Author: Himalaya Post

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रु दुई हजार १०० र चाँदी रु ५५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु तीन लाख नौ हजार कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार २३० निर्धारण भएको छ । हिजो बिहीबार एक तोला सुनको मोल रु तीन लाख ११ हजार १०० कायम भएको थियो भने एक तोला चाँदीको मूल्य रु पाँच हजार २८५ निर्धारण भएको थियो ।  गत बुधबार एक तोला सुन रु तीन लाख ११ हजार ३०० र त्यति नै...

Read More

नेपालगन्ज भन्सारः १० महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व संकलन

राँझा – नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको करिब ६८ प्रतिशत बढी राजस्व संलन गरेको छ । चालु आव २०८२/८३ का लागि वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण गरिएकामा गत वैशाख मसान्तसम्म रु १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार अर्थात् लक्ष्यको ६८.२ प्रतिशत असुली भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताए । उनका अनुसार लक्ष्य पूरा गर्न बाँकी रहेका दुई महिनामा ३२ प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने चुनौती छ । भन्सार कार्यालयको मासिक लक्ष्यअुनसार हालसम्म कुनै पनि महिनामा राजस्व सङ्कलन हुनसकेको छैन । तर पछिल्लो दुई महिना चैत...

Read More

प्रतिनिधिसभा सदस्य निर्वाचनको केन्द्रीय समीक्षा कार्यशाला सुरु

काठमाडौं –  निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको केन्द्रीय समीक्षा कार्यशाला आयोजना गरेको छ ।  आयोगले बागमतीबाहेकका प्रदेशस्तरमा समीक्षा सम्पन्न गरिसकेपछि केन्द्रीयस्तरमा आज काठमाडौँमा समीक्षा कार्यशाला आयोजना गरेको हो । कार्यशालाको तत्कालीन प्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल, तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, आयोगका आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशमशेर जबरा, सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजीतिक दलका प्रतिनिधि, नेपाल सरकारका उच्चाधिकारी, सुरक्षा निकायका प्रतिनिधि, निर्वाचन पर्यवेक्षक, निर्वाचनमा खटिएका निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारी, मतदान अधिकृत,...

Read More

डाउनपेमेन्ट बिनै क्रेडिट कार्डमार्फत शून्य ब्याजदरमै अनर ब्राण्डका स्मार्टफोन खरिद गर्न मिल्ने गरी एनआईसी एशिया बैंक र इफिक्स नेपालबीच सम्झौता

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेड र नेपालका लागि अनर ब्राण्डका स्मार्टफोनको Authorized reseller EFIX Nepal प्रा. लि. बीच बैंकका ग्राहकहरूलाई विशेष सुविधा प्रदान गर्ने सम्बन्धी एक द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । आफ्ना ग्राहकहरुको डिजिटल बैंकिङ सम्बन्धी आवश्यकताहरूलाई सम्बोधन गर्दै ग्राहक अनुभवलाई थप परिष्कृत बनाउने रणनीतिक उद्देश्यका साथ यो सहकार्य गरिएको हो । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ नरेन्द्र मैनाली र इफिक्स नेपालका तर्फबाट आइटी म्यानेजर अश्विन गोपाल शर्माले हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुसार एनआईसी एशिया बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले शून्य प्रतिशत ब्याजदर (०% इएमआई) मा अनर ब्राण्डका स्मार्टफोनहरू efix.com.np बाट क्रेडिट कार्ड मार्फत...

Read More

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता

काठमाडौँ – प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ माथि छलफल प्रारम्भ भएको छ । राष्ट्रियसभाबाट गत माघ २३ गते पारित भएको सो विधेयकलाई प्रतिनिधिसभाको समितिमा छलफलका लागि पठाइएको छ । समितिको आजको बैठकमा विधेयकमाथि परेका संशोधन र विज्ञसमेतको सुझावका आधारमा विधेयकलाई परिस्कृत गर्न सदस्यहरूले जोड दिएका छन् । समितिमा भएको सैद्धान्तिक छलफलमा जवाफ दिँदै शिक्षा तथ खेलकुदमन्त्री सस्मित पोखरेलले सो विधेयकमा धेरै कुरा परमार्जन गर्न आवश्यक भएका सन्दर्भमा सरकारका तर्फबाट आवश्यक सहजीकरण गरिने विश्वास दिलाएका छन् ।उनले ‘डिएनए’ परीक्षण र यसलाई न्याय प्रक्रियामा लाने सवालमा हुनसक्ने समस्या र अन्तरविरोध...

Read More