Author: Himalaya Post

परराष्ट्रमन्त्री डा राणासँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट

काठमाडौँ–  परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयस्थित मन्त्री डा राणाको कार्यकक्षमा आज भएको सो भेटमा नेपाल र युरोपियन युनियनबीचको सम्बन्धका विविधि पक्षमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ...

Read More

नयाँ मौद्रिक नीतिमा लघुवित्त संस्थालाई गाभिनका लागि प्रोत्साहन

काठमाडौँ–  लघुवित्त वित्तीय संस्थालाई एकआपसमा गाभिनका लागि प्रोत्साहन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । त्यस्ता संस्थाको सेवा सम्बन्धमा रहेका गुनासोको सम्बोधन गर्दै ग्राहकहित संरक्षण गर्ने नीतिको प्राथमिकता छ । अन्तर्राष्ट्रिय असल अभ्यास समेतका आधारमा ग्राहकहित संरक्षणलाई प्राथमिकतामा राख्दै आवश्यक नियामकीय व्यवस्था गरिने नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए । लघुवित्त वित्तीय संस्थाहरुले कर्जामा लिने ब्याजदर तथा सेवा शुल्कसम्बन्धी नियामकीय व्यवस्थामा समसामयिक पुनरावलोकन गर्ने, परिस्थितिबस ऋण तिर्न नसकेका लघुवित्तका ग्राहकलाई निश्चित प्रतिशत ब्याज भुक्तानीगरी कर्जा पुनर्तालिकीकरण गर्ने प्रबन्ध नीतिले गरेको छ । कुनै निश्चित प्रदेश वा क्षेत्रमा आफ्नो कार्यक्षेत्र सीमित...

Read More

भारतले धान, चामल निर्यातमा कर लगाउँदा, आयात ह्वात्तै घट्यो

वीरगञ्ज (पर्सा)–  प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय हुँदै धान, चामलका आयातमा गिरावट आएको छ । भारत सरकारले धान, चामल निर्यातमा कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लाग्ने व्यवस्था गरेसँगै यसको प्रभाव नेपालमा परेको हो । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ आठ अर्ब २८ करोड ५५ लाख ४२ हजार मूल्य बराबरको २० करोड ८० लाख ९२ हजार चार सय ४८ किलोग्राम धान नेपाल आयात भएको छ । आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा धान आयातको परिमाण ४४ दशमलव ६० प्रतिशतले घटेको हो । सरकारले प्राप्त गर्न राजस्व पनि ३९ दशमलव ८१ प्रतिशतले घटेको छ । सरकारले...

Read More

मौद्रिक नीति २०८१/८२ : बैंकदर र निक्षेप सङ्कलनदर घटाइयो

काठमाडौँ–  नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक गरेको छ । नयाँ मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंकदर र निक्षेप सङ्कलनदर घटाएको छ । “ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई सात प्रतिशतबाट छ दशमलव पाँच प्रतिशत र नीतिगत दर पाँच दशमलव पाँच प्रतिशतबाट पाँच प्रतिशत कायम गरिएको छ”, मौद्रिक नीति सार्वजनिक गर्दै  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने । ब्याजदर करिडरको तल्लो सीमाका रुपमा रहेको तीन प्रतिशतको निक्षेप सङ्कलन दरलाई भने यथावत् राखिएको छ । बैंकदरमा स्थायी तरलता सुविधा प्रदान हुने व्यवस्थालाई निरन्तरता दिँदै स्थायी तरलता उपलब्ध हुने शर्तहरुलाई लचिलो बनाइने राष्ट्र बैंकले जनाएको छ ।...

Read More

कांग्रेस अब छिट्टै सरकारमा सहभागी हुन्छ : प्रमुख सचेतक विष्ट

कर्णाली– नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले कांग्रेस अब छिट्टै सरकारमा सहभागी हुने जानकारी दिएका छन् । सङ्घमा राष्ट्रिय समीकरण परिवर्तन भएसँगै नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्मिलित सरकार बनेपछि कर्णाली प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र)ं बाहिरिएको छ । माओवादी बाहिरिएसँगै रिक्त रहेका आर्थिक मामिला तथा योजना, जलस्रोत तथा ऊर्जा विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र सामाजिक विकास मन्त्रालयको नेतृत्व कांग्रेसले गर्नुपर्ने देखिएको प्रमुख सचेतक विष्टले बताए। “ कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाही, पार्टीसभापति र उपसभापतिले कर्णाली सरकारमा जाने विषयमा छलफल गरिरहनुभएको छ,” उनले भने, “केही प्राविधिक कारणले ढिला भएपनि अब...

Read More