Author: Himalaya Post

समस्या नियमावलीमा होइन, राज्यको माइन्डसेटमा छ

शैक्षिक परामर्श, भाषा शिक्षण तथा प्रवेश तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ माथि शेषराज भट्टराईसँग हिमालयपोष्टले गरेको विशेष कुराकानी : नेपालको शैक्षिक परामर्श क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएका तथा यस क्षेत्रका नीतिगत बहसमा स्पष्ट र निर्भीक धारणा राख्ने व्यक्तित्व लिडर शेषराज भट्टराई प्रस्तावित ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा प्रवेश तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ लाई सामान्य प्रशासनिक दस्तावेजका रूपमा हेर्दैनन्। उनको बुझाइमा यो नियमावलीले राज्यले युवा, शिक्षा, निजी क्षेत्र र भविष्यप्रति राख्ने दृष्टिकोणलाई उजागर गर्छ। प्रस्तुत छ, नियमावलीमाथि केन्द्रित विशेष संवाद: १. प्रस्तावित नियमावलीलाई तपाईंले कसरी मूल्यांकन गर्नुभएको छ? म कुनै घुमाउरो भाषा...

Read More

सीको उत्तर कोरिया भ्रमण

एजेन्सी – चिनियाँ राष्ट्रपति सी जिनपिङले आगामी हप्ता उत्तर कोरियाको राजकीय भ्रमण गरेका छन् ।  सन् २०१९ यता पहिलो पटक हुन लागेको यो भ्रमणलाई चीनले प्योङयाङसँगको आफ्नो प्रभाव र रणनीतिक सम्बन्ध पुनः मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ । चीन र उत्तर कोरियाले शुक्रबार सार्वजनिक गरेको जानकारीअनुसार सीले सोमबारदेखि मङ्गलबारसम्म उत्तर कोरियाको भ्रमण गर्ने कार्यक्रम रहेको छ । उनको पछिल्लो भ्रमण जुन २०१९ मा भएको थियो । यो भ्रमण उत्तर कोरियाली नेता किम जोङ उनले पछिल्ला वर्षहरूमा रुससँग निकटता बढाइरहेका बेला हुन लागेको हो । विशेषगरी युक्रेन युद्धमा समर्थनस्वरूप उत्तर कोरियामाथि रुसलाई सैनिक र परम्परागत हतियार उपलब्ध गराएको आरोप...

Read More

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौं – पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताएकी छिन् । निर्वाचन आयोगले आज आयोजना गरेको केन्द्रीय समीक्षा कार्यशालाको यहाँ उद्घाटन गर्दै उनले उक्त कुरा बताएकी हुन् । “निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ । जनताले दिएको मतको सम्मान गर्दै उहाँहरुलाई काम गर्न दिनुपर्छ ।” पूर्वप्रधानमन्त्री कार्कीले भनिन् । उनले निर्वाचन सफल हुनुमा तत्कालीन सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, सञ्चारकर्मीलगायतका भूमिका महत्वपूर्ण रहेको चर्चा गरिन । पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले विषम अवस्थाम सरकार, आयोग र सरोकारवालाको सहयोगमा कुनै हिंसात्मक घटनाबिना निर्वाचन...

Read More

ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी

काठमाडौं – नेपालमा प्रोटोन ई.मास सेबेन १६०किलोवाटको सफल सुरुवातपछि, नेपालका लागि प्रोटोन सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा आफ्नो विद्युतीय सवारी (ईभी) पोर्टफोलियो विस्तार गर्ने तयारी तीव्र बनाएको छ । बजारमा आएको छोटो समयमै प्रोटोन ई.मास सेबेनले नेपाली उपभोक्ताबाट उत्साहजनक र सकारात्मक प्रतिक्रिया प्राप्त गरेपछि कम्पनीले आफ्नो ईभी विस्तार योजनालाई अझ गति दिने निर्णय गरेको कम्पनीले जनाएको छ । मलेसियामा प्रोटोनले हासिल गरेको उल्लेखनीय सफलता हेर्दा कम्पनीको आगामी दिशा स्पष्ट देखिन्छ । सन् २०२६ को जनवरीदेखि अप्रिलसम्मको अवधिमा मलेसियामा प्रोटोनको विद्युतीय सवारी (ईभी) बिक्रीमा ३२९ प्रतिशतको वृद्धि भएको छ भने केवल चार महिनामै ११ हजार ६१७ भन्दा बढी...

Read More

विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं – विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो । दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ । विश्व वातावरण दिवसको मुख्य समारोहमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ । वातावरण विभागले विभिन्न सरकारी निकाय, विकास साझेदार, वातावरणविद् तथा सरोकारवाला कार्यक्रममा उपस्थिति हुने जनाएको छ । विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती सामना तथा प्रकृतिमैत्री विकास प्रवर्द्धनका विषयमा जनचेतना अभिवृद्धि गर्न विश्व वातावरण दिवस विशेष रूपमा मनाउन लागिएको जानकारी...

Read More