संविधान संशोधनमार्फत जनताको अधिकार कटौती गर्न लागियो भन्दै भ्रम छरियो : गगन थापा
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनमार्फत जनताको अधिकारलाई कटौती गर्न लागिएको भन्दै भ्रम छर्न खोजिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै थापाले संविधानले दिएको अधिकार कसैले कटौति गर्न नसक्ने भन्दै ०४७ कै संविधानतिर लैजाने बहस सही नभएको बताएका हुन् । उनले संविधान सशोधनमार्फत अहिलेको निर्वाचन प्रणालीलाई राम्रो बनाउन सकिने उल्लेख गरे । एउटा दलले ४० प्रतिशत हाराहारी मत ल्याउँदा पाँच वर्ष सरकार चलाउने गरी मिलाउन सक्ने व्यवस्था गर्न सकिने उनले बताए । थापाले संविधान संशोधनका नाममा चलेका आरोपबाट कांग्रेस–एमाले भाग्न नहुने भन्दै जनतालाई स्पष्ट पार्न सक्नुपर्ने धारणा राखे । उनले आफुहरु यसअघि प्रतिपक्षीमा रहदा...
Read More

























