Author: Himalaya Post

मौद्रिक नीति : वित्तीय साक्षरता अभियान सञ्चालन गरिने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरतालाई अभियानकै रुपमा अगाडि बढाउने भएको छ । आम मानिसलाई वित्तीय रुपमा साक्षर बनाउने लक्ष्यका साथ केन्द्रीय बैंकले उक्त प्रबन्ध गरेको हो । चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले ग्राहकको हित संरक्षण, बैंक तथा वित्तीय संस्थाप्रति सेवाग्राहीको दायित्वलाई ध्यानमा राखेर वित्तीय साक्षरतालाई विशेष जोड दिइएको बताए । सेवाग्राहीप्रति बैंक तथा वित्तीय संस्थाको दायित्व, कर्जा व्यवस्थापन, ब्याजदर, वित्तीय सेवाको तुलनात्मक विश्लेषण, डिजिटल बैंकिङ्ग, वित्तीय ज्ञान एवम् मनोवृत्तिमार्फत वित्तीय व्यवहारमा परिवर्तन ल्याउन उक्त कार्यक्रम अगाडि बढाउने लक्ष्य निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थामार्फत वित्तीय सचेतना कार्यक्रम सञ्चालन...

Read More

ग्लोबल आइएमई बैंकको सञ्चालकमा ज्ञवाली नियुक्त

काठमाडौँ – ग्लोबल आइएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवाली लामो समयदेखि दर्जनौ सामाजिक संघसंस्थामा रहेर काम गरेकी छन् । ज्ञवालीको नियुक्तिसँगै ग्लोबल आइएमई बैंकको ७ सदस्यीय सञ्चालक समितिले पूर्णता पाएको छ । बैंकको अध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल छन् भने अन्य सञ्चालकहरुमा रामबहादुर भण्डारी, राधेश पन्त, कृष्णप्रसाद शर्मा, मदनलाल जोशी र नारायणप्रसाद पौडेल रहेका छन्...

Read More

मौद्रिक नीतिप्रति बैँकर्स संघको प्रक्रिया : अर्थतन्त्रलाई चलाउमान बनाउने प्रयास

काठमाडौँ – नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले मौद्रिक नीतिको कार्यान्वयनले यसले लिएको लक्ष्य स्पष्ट पार्ने बताएका छन् । शुक्रबार केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि संचारकर्मीसंग कुरा गर्दै केसीले नीतिमार्फत अर्थतन्त्रलाई चलाउमान बनाउने प्रयास गर्न खोजिएको भन्दै यसको कार्यान्वयनले मात्रै मौद्रीक नीतिको लक्ष्य स्पष्ट हुने बताएका हुन् । अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्न सहयोग गर्ने गरी नै मौद्रिक नीति आएको उनको भनाइ छ । उनले बैंकिङ क्षेत्रमा देखिएका समस्यालाई पनि मौद्रिक नीति मार्फत सम्बोधन गर्न खोजिएको जिकिर गरे । समग्र ऋणको प्रभिजनलाई १ दशमलव १ प्रतिशत झार्ने विषय सरकारात्मक रहेको उनले बताए । उनले निर्माण क्षेत्रमा बैंकले लिएका...

Read More

सङ्क्रमणकालीन न्याय : कार्यदलले सरोकारवाला निकायसँग छलफल गर्ने

काठमाडौँ – सङ्क्रमणकालीन न्याय सम्बन्धित गठित कार्यदलले सरोकारवाला निकायसंग परामर्श गर्ने भएको छ । शुक्रबार गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि भएको छलफललाई अन्तिम रुप दिनका लागि सोमबार सरोकारवाला निकायसंग परामर्श गर्ने निर्णय गरेको हो । सरोकारवाला निकायसंगको परामर्शपछि कार्यदलले अन्तिम प्रतिवेदन तयार गरि शीर्ष तहलाई बुझाउने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । हत्या, सजायको बिषयमा पनि कार्यदल सहमति नजिक पुगिसकेको उनले बताए । पीडितमैत्री, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानुनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने बर्तौलाले बताए । त्यस्तै कार्यदल सदस्य माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विधेयकमाथि सैद्धान्तिक सहमति जुटेको भन्दै अन्तिम रुप दिन बाँकी...

Read More

निर्माण व्यवसायलाई गति दिने मौद्रिक नीतिको लक्ष्य

काठमाडौँ– पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राख्दै थप गति दिने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । निर्माण व्यवसायमा रहेको शिथिलतालाई कम गर्दै पुनःस्थापनाका लागि केन्द्रीय बैंकले विशेष प्रबन्ध गरेको छ । निर्माण व्यवसायहरूलाई प्रवाह भएको कर्जाको साँवाब्याज तिर्ने अवधि आगामी मङ्सिर मसान्तसम्म थप गरिएको छ । निर्माण व्यवसायलाई कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभएसम्मका लागि चेक अनादर भएको आधारमा मात्रै कालोसूचीमा समावेश नगर्ने व्यवस्था गरिएको छ । निर्माण व्यवसायीले राख्दै आएका अधिकांश मागलाई मौद्रिक नीतिमार्फत सम्बोधन गर्ने प्रयास गरिएको छ । निर्माण व्यवसायका लागि लिइने बैंकिङ सुविधा तथा कर्जाहरूमध्ये वासलात बाहिरको सुविधा उपयोग...

Read More