Author: Himalaya Post

फागुन ८ भित्रै निर्वाचनको मिति घोषणा गर्छु – प्रधानमन्त्री

काठमाडौँ, फागुन ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  स्थानीय निकायको निर्वाचनको मिति फागुन ८ गते भित्रै तोक्ने बताएका छन् । आज  प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँगको भेटमा उनले यसै साताभित्र चुनावको मिति तोकिने कुरा उल्लेख गरेका हुन् । निवार्चन आयुक्त यादवले भने ‘उहाँले केहीदिन भित्रमै मिति घोषणा गर्ने आश्वासन दिनुभएको छ ।’ हिजै निवार्चन आयोगले फागुन ८ भित्रै निर्वाचनको मिति तोकिए मात्र जेठमा निर्वाचन गर्न सकिने कुरा उल्लेख गरेको थियो । माघ २३मा आयोगले सरकारलाई पठाएको कार्यतालिकामा पनि फागुन पहिलो साता मिति घोषणा गर्नुपर्ने उल्लेख छ । आयोगले निवार्चन तयारीका लागि करीब १२० दिन लाग्ने अनुमान गरिरहेको छ तर...

Read More

श्रीलङ्कामा अनिकालले सात लाख मानिस प्रभावित

फागुन ३ । श्रीलङ्काका अधिकांश क्षेत्रमा लामो समयसम्म परेको खडेरी र अनिकालका कारण सात लाख नौ हजार जति मानिस प्रभावित भएको यहाँको प्रकोप व्यवस्थापन केन्द्र (डीएमसी) ले जनाएको छ । डीएमसीका अनुसार उत्तरी श्रीलङ्काका गाम्पाहा, मोनारगाला, कालुटारा र ट्रिङ्कोमालीलगायतका नगर अन्य क्षेत्रका तुलनामा अत्यधिक खडेरी र अनिकालग्रस्त भएका छन् । लामो समयसम्म वर्षा नहुँदा कृषकहरु अत्यन्तै पीडित भएका र कतिपय ग्रामीण इलाकामा खानेपानी समेतको हाहाकार परेको छ । यसअघि संयुक्त राष्ट्र सङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) को नियमित प्रतिवेदन (कन्ट्रि अपडेट) ले सन् २०१८ मार्च अप्रिलमा मुख्य खाद्यान्न बाली नभित्रिएसम्म यस वर्ष श्रीलङ्कामा खाद्यान्नको हाहाकार मच्चिने तथा खाद्य तथा...

Read More

बैतडीमा एक महिनादेखि मोबाइल सेवा अवरुद्ध

फागुन ४ । बैतडी जिल्लाको कुवाकोटमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आएपछि पुरचौडी क्षेत्रका करिब एक दर्जन गाविसका स्थानीय बासिन्दा सञ्चारविहीन भएका छन् । कुवाकोट– ३ मा रहेको नेपाल टेलकमको टावरमा खराबी आएपछि पुरचौडी क्षेत्रका अधिकांश गाविसमा जिएसएम नमस्ते सेवा अवरुद्ध भएको हाट स्वास्थ्य चौकीका प्रमुख विनोद कुँबरले जानकारी दिए । विगत एक महिनादेखि घाम लागेको समयमा लाइन आउने साँझ बिहान मोबाइल सेवा अवरुद्ध हुने गर्दछ, उनले भने “बादल लागेको दिन त फोनै लाग्दैन।”  हाटमा एक महिनादेखि मोबाइलमा लाइन आउने जाने क्रम चलेपछि आफु  हैरान भएको कुवाकोटका रामप्रसाद पन्तले गुनासो गरे । टेलिकमलाई टावर मर्मतको लागि आग्रह गर्दा समेत...

Read More

डडेल्धुरामा जीप दुर्घटना, ६ जनाको मृत्यु

फागुन, ४ । भागेश्वर गाविससबाट सदरमुकामतर्फ आउँदै गरेको से१ज ८३३ नं को जीप आज दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । अमरगढी नगरपालिका– ३ ठूलोखोला नजिक उक्त जीप दुर्घटनामा परेको प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । जीप सडकबाट करिब ३०० मिटर तल खसेको थियो । दुर्घटनामा परेर पाँच जनाको घट्नास्थलमा तथा एक जनाको उपचारका क्रममा उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा मृत्यु भएको हो । परिचय नखुलेकाले मृतकको सनाखत हुन सकेको छैन...

Read More

जुम्लामा मानसिक रोगीको सङ्ख्या बढ्दै

फागुन ४ । विभिन्न कारणले गर्दा जुम्लामा मानसिक रोगीको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । सन् २०१४ मा ७८ जना मानसिक रोगी देखिएकामा सन् २०१६ मा सो सङ्ख्या बढेर २१६ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लासँगको समन्वयमा बहुसांस्कृतिक मनोसामाजिक संस्थाले गरेको सर्वेक्षण अनुसार पछिल्लो समयमा मानसिक रोगीको सङ्ख्या बढ्दै गएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. अनुप मङ्गल समालका अनुसार समाजमा कोहीसँग नखुल्ने, माया साट्न नसक्ने, सामाजिक रुपमा तिरस्कृत हुँदै जानुले मानसिक रोगीको सङ्ख्या बढेको हो । “यसबाट महिला र किशोरी बढी जोखिममा परेका छन्,” उनले भने । “तन्नेरीले काम नगर्ने, नशा सेवन गर्ने, मादक...

Read More