Author: Himalaya Post

 आर.आर.मा अखिल र क्रान्तिकारीको नाराबाजी जारी, निर्वाचन कार्यक्रम लगभग स्थगित

काठमाडौँ, फागुन २३ ।  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावलाई लिएर प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी   (आरआर) क्याम्पसमा विद्यार्थी संगठनहरुले नाराबाजी गरिरहेका छन्। एमालेसम्वद्ध अखिलले स्ववियु चुनाव गर्न माग गर्दै नाराबाजी गरिरहेको छ भने माओवादीसम्वद्ध क्रान्तिकारीले त्यसको विपक्षमा नारा लगाइरहेको छ । १८ गते हुन नसकेको स्ववियु चुनाव आज सोमबारका लागि तय भएको थियो । तर, नेपाली कांग्रेससम्वद्ध नेविसंघले उम्मेदवारी नै दर्ता गरेको छैन । विहान ८ बजेबाट मतदान हुने भनिएको थियो । पछि १० बजे हुने भनिएपनि अहिले सम्म मतादान प्रक्रिया अगाडि बढ्न सकिरहेको छैन । मतदान लगभग स्थगित भइसकेको छ । क्याम्पस प्रशासनले एमालेनिकट अनेरास्ववियुसँग मिलेर निर्वाचन तालिका बनाएको भन्दै कांग्रेसनिकट नेपाल...

Read More

दोस्रो संविधानसभामा बाँडिएको मतदाता परिचयपत्र अस्वीकृत

काठमाडौँ, फागुन २३ । २०७० सालमा निर्वाचन आयोगले बाँडेको फोटोसहितको मतदाता परिचय पत्रलाई निर्वाचन आयोगले  अस्वीकार गर्दै नयाँ परिचयपत्र छाप्ने भएको छ ।पहिलेकै मतादाता परिचयपत्र देखाएर यसपाली मतदान गर्न पाइने छैन । निर्वाचन आयोगले बैशाख ३१ गते सम्पन्न हुने स्थानीय चुनावका लागि ०७० सालको निर्वाचनमा प्रयोग भएको मतदाता परिचय पत्रलाई मान्यता नदिने निर्णय गरेको हो । नयाँ निर्वाचन ऐनले मतदातालाई मतदानको लागि अनिवार्य मतदाता परिचय पत्रको व्यवस्था गर्न भनेकाले नयाँ मतदाताका लागि नयाँ परिचयपत्र छपाउन लागेको आयोगले जनाएको छ । अब आउने मतदाता परिचय पत्रमा बार कोड समेत उल्लेख हुनेछ । निर्वाचन आयोगले मतपत्र छपाउनका लागि सूचना प्रकाशित गरिसकेको...

Read More

फेसबुकमामार्फत ठगी गर्ने प्रकाउ

डुम्रे (तनहुँ) २३ फागुन । फेसबुकमार्फत महिलालाई साथी बनाई ठगी धन्दा गर्ने एक युवकलाई प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा राम्जाकोट–२ पिपलटारका २७ वर्षिय मोहनबहादुर पाटामगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीका अनुसार पाटामगर देवघाटमा प्रकाउ परेका थिए । पक्राउ परेका पाटामगरले आफू सम्पन्न परिवारको सदस्य भएको भन्दै फेसबुकमार्फत साथी बनाउँदै महिलालाई ठग्दै आएका थिए । प्रहरी उपरीक्षक जोशीका अनुसार सीता गुरुङबाट दुई तोला ५० ग्रामको सुनको सिक्रीसहितको लकेट, देवी मगरबाट एक तोला ५० ग्रामको सुनको सिक्री र जमुना गुरुङको एक तोला ७५ ग्रामको सुनको सिक्री ठगी गरेका थिए । फेसबुकमार्फत ठगी धन्दा...

Read More

सप्तरीमा विहानैदेखि मोर्चाका कार्यकर्ता सडकमा, सुरक्षा व्यवस्था कडा

सप्तरी, फागुन २३ । एमालेको मेची–महाकाली अभियानको विरोधमा उत्रेका मधेशी मोर्चाका कार्यकर्ता विहानैदेखि राजविराजको सडकमा देखिएका छन् । सप्तरीका डिएसपी दानबहादुर कार्कीका अनुसार हिजो–अस्तीको तुलनामा आज गाडी कम गुडेका छन् । उनले मोर्चाका कार्यकर्ताहरु सडकमा उत्रिएको बताए । अहिलेसम्म भने कसैको पक्राउ नभएको र उच्छृखल क्रियाक्रलाप गरे पक्राउ गरिने बताए । उनले आबश्यक परे बल प्रयोग गरेर भएपनि तनाव हुन नदिने बताए । उता संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य शैलेन्द्र साहले भने विहानै देखि प्रहरीले आफ्ना कार्यकर्ताहरुको धरपकड गरेको बताए । उनी अहिले राजविराजमा छन् । सडकमा उत्रिएका मोर्चाका केही कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको उनले बताए । मोर्चाले आज...

Read More

भक्तपुर क्यान्सर अस्पतालको अत्याधुनिक स्मृति भवनको उद्घाटन

भक्तपुर, फागुन २२। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर क्यान्सर अस्पतालले निर्माण गरेको अत्याधुनिक स्मृति भवनको उद्घाटन गरेका छन् । भक्तपुर क्यान्सर अस्पतालको आज सम्पन्न २२ औँ वार्षिकोत्सव समारोहमा उनले विभिन्न दाताबाट सङ्कलित रकमबाट निर्माण भएको उक्त भवनको उद्घाटन गरेका हुन् । कार्यक्रममा अस्पताललाई सहयोग गर्ने दातामध्ये रु १० लाखभन्दा बढी सहयोग गर्ने जिल्ला विकास समिति भक्तपुरलाई डाइमन्ड सर्टिफिकेट, रु एक लाखदेखि नौ लाख ९९ हजार ९९९ वा सो बराबरको सामान प्रदान गर्ने पाँच दातालाई गोल्डेन सर्टिफिकेट, रु ५० हजारदेखि ९९ हजार ९९९ वा सो बराबरको सामान प्रदान गर्ने दुई दातालाई सिल्भर सर्टिफिकेट र रु ५० हजारभन्दा...

Read More