Author: Himalaya Post

ई-हाजिरी यथाशीघ्र लागू गर्न मातहतका निकायलाई खानेपानीमन्त्री यादवको निर्देशन

काठमाडौँ – खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालयअन्तर्गतका सबै निकाय र कार्यालयलाई यथाशीघ्र ई–हाजिरी अनिवार्य रुपमा लागू गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा केही समयअघि ई–हाजिरीको प्रारम्भ गरिएको भए पनि यसको प्रयोगमा कमी आएको गुनासो बढ्दै गएपछि मन्त्री यादवले निर्देशन जारी गरेका हुन् । मन्त्री यादवले कर्मचारीहरूको उपस्थितिको नियमितता, पारदर्शिता र सुशासन सुनिश्चित गर्न ई–हाजिरी प्रणालीलाई समयमै कार्यान्वयनमा ल्याउन र यसबाट कर्मचारीको उपस्थिति, बिदा र काजसम्बन्धी रेकर्ड व्यवस्थित गर्न सबै कार्यालयलाई निर्देशन दिए । उनले कुनै पनि निकाय वा कार्यालयले ई–हाजिरी लागू नगरेको पाइएमा यथाशीघ्र लागू गर्न भनेका छन् । यादवले रानीपोखरीस्थित खानेपानी तथा ढल व्यवस्थापन विभाग, मेलम्ची खानेपानी विकास समिति,...

Read More

नेपाल टेलिकमको गुणस्तर सुधारमा सञ्चारमन्त्री गुरुङको जोड

गण्डकी – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल टेलिकमको गुणस्तर सुधारका लागि सक्षम नेतृत्व र चुस्त व्यवस्थापनको खाँचो औँल्याएका छन् । पोखरास्थित टेलिकमको प्रादेशिक तथा जिल्ला कार्यालयको आज निरीक्षणका क्रममा उनले टेलिकमको सेवालाई समयसापेक्ष ढङ्गले रुपान्तरण गर्दै लैजानुपर्ने बताए । “अहिलेको अवस्थाबाट नेपाल टेलिकमलाई सुधार गर्न सकिएन भने आउँदा केही वर्षमा टेलिकम सङ्कटमा पर्नसक्छ”, मन्त्री गुरुङले भने, “तीन/चार वर्षअघि रु ६० अर्ब आम्दानी हुने गरेकामा अहिले कसरी रु ३० अर्बमा झर्यो अब समीक्षा गर्ने बेला आएको छ ।” उनले एक वर्षभित्रमा टेलिकमलगायत संस्थामा नीतिगत र व्यवस्थापकीय सुधार गर्ने गरी मन्त्रालयले योजना बनाएको उल्लेख गरे । मन्त्री गुरुङले इन्टेरनेट...

Read More

काँग्रेस केन्द्रीय समिति बैठक : विभिन्न ११ वटा एजेण्डामाथि सदस्यले राख्दैछन् धारणा

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले भ्रष्टाचार नियन्त्रण र सुशासनका मुद्दामा सरकारमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा उनीहरुले मुलुकलाई सुशासनतर्फ अघि बढाउनका लागि सरकारमा रहेर प्रभावकारी काम गर्नुपर्नेमा जोड दिएका हुन् । साथै उनीहरुले महासमिति बैठकमा उठेका महत्वपूर्ण विषयलाई कार्यान्वयनमा लैजानुपर्ने समेत धारणा राखेका थिए । बैठकमा विभिन्न ११ वटा एजेण्डाहरुमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । उक्त एजेण्डाहरुलाई छलफल गरी पारित गर्ने तयारी रहेको उनले बताए । बुधबारबाट सुरु बैठकमा महासमिति बैठकबाट पारित प्रस्ताव, राष्ट्रिय सहमतिको सरकार गठनका...

Read More

सहकारी ठगी सम्बन्धी छानबिन समितिद्वारा सहकारी सञ्चालकसंग छलफल

काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले हिनामिना प्रकरणमा जोडिएका सहकारी सञ्चालकसंग छलफल गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको बैठकले सहकारी हिनामिना प्रकरणमा जोडिएका सञ्चालक समितिका सदस्य र पदाधिकारीहरुसंग छलफल गरेको हो । सो क्रममा शुक्रबार गोरखा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष र अध्यक्षसंग छलफल गरेको छ । त्यस्तै श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष र गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसंग छलफल गरिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए । सहकारी हिनामिना प्रकरणमा जोडिएका अन्यसंग पनि छलफल गरेर निष्कर्षमा पुग्ने समितिको तयारी छ । छलफलका साथै समितिले प्रतिवेदन मस्यौदाको कामलाई...

Read More

मन्त्री भण्डारीद्वारा विशाखापट्टनम पोर्टको अनुगमन

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम पोर्टको आज अनुगमन गरेका छन्। उनले अनुगमनका क्रममा त्यहाँका आयात नियमन गर्ने पोर्टका आधिकारिक व्यक्ति र शिपिङ कम्पनीसँग अन्तरक्रियासमेत गरेको मन्त्रीको सचिवालयले जनाएको छ । त्यस अवसरमा मन्त्री भण्डारीले आयात तथा निर्यातकर्तासँग नेपाल आयात हुने वस्तु तथा सेवा र निर्यातका पक्षबारे छलफल गरेका थिए । उनलाई आयात तथा निर्यातकर्ताले नेपाल सरकारले गर्नुपर्ने आवश्यक सहायताका विषयमा ध्यानाकर्षण गराए । मन्त्री भण्डारीले आयात तथा निर्यातमा नेपाल सरकारका तर्फबाट हुने आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै भारत सरकारसँग पनि आवश्यक सहयोगका लागि पहल गर्ने बताए। मन्त्री भण्डारीले सो क्रममा नेपालको आयात...

Read More