Author: Himalaya Post

पशुपति कोटीहोम महायज्ञमा आचार्य कृष्ण दमाइबाट प्रवचन

गोदावरी (ललितपुर) – मानव सेवा फाउण्डेशनले पशुपति परिसरमा आयोजना गरेको कोटिहोम महायज्ञमा आचार्य कृष्ण दमाइले प्रवचन दिएका छन् । संस्कृतमा आचार्य (स्नातकोत्तर) गरेका बैतडीका दमाइले आज प्रवचन दिएका हुन् । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजय कृष्णमूर्ति महाराजले आचार्य कृष्णलाई व्यासपीठमा राखी अभिनन्दन गरेका थिए । प्रवचनका क्रममा आचार्य कृष्णले भने, “संस्कृत साहित्यलगायत अन्य कर्ममा मलाई समावेश गराउने आदरणीय गुरूहरूमा नमन गर्छु । मानिसले स्वर्ग जानुपर्छ भन्छन् तर मेरो लागि त राष्ट्रदेव पशुपतिनाथको चरणमा स्वर्गको महसुस भएको छ । मैले स्वर्ग प्राप्त गरेको अनुभूत गरेको छु ।” उनले कोटीहोममा उपस्थित भएपछि सबै जाती र समुदायले संस्कृत शिक्षा, वेद अध्ययन गर्नुपर्छ भन्ने...

Read More

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु, कुन कुन एजेण्डामा हुँदैछ छलफल ?

काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबारबाट सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाडाँमा शुक्रबार बसेको बैठकमा विभिन्न चार एजेण्डामाथि छलफल सुरु भएको प्रवक्ता अग्नि सापकोटाले बताए । बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक विकसित घटनाक्रमबारे ब्रिफिङ, वैचारिक, राजनीतिक, सांगठनिक परिस्थिति र कार्यभार तथा विविध एजेण्डामाथि छलफल सुरु भएको उनले बताए । पहिलो एजेण्डाका रुपमा रहेको पछिल्लो राजनीतिक विकसित घटनाक्रमबारे ब्रिफिङमा अध्यक्ष प्रचण्डले टीआरसी विधेयक पारित भएको र आगामी संसदको बैठकमा पेश हुने जानकारी गराएका थिए । बंगलादेश घटनाप्रति शिक्षा लिएर जनताको कुरा सुुन्नुपर्नेमा पनि प्रचण्डको जोड रहेको सापकोटाले जानकारी दिए । त्यस्तै अघिल्लो सरकारले गरेको सुशासन र...

Read More

भारतीय विदेश सचिव मिस्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौँ – भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्री नेपाल भ्रमणमा आउने भएका छन् । नेपालका परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा मिश्री साउन २७ गते (आइतबार) नेपालको औपचारिक भ्रमणमा आउने भएका हुन् । उनी आइतबार र सोमबार (२ दिन) नेपाल भ्रमणमा रहने भारतीय विदेश मन्त्रालयले जनाएको छ । नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन् । साथै नेपाली समकक्षी सेवा लम्सालसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । विदेश सचिवको आगामी भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिने र भारतले आफ्नो छिमेकी पहिलो नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई प्राथमिकता दिएको कुरालाई झल्काउने भारतीय विदेश मन्त्रालयको भनाई...

Read More

प्राधिकरणको सञ्चित नाफा ४७ अर्ब ४१ करोड

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणको सिञ्चित नाफा ४७ अर्ब ४१ करोड पुगेको छ । शुक्रबार पत्रकारसम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त जानकारी दिएका हुन् । घिसिङका अनुसार आर्थिक वर्ष २०७२/७३ मा रु आठ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको थियो । आर्थिक वर्ष २०७३/७४ मा रु एक अर्ब ५० करोड खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षमा रु १३ अर्ब ३१ करोड नाफा पुगेको छ । आठ वर्षअघि रु ३४ अर्ब ६१ करोड सञ्चित घाटामा रहेको प्राधिकरणले अहिले रु ४७ अर्ब ४१ करोड सञ्चित नाफामा पुगेको छ । विद्युत्को महसुल तीन पटक गरी करिव २५...

Read More

मधेस प्रदेशका मुख्यमन्त्रीसँग जनमत पार्टीले सोध्यो स्पष्टीकरण

काठमाडौँ – मधेस प्रदेशसभा संसदीय दलका नेता तथा मुख्यमन्त्री सतिशकुमार सिंहसँग जनमत पार्टीले मन्त्रालय बाँडफाँट र राज्यमन्त्री थपेको भन्दै असन्तुष्टि जनाएको छ । पार्टीका प्रवक्ता डा शरदसिंह यादवले मुख्यमन्त्री सिंहले पार्टीसँग समन्वय नगरेर जिम्मेवारी बाँडफाँट र सरकार विस्तार गरेको भन्दै आवश्यक जानकारी माग गरेको बताए । जनमतले परिणाम देखिने गरी जनताको हकहितको लागि मन्त्रालयको काममा ध्यान दिनुभन्दा मुख्यमन्त्रीले अनावश्यक उद्घाटन समारोहमा समय खर्चिएको, पार्टीले दिएको निर्देशन बेवास्ता गरेको आरोप लगाएको छ । “जनमतले परिणाम देखिने गरी काम गर्नुपर्नेछ तर मुख्यमन्त्री भने उद्घाटन मै बेस्त हुनुहुन्छ । यसैगरी बजेट बनाउने क्रममा सांसदलाई रु पाँच करोड दिने विवादास्पद अभिव्यक्ति दिई पार्टीको...

Read More