टुटेश्वरनाथको दर्शनका लागि दण्डीयात्रा जारी
महोत्तरी – जिल्लाको चुरेक्षेत्रमा अवस्थित टुटेश्वरनाथ महादेवको दर्शनका लागि श्रद्धालु भक्तजनले थालेका दण्डीयात्रा (पस्रेर अघि बढ्ने) को आज दोस्रो दिन पनि यात्रा जारी छ । निर्जन वनक्षेत्रमा बोलबम गुञ्जदो छ । बुधबार यसवर्षको साउने मेलाअन्तर्गतको दण्डीयात्रा सुरु गरेका श्रद्धालुले पहिलो दिन चार किलोमिटर यात्रा गरेका थिए । पस्रदै, उठ्दै फेरि पस्रदै । आफू पस्रदा (लम्पसार पर्दा) ओगटेको दुरी रेखाङ्कित गर्दै गन्तव्यतिर अघि बढ्दै । सबैको एउटै उद्देश्य शिव दर्शन । सबैको एउटै वाणि ‘बोल बम !’ टुटेश्वरनाथ मन्दिरबाट १८ किमी दक्षिणको माण्डवीगङ्गा (मडहा), बरुणमति (बेलगाछी) र स्वर्णमति (सोनी) नदीको त्रिवेणी सङ्गमबाट श्रद्धालुले पवित्र जलपात्रमा जल भर्दै शिव दर्शनका लागि...
Read More

























