Author: Himalaya Post

हुम्लामा दुई फिट हिमपात

हुम्ला– जिल्लामा दुई फिट हिमपात भएको छ । गत फागुन २६ गतेदेखि लगातार भारी हिमपात भइरहेको छ । सदरमुकाम सिमीकोटमा अत्यधिक चिसो बढेको छ । जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयमा कर्मचारी आगो बालेर बसिरहेका छन् । जाडो बढेपछि ती कार्यालयको कामकाजसमेत प्रभावित भएको छ । उत्तरी भेगका बासिन्दा उपभोग्य सामग्री र नागरिकता लिन सिमीकोट आउन सकेका छैनन् । हिमपातका कारण बाटो अवरुद्ध भएको डाँडाफायास्थित कर्णाली प्रस्तावित मावि चौगनफायाका शिक्षक रामराज शाहीले टेलिफोनमा बताए । हिमपातका कारण हिल्दुम साना जलविद्युत् आयोजना गत फागुन २१ गतेदेखि बन्द भएको छ । आयोजना बन्द भएपछि दियालो बाल्न बाध्य भएको स्थानीय बासिन्दा तुला सिंहले...

Read More

स्थानीय तहका लागि ३९० कर्मचारी माग

काठमाडौँ– सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सङ्घीय संरचनाअनुसारका स्थानीय तहमा सञ्चालनका लागि सामान्य प्रशासन मन्त्रालयसँग ३९० कर्मचारी माग गरेको छ । सङ्घीय संरचनाअनुसार महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा कार्यालय प्रमुख भई कार्यालय सञ्चालन गर्नका लागि ३९० जना कर्मचारी माग गरिएको मन्त्रालयका सहप्रवक्ता मदन कोइरालाले जानकारी गराए । उनले अहिले भएका कर्मचारीले कार्यालय प्रमुख भई कार्यालय सञ्चालन गर्न नपुग भएकाले सामान्यसँग माग गरिएको बताए ।अहिले स्थानीय तहका लागि मन्त्रालयसँग एक सहसचिव, ६३ उपसचिव र २९० शाखा अधिकृत रहेका छन् ।स्थानीय मन्त्रालयका उपसचिव भरतकुमार शर्माका अनुसार माग गरिएका कर्मचारीमा सहसचिव तीन, उपसचिव १९६ र शाखा अधिकृत १९१ रहेका छन् ।...

Read More

पशुपक्षी मन्त्रालयमा जगेबु

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री रहनुभएका श्रीप्रसाद जगेबुलाई पशुपक्षी विकास मन्त्रालयको राज्यमन्त्रीको कार्यभार प्रदान गरेका छन् । प्रधानमन्त्रीले आज राज्यमन्त्री जगेबुलाई सो मन्त्रालयको सम्पूर्ण कार्यभार सञ्चालन गर्ने गरी जिम्मा दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा उपप्रधानमन्त्रीको हैसियतसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कार्यभार सम्हालेपछि राज्यमन्त्री जगेबुलाई पशुपक्षी विकास मन्त्रालयको जिम्मा दिइएको हो । यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँलाई प्रधानमन्त्रीले गृहराज्यमन्त्रीको जिम्मेवारी दिएका छन् । सो मन्त्रालयमा राप्रपाका दिलनाथ गिरी मन्त्री भएर आएको र राज्यमन्त्रीमा सोही पार्टीका परशुराम तामाङ मन्त्री...

Read More

प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो एजेन्डा हो : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थासहितको राज्य प्रणाली आफ्नै पार्टीको प्रमुख एजेन्डा भएको दाबी गरेका छन् । नयाँ शक्ति नेपालले आज बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेन्डा आफू र आफ्नो पार्टीले विगतदेखि नै अगाडि सार्दै आएकोले त्यसको पक्षमा आफू रहेको बताएका हुन् । उनले सहमतिका आधारमा संविधान जारी गर्नुपर्ने बाध्यताको बीचमा सो एजेन्डालाई कायम राख्न ‘नोट अफ डिसेन्ट’सहित आफूले संविधानमा हस्ताक्षर गरेको र सो एजेन्डामा हाल पनि उत्तिकै प्रतिबद्ध रहेको बताए । संविधान निर्माणमा सहयोग पुर्याउने लक्ष्यका साथ आठबुँदे ‘नोट अफ डिसेन्ट’ लेखे पनि एजेन्डामा सम्झौता नगरिएको उल्लेख गर्दै उनले आजै एजेन्डा सम्झाउन आएकामा...

Read More

नेपालको शानदार जीत, नेपालद्वारा केन्या ७ विकेटले पराजीत

काठमाडौँ – विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केन्याविरुद्ध आज भएको दोस्रो खेलमा नेपालले शानदार जित हात पारेको छ । उत्कृष्ट बलिङ, ब्याटिङ र फिल्डिङ गरेको नेपालले केन्यालाई सात विकेटले हराएको हो । केन्यालाई ४६.१ ओभर खेलेर १५५ रनमा अल आउट गरेसंगै १५६ रनको सामान्य लक्ष्य पाएको नेपालले ३०.२ ओभरमा तीन विकेटको क्षतिमा १६० रन बनाउँदै सहजरुपमा विजय हासिल गर्यो । सुनिल धमला १ रनमा आउट हुँदा सागर पुनलाई नेपालले ५ रनमा गुमाएको थियो । जीत दिलाउनका लागि नेपालका तर्फबाट ज्ञानेन्द्र मल्लले ब्याटिङमा कप्तानी इनिङ खेले । ज्ञानेन्द्रलाई दिपेन्द्र ऐरीले बलियो साथ दिए । तेस्रो व्याटेसम्यानको रुपमा...

Read More