Author: Himalaya Post

योजना निर्माण गर्दा गुणस्तरमा ध्यान दिन प्रधानमन्त्रीको निर्देशन

पाटन (ललितपुर) – प्रधानमन्त्री केपी शर्मा ओलीले योजना निर्माण गर्दा गुणस्तरमा ध्यान दिन विभाग र मातहतका कार्यालयलाई निर्देशन दिएका छन् । सडक विभागले शनिबारदेखि ललितपुर आयोजना गरेको आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरेका कामको प्रगति समीक्षा गोष्ठीको समापनका अवसरमा अवसरमा आज निर्देशन मन्तव्य राख्दै उनले सडकको सुरक्षा र मानिसको सुरक्षा हुनेगरी चालु योजना सम्पन्न गर्न निर्देशन दिएका हुन् । “मानिसलाई आवश्यक नै नहुने वन र भिरमा सडक खनेर कुनै फाइदा छैन, मानव बस्ती छुने र छोटो हुनेगरी सडक निर्माण गर्न आवश्यक छ, अनावश्यक ठाउँमा ‘ट्र्याक’ खोलेर उपयुक्त हुँदैन, भिरमा बाटो लगेर मानिसका लागि फाइदा हुँदैन, यसका लागि ध्यान दिन...

Read More

मौसमले साथ नदिँदा तीन दिनदेखि रारामा हवाई उडान प्रभावित

मुगु – मुगुस्थित रारा विमानस्थलमा तीन दिनदेखि उडान प्रभावित भएको छ । मौसममा फेरबदली आइरहँदा विमानस्थलमा उडान हुन नसकेको रारा नागरिक उड्डयन कार्यालय मुगुले जनाएको छ । शुक्रबार समिट एअरले नेपालगञ्जबाट यात्रु लिएर मुगुका लागि उडे पनि जुम्लाको नराकोटमाथि पुगेपछि मौसम खराबी आएको भन्दै १० मिनेट नजिक रहेको यस विमानस्थलमा अवतरण नगरी पुनः नेपालगञ्ज फर्किएको थियो । शनिबार मौसम नखुलेपछि कुनै उडान नभएको र आज आज मौसममा केही सुधार भएपछि उडानको तयारी भए पनि पुनःमौसममा खराबी आएपछि समिटले एअरले रारा विमानस्थलको उडान स्थगित गरेको जनाइएको छ । तीन दिनदेखि उडान नभएपछि नेपालगञ्ज भएर मुगु आउने यात्रु र रारा विमानस्थलबाट...

Read More

विद्युत् प्राधिकरणको सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्र गुरुङ नियुक्त

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका मन्त्रिस्तरीको निर्णयबाट दोलखा तामाकोशी गाउँपालिका–२ का कार्की र ओखलढुङ्गा रुम्जाटार गाउँपालिका–७ गुरुङलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको हो । उनीहरुलाई नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा ९ को उपदफा (३) को खण्ड (च) बमोजिम विद्युत् क्षेत्रमा विशेषज्ञता हासिल गरेका गैरसरकारी व्यक्तिबाट कार्की र विद्युत् उपभोक्तामध्येबाट गुरुङलाई सञ्चालक समितिको सदस्यमा मनोनयन गरिएको मन्त्रालयले जनाएको छ । ऊर्जा मन्त्रीको साउन १८ गतेको निर्णयअनुसार कार्की र गुरुङलाई चार वर्षका लागि सञ्चालक समिति सदस्य पदमा मनोनित गरिएको हो । नवनियुक्त कार्की...

Read More

शेखर गगनको एउटै स्वर : काँग्रेसलाई निष्ठाको केन्द्र बनाएरै छाड्छौँ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिक स्थिरताका लागि कांग्रेस र एमालेको सरकार बनाइएकाले यसलाई टिकाइराख्नुपर्ने बताएका छन् । आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै कोइरालाले पटक पटक सरकार परिवर्तन हुँदा राजनीतिक स्थिरता हुन नसकेका कारण ठूला दुई मिलेर सरकार बनाउनुपरेकाले यसलाई टिकाइराख्नुपर्ने बताएका हुन् । उनले अहिलेको सरकारले गल्ती गरे आवाज उठाउनुपर्ने र सही दिशा दिनका लागि सुझाव दिनुपर्ने धारणा राखे । कोइरालाले अव निर्वाचन प्रणालीलाई सुधार गर्नका लागि संविधान संशोधन गर्नुपर्ने बताए । संविधान संशोधनका नाममा परिवर्तनको उपलब्धि गुम्न सक्ने आशंका पैदा भएका अवस्थामा नेतृत्वलाई झकझकाउने काम कांग्रेस नेता तथा...

Read More

गाईजात्राका लागि हाँस्यकलाकार जोगिन्दरको कोसेली ‘ठगाठग कम्पनी’

काठमाडौँ – हाँस्यव्यङ्ग्य पर्व ‘गाईजात्रा’ नजिकिँदै गर्दा यससम्बन्धी सामग्री बजारमा आउने क्रम सुरू भएको छ । यसैक्रममा प्रहसन र व्यङ्ग्यात्मक प्रस्तुतीमार्फत विसं २०६१ देखि हरेक वर्ष गाईजात्राको प्रस्तुति दर्शकसामू पस्किरहेका जोगिन्दर उपनामले परिचित हाँस्यकलाकार शिवशङ्कर रिजालले नयाँ कोसेली ‘ठगाठग कम्पनी’ सार्वजनिक गरेका छन् । यसमा उनकै लेखन, निर्माण तथा निर्देशन रहेको छ । गाईजात्रा पर्वको परम्परा र संस्कृतिसँगै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिपछि विद्यमान राजनीतिक, सामाजिक तथा आर्थिक विकृति र विसङ्गतिमाथि व्यङ्ग्य प्रहार गर्दै आफ्नो बाइसौँ गाईजात्रे कोसेली तयार गरेको हाँस्यकलाकार रिजालले जानकारी दिए। “विशुद्ध मनोरञ्जन दिने र विकृति विसङ्गतिमाथि प्रहार गर्दै चेतना प्रवाह गर्ने उद्देश्यले मैले कलाकारिता सुरू...

Read More