Author: Himalaya Post

एसिया कप खेलेर फर्किएका महिला क्रिकेट टिम भन्छन् – ‘हामीले सुधार गर्नुपर्ने निकै छन्’

काठमाडौँ– एसिसी महिला एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिम स्वदेश फर्किएको छ । बिहीबार स्वदेश फर्किएको नेपाली टोलीलाई क्रिकेट संघ क्यानका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका थिए । आठ टिम सहभागी प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले तीन खेल खेलेको थियो । समूह चरणका तीन खेलमा एक जित र दुई हार खाएको नेपालले भारत र पाकिस्तानजस्ता बलिया प्रतिद्वन्द्वीसँग खेलेको थियो । नेपाल फर्किएपछि नेपाली राष्ट्रिय महिला क्रिकेटकी कप्तान इन्दु बर्मा एसिया कप जस्तो ठूलो खेल खेल्न पाउदा निकै उत्साहित भएको बताइन् । खेलमा सक्दो प्रयास गरेपनि सोचेजस्तो नजिता हासिल गर्न नसकिएको उनको अनुभव छ । फिटनेश, बलिङ र...

Read More

बागमती प्रदेश सरकारद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

बागमती–  बागमती प्रदेश सरकारले सौर्य विमान दुर्घटनामा १८ जनाको निधन भएको प्रति दुःख व्यक्त गरेको छ । मुख्यमन्त्री बहादुरसिंह लामा तामाङको नेतृत्वमा नवगठित प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले विमान दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवाजनमा समवेदना प्रकट गर्ने निर्णय गरेको प्रदेश सरकारका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले जानकारी दिए । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान बुधबार बिहान ११ बजे उडेको केहीबेरमै त्रिभुवन विमानस्थल परिसरमा दुर्घटना हुँदा १८ जनाको निधन भएको थियो । सो दुर्घटनामा परी गम्भीर घाइते विमानका चालक मनिष शाक्यको सिनामङ्गलस्थित केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ । यसैगरी बैठकले केही दिनअघि चितवनको सिमलतालमा...

Read More

जुलाई २२ विश्वकै सबैभन्दा तातो दिनको रूपमा रेकर्ड

एजेन्सी – युरोप, एसिया र उत्तर अमेरिकाका अधिकांश भूभागमा अत्यधिक तापक्रम बढेपछि युरोपेली सङ्घ ९इयू० को जलवायु अनुगमनकर्ताले जुलाई २२ मा लगातार दोस्रो दिन पृथ्वीमा अत्यधिक तातो भएको जनाएको छ । कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस (सिथ्रिएस)को प्रारम्भिक तथ्याङ्कअनुसार सोमबार दैनिक औसत तापक्रम १७।१५ डिग्री सेल्सियस पुगेको थियो । यसको एक दिनअघि अर्थात् जुलाई २१ मा ०.०६ डिग्री सेल्सियस कम तातो थियो । यद्यपि, यो एक वर्ष पहिले रेकर्ड भएको सर्वकालिक उच्च तापमानभन्दा सामान्य बढी हो । पृथ्वीको तथ्याङ्क प्रयोग गरेर वास्तविक समयको नजिक विश्वव्यापी वायु र समुद्री तापमान अद्यावधिक गर्ने संस्था कोपर्निकसको आँकडा अस्थायी रहेको र अन्तिम मानहरू धेरै...

Read More

परराष्ट्रमन्त्री डा. राणासँग युएइ र इजरायली राजदूतको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि संयुक्त अरब इमेरेट्सका राजदूत अब्दुल्ला अल सामसीले आज परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्। त्यस भेटका अवसरमा द्विपक्षीय सम्बन्ध र पारस्परिक चासोका विविध विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी आजै मन्त्री डा राणासँग नेपालका लागि इजरायली राजदूत हानान गोदर गोल्डबर्गरले पनि शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा नेपाल इजरायल सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ...

Read More

विवादित व्यक्तिलाई संवैधानिक निकायमा नियुक्त नगर्न मानव अधिकार आयोगको निर्देशन

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले लोकतन्त्रको भावना र संविधानको मर्मविपरीत हुनेगरी सार्वजनिक निकायमा नियुक्ति नगर्नरनगराउन निर्देशन गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा राज्यका महत्वपूर्ण संवैधानिक पदमा विवादमा आएका व्यक्तिलाई नियुक्ति नगर्न नेपाल सरकारलगायत सम्बन्धित निकायलाई निर्देशन गरिएको उल्लेख छ । आयोगले नेपाल सरकार, संवैधानिक परिषद् तथा राज्यका विभिन्न जिम्मेवार तहबाट कार्यपालिका, संवैधानिक निकाय तथा विभिन्न सार्वजनिक निकायका उच्चपदमा फौजदारीलगायत विभिन्न अभियोगमा राज्यको कारबाही तथा छानबिन प्रक्रियामा रहेका एवं सामाजिक र नैतिक रुपमा विवादित व्यक्तिलाई नियुक्ति सिफारिस गरेको र नियुक्ति गर्ने क्रममा रहेको जानकारी आयोगलाई प्राप्त भएको जनाएको छ । राज्यका निकायमा...

Read More