Author: Himalaya Post

क्यान्सर अस्पतालमा बिरामीको मृत्युपछि दुई नर्स निलम्बित

चितवन–  बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरुलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बन गरिएको छ । साथै अस्पतालमा दुई चिकित्सकसहित २३ जनासँग स्पष्टिकरण माग गरी सचेत समेत गराइएको छ । अस्पतालमा उपचारका लागि आएका बिरामीलाई दिनुपर्ने भन्दा दश गुणा बढी किमोको मात्रा दिएपछि मृत्यु भएको थियो । बिरामीलाई तीन दशमलव चार मिलिग्राम किमो दिनुपर्नेमा ३४ मिलिग्राम दिएपछि बिरामीको मृत्यु भएको देखिएको अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोले बताए । अस्पतालले दिएको जानकारी अनुसार लमजुङको दोर्दीका ५० वर्षीय भक्तराज गुरुङको खुट्टामा छालाको क्यान्सर भएपछि उनको उपचार भइरहेको थियो ।...

Read More

को हुन् सेनाको कमाण्ड सम्हाल्न लागेका बलाधिकृत रथी सिग्देल ?

काठमाडौँ– मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५औँ प्रधान सेनापतिका रुपमा बलाधिकृत रथी अशोकराज सिग्देलले करिब एक महिनापछि जिम्मेवारी सम्हाल्दैछन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही साउन २५ गतेदेखि लागू हुनेगरी रथी सिग्देललाई कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी तोक्नुभएसँगै सङ्गठनको नेतृत्व गर्ने बाटो खुलेको हो । यही साउन १० गतेको मन्त्रिपरिषद् बैठकले ज्येष्ठताका आधारमा रथी सिग्देललाई कामु भई प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्ने गरी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । प्रधान सेनापति प्रभुराम शर्मा तीनवर्षे पदावधि आगामी भदौ २४ गते समाप्त भई अनिवार्य अवकाशमा जाँदैछन् । प्रधानसेनापति अवकाश हुनु एक महिना घर बिदामा बस्ने प्रावधान रहेअनुसार रथी सिग्देलले कामु प्रधान...

Read More

एमाले बैठक जारी, केन्द्रीय नेताहरूको कार्य विभाजनको तयारी हुँदै

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक जारी छ । काठमाडौंको एक होटलमा जारी जारी बैठकले वर्तमान राजनीतिक अवस्थाको संक्षिप्त समीक्षाको साथै केन्द्रीय नेताहरूको कार्य विभाजनका सम्बन्धमा निर्णय गर्ने तयारी छ । असार २६ गते बसेको पार्टी सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्य विभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार मापदण्ड बनाएर कार्य विभाजन गर्न बैठक बसेको हो । यस अघि केन्द्रीय नेताहरूको अन्तर जिल्ला कार्यक्षेत्र निर्धारण गरिएको थियो । नेताहरूलाई अब आफ्नै भूगोलमा खटाउने तयारी एमालेको छ...

Read More

सङ्क्रमणकालीन न्यायसम्बन्धि विवादित सबै विषयमा जुट्यो सहमति

काठमाडौँ– सङ्क्रमणकालीन न्याय सम्बन्धित गठित कार्यदलले विवादीत सबै विषयमा सहमति जुटाएका छन् । बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि मिल्न बाँकी विषयमा सहमति जुटेको हो । विधेयकका चार वटा विषयमा दलहरुबीच मतभेद रहदै आएको थियो । द्वन्द्व कालको बेलामा भएको हत्यालाई मनसायपूर्वक अथवा स्वेच्छाचारी ढङ्गले परिभाषित गर्ने, मेलमिलाप पत्र र क्षमा दान गर्नका लागि पीडितको सहमति आवश्यक हुने, पीडितको सहमति भएन भने मानव अधिकार उल्लङ्घनमा पनि सरकारवादी फौजदारी मुद्दा चल्न सक्ने विषयमा कार्यदलमा सहमति भएको छ । द्वन्द्वका क्रममा मृत्यु वा घाइते भएका सुरक्षाकर्मीकोे परिवारलाई पनि पीडित सरह परिपूरण दिने सहमति भएको छ । बैठकपछि...

Read More

ऊर्जामन्त्रीद्वारा ऊर्जा क्षेत्रको विकासका लागि पूर्वसचिवसँग छलफल

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशको ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको विकासका लागि पूर्वसचिवहरूसँग छलफल गरेका छन् । उर्जामन्त्री खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विद्यमान अवस्था र भावी कार्ययोजनाबारे मन्त्रालयका पूर्वसचिवसँग बुधबार छलफल गरेका हुन् । छलफलका क्रममा मन्त्री खड्काले पूर्वसचिवको अनुभवलाई समेटेर भावी कार्ययोजना बनाएर अगाडि बढ्ने बताए । “तपाईँहरूले नेपालको ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा काम गरेर अनुभव हासिल गर्नुभएको छ, यहाँहरूको अनुभवले मन्त्रालयलाई भावी कार्ययोजना निर्माणमा सहयोग पुग्नेछ”, उनले भने । मन्त्री खड्काले ऊर्जा र सिँचाइ क्षेत्रको विकासका लागि अप्ठ्यारा ऐन, नियम, कार्यविधि र नियमावलीलाई संशोधन गरेर अगाडि बढ्ने जनाए । उक्त मन्त्रालयका...

Read More