Author: Himalaya Post

कुलमान घिसिङको समर्थनमा काठमाडौँमा प्रदर्शन

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङको समर्थनमा सोमबार पनि युवाहरुले प्रदर्शन गरेका छन् । कुलमानका कारण मुलुकको विद्युत क्षेत्र बलियो भएको भन्दै उनको समर्थनमा युवाहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले ठूला उद्योगीहरुलाई विद्युतको बक्यौता छुट दिन नहुने भन्दै नारावाजी गरेका थिए । बक्यौता रकम असुल गर्ने कामबाट फिर्ता नहुने भन्दै उनीहरुले आफुहरु कुलमानको साथमा रहेको जनाएका छन् । प्रदर्शनमा सहभागीहरुले २२ अर्व विद्युत बक्यौता रकम असुल गर, विद्युत प्राधिकरणभित्रको चलखेल बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । यसअघि शनिबार कुलमानको समर्थनमा निस्किएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो...

Read More

छानबिन समितिद्वारा सहकारी ठगीसँग जोडिएका सञ्चालकसँग छलफल

काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले हिनामिना प्रकरणमा जोडिएका सहकारी सञ्चालकसंग सोमबार पनि बयान लिएको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले सुमेरु बचत तथा ऋण सहकारी संस्थामा आवद्ध राजबहादुर सिंहसँग बयान लिएको हो । समितिको कार्यादेशमा रहेको समस्याग्रस्त र सार्वजनिकरुपमा प्रश्न उठेका सहकारी संस्थामध्ये उक्त सहकारी अनुसूची दुईको आठौँ नम्बरमा रहेको छ । सो क्रममा समितिले बचतकर्ताको रकम हिनामिनाबारे प्रश्न गरेको थियो । जवाफमा सिंहले बचतकर्ताको रकम फिर्ता गर्ने बतार्एका छन् । सहकारी हिनामिना प्रकरणमा जोडिएका अन्यसंग पनि छलफल गरेर निष्कर्षमा पुग्ने समितिको तयारी छ । छलफलका साथै समितिले प्रतिवेदन मस्यौदाको कामलाई पनि...

Read More

बृहत् कोटीहोम महायज्ञमा भक्तजनको घुइँचो

काठमाडौँ – पशुपतिनाथ मन्दिर परिसरमा आयोजना गरिएको वनकालीमा बृहत् कोटीहोम महायज्ञमा भक्तजनको घुइँचो लागेको छ । मानव सेवा फाउण्डेशनलगायत झण्डै एक दर्जन संस्थाहरुको आयोजनामा पशुपति कोटीहोम नेपाल माहात्म्य तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ आयोजना गरिएको हो । महायज्ञ सम्पन्न हुन लाग्दा भक्तजनको घुइचो लागेको हो । सोमबार महायज्ञमा काभा महिला भलिबल नेसन्स लिगको उपबिजेता राष्ट्रिय महिला भलिवल टोलीका खेलाडीहरुका साथै भलिवल संघका पदाधिकारीहरु पनि सहभागी भएका थिए । महायज्ञ अवधिभर जगद्गुरु, साधु, सन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकबाट आशीर्वचन तथा कथा प्रवचन भइरहेको छ । महायज्ञमा वाचन दीनबन्धु पोखरेल, राधिका दासी, श्रीराम कथावाचक चन्द्रकला सखी...

Read More

मुलुकका सम्भावनाप्रति सकारात्मक सोच र स्वावलम्बी भावना अपरिहार्य : राष्ट्रपति पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका स्रोत र सम्भावनाअनुरुपको सीप तथा लगनशीलताको निर्माण एवम् राष्ट्रका सम्भावनाप्रति सकारात्मक सोच र देशभक्ति अनुकुल स्वाभिमानी तथा स्वावलम्बी भावनाको विकास आजको अनिवार्य आवश्यकता भएको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र संयुक्त राष्ट्रसङ्घको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘नेपाल युवा सम्मेलन, २०२४’ लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको सम्भावना पहिचान गरी त्यसको समुचित प्रयोगका लागि राष्ट्रिय भावना जागृत हुन आवश्यक रहेको बताए । “दिनानुदिन विदेश पलायन भइरहेको युवा शक्तिलाई नेपालमै रोकेर राष्ट्र निर्माणमा कसरी प्रयोग गर्ने भन्ने कुरा आज धेरै गम्भीर बनेर आएको छ ।...

Read More

नेप्से ७०.८१ अंकले बढ्यो, एकैदिन २५ अर्ब ७७ करोडको ऐतिहासिक कारोबार

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज हालसम्मकै उच्च रकमको कारोबार भएको छ । यो सातामा कारोबारको पहिलो दिन आइतबार हालसम्मको धेरै रु २५ अर्ब ७७ करोड माथिको कारोबार भएकोमा शेयर बजारमा आज त्योभन्दा बढी रकमको कारोबार भएको हो । निरन्तर उच्च अङ्कको उकालो देखिएको नेप्से परिसूचकमा आजको कारोबार रु २७ अर्ब नाघेको छ । नेप्से परिसूचक आज ७० दशमलव ८१ अङ्कले बढेर दुई हजार नौ सय ३१ दशमलव ६५ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ४७ प्रतिशतको वृद्धि हो । आज तीन सय ३९ कम्पनीको ६ करोड ४८ लाख ७६ हजार दुई सय १७...

Read More