Author: Himalaya Post

घुस लिँदालिदै मालपोत कार्यालय भक्तपुरका तीन जना कर्मचारी पक्राउ

भक्तपुर, १२ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा मालपोत कार्यालय भक्तपुरका दुई कर्मचारीसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा ऋषिराम बुढाथोकी, कार्यालय सहयोगी केशवबहादुर खत्री र लेखापढी व्यवसायी विष्णुहरि न्हिुसुतूलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त जगातीले जानकारी दिएको छ । मालपोत कार्यालय अगाडिको खाजा पसलमा सेवाग्राहीसँग रु छ लाख १४ हजार घुस लिँदै गर्दा अख्तियारको टोलीले हिजो साँझ उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मालपोत कार्यालयका प्रमुख कमल तिमिल्सिना र महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक राजकुमार सिलवालको रोहवरमा अख्तियारको टोलीले घुस लिएको रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएको छ । आयोगमा...

Read More

बेगनास तालमा रैथाने जातका माछा लोप हुँदै

फागुन १२। मिचाहा प्रजातिको माछा टिलापियालगायत कारणले पोखराको लेखनाथ र आसपासका क्षेत्रमा पाइने रैथाने जातका माछा लोपोन्मुख अवस्थामा पुगेका छन् । पछिल्ला वर्षमा टिलापियाको बढ्दो वृद्धिदरसँगै रैथाने जातका अन्य माछा उत्पादनमा कमी आएको छ । अन्य विकासी जातका माछा पनि फस्टाउन सकेका छैनन् । मत्स्य अनुसन्धान केन्द्र बेगनासका वरिष्ठ प्राविधिक अधिकृत देवप्रसाद शर्माका अनुसार पछिल्ला वर्षमा टिलापियाको बढ्दो आक्रमणका कारण लेखनाथ क्षेत्रका तालमा रेवा, फकेट, काँडे, बिग हेड, बाम र कत्ले जस्ता रैथाने जात मिचाहा प्रजातिको बढ्दो क्रमसँगै लोपोन्मुख अवस्थामा पुगेका छन् । “अन्य माछामा भन्दा टिलापिया माछामा प्राकृतिक प्रजनन हुने भएका कारण सङ्ख्या बढेको हो,” शर्माको तर्क छ...

Read More

मधेश बन्द गर्दै मोर्चा फेरी आन्दोलनमा उत्रियो

काठमाडौं – सरकारले सहमति बिना नै स्थानीय तह निर्वाचन घोषणा गरेको विरोधमा मधेशी मोर्चाले आज मधेशब्यापी बन्द आह्वान गर्दै फेरि आन्दोलनमा उत्रिएको छ । मोर्चाको आह्वानमा आज मधेश बन्द छ । मोर्चाका नेता कार्यकर्ता सडकमा सरकार विरुद्ध नाराबाजी गर्दै टायर बालेर विरोध प्रदर्शनमा जुटेका छन् । मधेशका सबै जिल्ला सदरमुकाम र शहर चोकमा विरोध प्रदर्शन भइरहेको छ । आज मोरङ, सुनसरी, पर्सा, रौतहट, बारा, धनुषा, सिरहा, सप्तरी, रुपन्देही, नवलपरासी, कपिलबस्तु, बाँके, बर्दिया लगायत मधेशका जिल्लाहरुमा मोर्चाका कार्यकर्ताहरुले विरोध प्रदर्शन गर्दैछन् । बन्द आह्वान र विरोध प्रदर्शनले मधेशका जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ । लामो समयपछि मधेश आज पुनः ठप्प...

Read More

राप्रपा एकता महाधिवेशन: केन्द्रीय सदस्यमा को–को विजयी भए हेर्नुहोस्, रेखा थापा देखि कोमल वलीसम्म

काठमाडौ ११ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यका लागि हिजो भएको मतदान प्रक्रियाको मत गणना सकिएको छ । मतगणनाको परिणाम अनुसार  एकता महाधिवेशनमा केन्द्रीय सदस्यमा अभिनेत्री रेखा थापा र गायिका कोमल वली भारी मतले विजयी भएकी छन् । बुधबार बिहान सकिएको मत गणनामा नायिका थापा खुला महिलातर्फ दोश्रो भएकी हुन भने गायिका कोमल वली खुला पुरुष महिलातर्फ तेश्रो भएकी हुन्। खुला महिलाबाट नायिका थापाले १६०३ मत ल्याउँदै केन्द्रीय सदस्यमा विजयि भएकि छन् भने कोमल वलीले खुल्ला पुरुष महिलातर्फ १८५७ मत ल्याएर विजयि भएकि हुन्। महिला खुल्लातर्फ कुन्ती शाहीले ९१८४८० र पुरुषतर्फ बुद्धिमान तामाङले ९१९२८० सबै भन्दा बढी मत ल्याएर विजयि भएका...

Read More

विश्व क्रिकेट लिग च्याम्पियसिप : नामिवियासँगको खेलका लागि नेपाली टोलिको छनोट

काठमाडौं, फागुन १०। विश्व क्रिकेट लिग च्याम्पियसिप अन्तर्गत केन्या विरुद्धको खेलको लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । आगामी फागुनमा हुने पाचौं चरण अन्तर्गत केन्यासँगको खेलको लागि नेपालले मंगलबार पारस खड्काको कप्तानीमा १९ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीका प्रतिनिधि ब्याङकेटपती राजु, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्कासहितको छनोट समितिले नेपाली टोलि छनोट गरेको हो । नेपाल र केन्याबीचको खेल आगामी फागुन २८ र ३० (मार्च ११ र १३)गते त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा हुने छ । केन्यापछि नेपालले छैटौँ चरणमा हङकङसँग खेल्नेछ भने सातौं चरणमा युएईसँग खेल्नेछ । केन्यासँगको...

Read More