Author: Himalaya Post

डिएलए नेपालद्वारा विपन्न कैदीबन्दीका लागि प्रो-बोनो सेवा सुरु

काठमाडौँ – नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन (डिएलए–नेपाल) ले देशभरका कारगारमा रहेका विपन्न कैदीबन्दीका लागि निःशुल्क कानुनी सेवा (प्रो–बोनो) सुरु गरेको छ । यसका लागि एसोसिएसनले संस्थाका सदस्य अधिवक्ता जनार्दन बञ्जाडेको संयोजकत्वमा ‘निःशुल्क कानुनी सेवा सहयोग समिति’ गठन गरेर परिचालन गरेको छ । डिएलए–नेपालले अभियानको सुरुआत गर्दै आज काठमाडौँ चारखालस्थित डिल्लीबजार कारागारका कैदीबन्दीहरूसँग निःशुल्क कानुनी सेवाबारे अन्तरक्रिया गरेको छ । डिएलए नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीको प्रमुख आतिथ्य, सहयोग समिति संयोजक बञ्जाडेको सभापतित्वमा भएको कार्यक्रममा कारागार प्रशासक रोमबहादुर राउत, डिएलएका महासचिव अधिवक्ता ज्ञानेन्द्र अधिकारी तथा प्रहरी निरीक्षक कपिलजङ्ग शाही विशेष अतिथि थिए। सहयोग समितिका सहसंयोजक अधिवक्ता गोविन्दराम परियारले सञ्चालन...

Read More

कालोपुलमा एक जनाको हत्याको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँ महानगरपालिका–७ कालोपुलमा २० वर्षीय प्रेम महत दर्जीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमतीसहित दुई जनालाई पक्राउ गरेको छ । महतको आज विहान हत्या भएको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा ओखलढुङ्गा मानेभञ्जयाङ गाउँपालिका–९ माधबपुर घर भएकी २४ वर्षीया उषा नेपाली तथा सोही ठाउँका २७ वर्षीय मदन रम्तेल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिए । उनले भने, “आज कालोपुलस्थित दयालक्ष्मी महर्जनको घरमा कोठा भाडामा लिई एक महिनादेखि बस्दै आएका श्रीमान श्रीमतीमध्ये पुरुष २० वर्षीय प्रेम महत दर्जी मृत अवस्थामा फेला परेकाले मृतकको श्रीमती उषा सार्की र मदन रम्तेललाई पक्राउ गरिएको...

Read More

बिहारको मुख्यमन्त्रीको कार्यालय उडाउने धम्की

एजेन्सी – पटनामा मुख्यमन्त्रीको कार्यालय (सिएमओ) लाई भवन उडाउने धम्कीपूर्ण इमेल प्राप्त भएपछि बिहार प्रहरीले उक्त मामिलालाई दर्ता गरेको छ । सिएमओले जुलाई १६ मा एक अज्ञात अकाउन्टबाट अल–कायदासँग सम्बद्ध रहेको दाबी गरेको इमेल प्राप्त गरेको थियो । इमेल प्रेषकले सीएमओ परिसरलाई बमले उडाइनेछ भनी धम्की दिएको र बिहारको विशेष प्रहरीले पनि यसलाई रोक्न नसक्ने बताएको छ । धम्कीपूर्ण इमेलले प्रहरी र प्रतिआतङ्कवाद दस्ता (एटिएस) लाई अनुसन्धान सुरु गर्न प्रेरित गरेको थियो । त्यसपछि अगस्ट २ मा स्टेशन हाउस अफिसर सञ्जीव कुमारको बयानका आधारमा सचिवालय प्रहरी थानामा एफआइआर दर्ता गरिएको थियो । भारतीय न्याय संहिता, २०२३ को धारा ३५१...

Read More

राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रलाई थप प्रभावित हुन दिँदैनौँ : अर्थमन्त्री पौडेल

ललितपुर – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्र थप प्रभावित हुने अवस्था अब नआउने बताएका छन् । आज भैसेपाटीस्थित मन्त्री निवासमा रासससँग कुरा गर्दै अर्थमन्त्री पौडेलले विद्यमान संसदीय र राजनीतिक व्यवस्थाअनुसार बन्नसक्ने सबैभन्दा बलियो सरकार अहिले बनेको र राजनीतिक अस्थिरताको प्रतिच्छाया मुलुकको अर्थतन्त्रमा पर्ने अवस्था नरहने स्पष्ट पारेका हुन् । “अहिलेको व्यवस्थामा बन्नसक्ने बलियो र दिगो सरकार यही हो । लामो इतिहास भएका र व्यवस्था बदल्न योगदान गरेका दुई ठूला दल मिलेर सरकार बनाएका छन् । राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रमा प्रभाव पार्ने अवस्था अब हामी आउँन दिँदैनौं भन्ने सन्देश दिएका छौँ”, उनले भने, “निजी क्षेत्रलाई उत्साहित...

Read More

काभा महिला भलिबल : इरानसँग नेपाल पराजित

काठमाडौँ – काठमाडौंमा‌ जारी काभा महिला नेसन्स लिग भलिबल च्याम्पियनसिपमा नेपाल इरानसंग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्ड हलमा आइतबार भएको रोमाञ्चक खेलमा इरानले नेपाललाई ३–२ को सेटमा पराजित गरेको हो । खेलमा इरान २५–१६, १६–२५, २५–२३, १५–२५, १५–२३ ले बिजयी भयो । त्यसअघि आइतबार नै भएको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई ३–० को‌ सोझो‌ सेटमा पराजित गर्यो । खेलमा श्रीलंकाले माल्दिभ्सलाई २५–२२,२५–१२,२५–१२ लाई हराएको हो । तेस्रो हारसँगै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ । श्रीलंकासहित भारत, नेपाल र इरान प्रतियोगिता सेमिफाइनल पुगेका छन् । लिग चरणका अन्तिम खेल सोमबार हुनेछ । काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपाल,...

Read More