महानगरको कार्यालय अगाडीको कमलादी सडक भाँसियो, सवारी आवगमन पूर्ण रुपमा अवरुद्व (तस्बिरसहित)
काठमाडौँ– काठमाडौंको कमलादीमा सडक भाँसिएको छ । काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि टुकुचा खोला नजिकैको सडक भाँसिएको हो । सडक भाँसिएपछि सो क्षेत्रमा सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । टुकुचा खोलाले सडकमुनी रहेको माटो बगाएपछि सडक भाँसिएको स्थानीयहरुको भनाइ छ । खोला छेउका सडकहरुलाई व्यवस्थीत तवरले निर्माण नगरेकाले पटक पटक सडक भाँसिने समस्या देखिने गरेको उनीहरुको भनाइ छ । वर्षायाममा काठमाडौंभित्रका सडकमा भासिने समस्या देखिने गरेको छ । यसअघि काठमाडौं नयाँ बानेश्वरकोबिच सडक भाँसिएको थियो । हेर्नहोस् भाँसिएको सडकको अवस्था...
Read More

























