Author: Himalaya Post

अध्यक्ष ओलीद्वारा देशभित्रका खनिज उत्खनन गर्नुपर्नेमा जोड

मोरङ,  फागुन २२ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजलाई एकताबद्ध हुन नदिने प्रयास भइरहेको बताएका छन् । उर्लाबारी परोपकार सेवा केन्द्रको आज बिहान उद्घाटन गर्दै अध्यक्ष ओलीले केही तत्वले अहिले नेपाली समाजलाई एकता र विकासको गतिमा अघि बढ्न नदिने प्रयास गरेको बताए। पूर्वप्रधानमन्त्री ओलीले देशभित्रको खनिज पदार्थ छिमेकी रिसाउने डरले यसको उत्खनन हुन नसकेको बताउँदै अब यसको उत्खनन गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । समाजसेवा देशका लागि गर्नुपर्नेमा जोड दिँदै नेता ओलीले विद्यालय, अस्पताल, वृद्धाश्रम निर्माणमा अब स्थानीयवासी नै अग्रसर हुनुपर्ने बताए। कार्यक्रममा सेवा केन्द्रको निर्माणमा योगदान पुर्याउने स्थानीय समाजसेवी र ज्येष्ठ नागरिकलाई सम्मानसमेत गरिएको...

Read More

८ खर्ब ३० अर्ब रुपैयाँ नेपालमा लगानी गर्ने प्रतिवद्धतासहित चीन सबैभन्दा अघि, भारत पुछारमा

काठमाडौँ, फगुन २० । काठमाडौंमा सकिएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा चीनबाट मात्रै ८ खर्ब ३० अर्बको लगानी प्रतिवद्धता आएको छ । लगानी सम्मेलनमा अन्य देशका लगानीकर्ताको प्रतिवद्धतालाई उछिन्दै चीनबाट सबैभन्दा धेरै लगानीको घोषणा भएको हो । लगानी सम्मेलनमा कुल १३ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको प्रतिवद्धता आएको आयोजक लगानी बोर्डले जनाएको छ । सम्मेलनमा चिनियाँ लगानीकर्ताले नेपालमा लगानीका लागि बढी र उत्साहजनक रुपमा चासो देखाएका छन् । सम्मेलनमार्फत नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न चीनका लगानीकर्ताले गरेको प्रतिवद्धता रकम कुल घोषित लगानीको ६१ प्रतिशत हो । चिनियाँ लगानीकर्ताको तर्फबाट भएको घोषणाले भारतीय लगानीकर्तालाई निकै पछि पारेको छ । नेपालमा लगानीका लागि...

Read More

चुरे वन संरक्षणको जिम्मा सेनालाई दिइने

फागुन, २०। वन तथा भूसंरक्षण राज्यमन्त्री दीर्घराज भाटले मुलुकको चुरे क्षेत्रको वन सुरक्षाका लागि नेपाली सेनालाई खटाउने विषयमा वन मन्त्रालयले प्रक्रिया अघि बढाइरहेको बताएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्व वन्यजन्तु दिवसका अवसरमा आयोजित ‘संरक्षणको आधारः युवाको आवाज’ विषयको कार्यक्रममा उनले चुरे क्षेत्रको वन सुरक्षाको जिम्मेवारी सेनालाई दिन उपयुक्त हुने भएकाले त्यसका लागि आफू प्रयासरत रहेको बताएका हुन् । उनले भने– “वन्यजन्तु–मानव द्वन्द्व न्यूनीकरणका लागि पनि सबै मिलेर अघि बढ्नुपर्छ ।” हात्ती पीडितलाई राहत दिने विषयमा संसद्बाट ऐन पारित हुने प्रक्रियामा रहेको राज्यमन्त्री भाटको भनाइ थियो । कार्यक्रममा वन संरक्षण तथा वन्यजन्तु चोरी सिकार नियन्त्रणमा योगदान पुर्याउने...

Read More

तीनै तहको चुनाव गर्न ओलीको आग्रह

फागुन २० । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनका लागि तीनै तहको चुनाव अनिवार्य भएको बताएका छन् । “वैशाख ३१ गते स्थानीय तहको चुनाव घोषणा भइसकेको छ”, सहिद वीरेन स्मृति प्रतिष्ठानको नवनिर्मित सामुदायिक भवनको आज ज्यामिरगढीमा उद्घाटन गर्दै उनले भने – “यसपछि प्रदेश र सङ्घीय तहको पनि चुनाव हुनुपर्छ ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले तीनै तहको चुनाव तालिका सार्वजनिक गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिइरहनुपरेको अवस्था रहेको बताउँदै १९ वर्षपछि हुन लागेको चुनाव अब कसैले रोक्न नसक्ने विचार व्यक्त गरे। झापा विद्रोहलगायतका थुप्रै सङ्घर्षहरुको उपलब्धिलाई लोकतान्त्रिक संविधानको कार्यान्वयनमार्फत संस्थागत गर्दै मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने अहिलेको अवश्यकता हो र...

Read More

प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट प्रतियागिताको पहिलो खेलमा मध्यमाञ्चल ७६ रनले विजयी

फागुन, २० । सुनसरीको इटहरीस्थित डिएभी क्रिकेट खेल मैदानमा आजदेखि प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट खेलको शुभारम्भ गरिएको छ । नेपालको सशस्त्र प्रहरीको एक विभागीय टिमसँगै ६ वटा टिमको प्रतिस्पर्धामा सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन गर्दै नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री भीम आचार्यले नेपालमा खेल क्षेत्रले जति विकास र उन्नति गर्नुपथ्र्यो त्यसो नहुनुमा नेपालको अस्थिर राजनीति नै मूल बाधक बनिरहेको बताए । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको खेलको व्यवस्थापन भने स्थानीय इटहरी क्रिकेट एकेडेमीले गरेको छ । उद्घाटित खेलअन्तर्गत आज भएको २० ओभरको पहिलो खेलमा पहिले ब्याटिङ गर्दै पूर्वाञ्चल टिमले मध्यमाञ्चललाइ १२४ रनको लक्ष्य दिएको थियो । पूर्वाञ्चल टिमले...

Read More