राज्य व्यवस्था समितिमा प्रधानमन्त्री ओली : भ्रष्टाचार निर्मूल पार्ने गरी सरकार अघि बढ्दैछ
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको तगारोका रुपमा रहेको भ्रष्टाचारलाई निर्मुल पार्ने गरी अघि बढ्ने बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा प्रधानमन्त्री ओलीले समृद्ध देश बनाउने र जनतालाई सुखी बनाउने दिशामा अगाडि बढिरहेको र यसमा भ्रष्टाचार मुख्य तगारो भएकाले भ्रष्टाचारलाई निर्मुल पार्ने गरी अघि बढ्ने बताएका हुन् । सरकार स्वच्छ, सक्षम, निष्पक्ष, जनउत्तरदायी शासन व्यवस्था प्रति प्रतिबद्ध रहेको उनले बताए । उनले देशलाई विकास र समृद्धितर्फ अघि बढाउनका लागि संविधानले गरेको व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने कुरामा सरकार गम्भीर रहेको धारणा राखे । प्रधानमन्त्री ओलीले गल्ती गर्ने कसैलाई छुट नहुने भन्दै अनुहार...
Read More

























