थापना गर्न लागिएको उक्त उद्योगमा करिब रु ३६ अर्ब लगानी चीनको होङ्सी सिमेन्ट उद्योगको रहेको छ । उद्योगले दैनिक १२ हजार टन सिमेन्ट र क्लिङकर उत्पादन गर्ने लक्ष्य राखेको छ । सो उद्योगबाट करिब दुई हजार व्यक्तिले रोजगारी पाउने छन् । उद्योगले एक सय १५ बिघा जग्गा खरिद गरेर गत वैशाखबाट भौतिक पूर्वाधार निमार्णको काम थालेको हो । थप एक...

Read More

संविधान संशोधनका बारेमा पार्टीको पूर्ववर्ती अडान यथावत् छ: उपप्रम थापा

काठमाडौँ– उप–प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधनका बारेमा आफ्नो पार्टीको पूर्ववर्ती अडान यथावत् रहेको बताएका छन् । पार्टीले स्थानीय तहको निर्वाचनका लागि दृष्टिगत गरेर केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘अनुशिक्षण कार्यक्रम’ मा उनले भने– “सीमाङ्कनको विषय स्थानीय चुनावसँग सरोकार नराख्ने भएकाले यसलाई थाँती राखेर अगाडी बढ्नुपर्दछ ।” उपप्रधान एव्म सङघीय मामिला तथा स्थानीय विकासमन्त्रीसमेत रहेका अध्यक्ष थापाले भाषा, राष्ट्रिय सभामा प्रतिनिधित्वका विषयलाई सामान्य परिमार्जनसहित अगाडि बढाउन सकिने विचार व्यक्त गरे । “संविधान कार्यान्वयन गराएर मुलुकलाई निकास दिनु अहिलेको राष्ट्रिय आवश्यकता हो” उनले प्रजातान्त्रिक अभ्यास गर्ने सबैभन्दा उपयुक्त माध्यम निर्वाचन भएकाले यसवाट कोहि पनि टाढा रहनु हुन्न, यसका...

Read More

स्विस राजदूतले भटे प्रधानमन्त्री ‘प्रचण्ड’सँग

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्तिप्रक्रियामा सहयोग गरेकोमा स्विट्जरल्यान्ड सरकारलाई धन्यवाद दिएका छन् । नेपालका लागि स्विट्जरल्यान्डका राजदूत योर्ग ज्योभानी फ्रिडेनसँग आज सिंहदरबारमा भएको शिष्टाचार भेटमा उनले नेपालको राजनीतिक रुपान्तरणमा स्विट्जरल्यान्ड सरकारले गरेको सहयोगप्रति खुसी व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले स्थानीय तह कार्यान्वयन सुरु भइसकेकाले अब तोकिएकै समयमा स्थानीय निर्वाचन गर्ने गरी सरकार लागिरहेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।उनले मधेस केन्द्रित दलसँग निरन्तर छलफल भइरहेकाले राजनीतिक अस्थिरता चाँडै अन्त्य हुने विश्वास व्यक्त गरे। सो अवसरमा नेपालका लागि स्विट्जरल्यान्डका राजदूत फ्रिडेनले नेपालमा राजनीतिक स्थिरता तथा स्थानीय र प्रदेश तहको निर्वाचनको विषयमा चाँसो राखेका थिए । उनले नेपाल सरकारले...

Read More

तीन इस्लामिक सशस्त्र आतङ्ककारीलाई फाँसी

इस्लामाबाद– पाकिस्तानको एक सैनिक अदालतले दोषी ठहर्याएक तीन इस्लामिक सशस्त्र आतङ्ककारीलाई फाँसीमा चढाई मृत्युदण्डको सजायँ दिइएको पाकिस्तानी सैनिक श्रोतले खुलासा गरेको छ । पाकिस्तानी सैनिकले बुधबार जारी गरेको एक विज्ञप्तिका अनुसार ती तीनै जना पाकिस्तानी तालिवानी र अर्को अतिवादी समूह हरकत–उल–जिहाद–ए–इस्लामिसँग आबद्ध रहेका थिए । मृत्युदण्डका सजायँ पाएका ती आतङ्ककारीलाई राष्ट्रसेवक सैनिक र प्रहरी अधिकारीको हत्यामा संलग्न रहेको अभियोग लगाइएको थियो । सन् २०१४ को डिसेम्बरमा तालिवान सशस्त्र आतङ्ककारी समूहले स्थानीय एक विद्यालयमा गरेको आक्रमणमा परी करिब १४० विद्यार्थीसहित १५० जनाभन्दा बढी सर्वसाधारणको मृत्यु भएको घटनापछि पाकिस्तानी सरकारले आतङ्कका यस्ता मामिला सैनिक अदालतमा निरुपण गराउँदै आएको र सैनिक अदालतले...

Read More