Author: Himalaya Post

काठमाडौँ जिल्ला अदालत : मुद्दा फर्छ्योट दरमा सुधार

कालीका खड्का, काठमाडौँ – जिल्ला अदालत काठमाडौँले २०८०/८१ मा मुद्दा फर्छ्योट दरमा तुलनात्मक रुपमा सुधार गरेको छ । यस आर्थिक वर्षमा २३ हजार दुई सय ९१ (४६ दशमलव ७४ प्रतिशत) मुद्दा फर्छ्योट गरेको छ । आव २०७९/८० मा १५ हजार पाँच सय २८ (४२ दशमलव १८ प्रतिशत) मुद्दा फर्छ्योट गरेको थियो । आव २०८०/०८१ मा ४९ हजार आठ सय २७ मुुद्दा रहेकामा फर्छ्योट गर्न बाँकी २६ हजार पाँच सय ३६ मुद्दा रहेका छन् । जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलले मुद्दा फर्छ्योटमा तीव्रता दिने उद्देश्यले काम गर्दागर्दै पनि मुद्दाको चाप बढी र न्यायाधीशको सङ्ख्यामा कमीका कारण नसकिएको भए पनि गत वर्षको...

Read More

कानुनी कारबाहीबाट १० करोडभन्दा बढी राजस्व सङ्कलन

जनकपुरधाम – आन्तरिक राजस्व कार्यालय जनकपुरले लामो समयदेखि राजस्व नबुझाउने २० वटा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानमाथि कानुनी कारबाही गरी रु १० करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख किशोर बर्तौलाकानुसार गत आर्थिक वर्ष २०८०/८१ मा कानुनी कारबाही गरेर जरिवानाबाट उक्त रकम सङ्कलन गरिएको हो । लामो समयदेखि कर अर्थात राजस्व नबुझाउने एक सय ७८ व्यावसायिक प्रतिष्ठानलाई कारबाही गर्ने सूचना जारी गरेपछि त्यसमध्येका २० व्यावसायिक प्रतिष्ठानले जरिवाना रकम बुझाएका हुन् । कार्यालयबाट प्राप्त विवरणअनुसार कार्यालयअन्तर्गत ३७ हजार व्यावसायिक करदाता रहेको छन् । जसमध्ये गत आर्थिक वर्षमा १५ हजार करदाताले वार्षिक आयव्यय अर्थात राजस्व बुझाएका छन् । अहिलेसम्म २२...

Read More

कर्णाली प्रदेशका केही स्थानमा आज राति अधिक वर्षा हुने

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना...

Read More

गण्डकीमा रोपाइँ : बागलुङमा सबैभन्दा बढी, गोरखामा कम

गण्डकी – साउन पहिलो सातासम्ममा गण्डकी प्रदेशमा करिब ८४ दशमलव २६ प्रतिशत रोपाइँ भएको छ । सबैभन्दा बढी बागलुङमा ९५ दशमलव ०१ र गोरखामा जम्मा ५४ दशमलव ७३ प्रतिशत रोपाइँ भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । कास्कीमा ९५, नवलपरासीमा ९२, तनहुँमा ९२, स्याङ्जामा ८५, पर्वतमा ८०, लजजुङमा ७९ र म्याग्दीमा ६९ दशमलव ३६ प्रतिशत रोपाइँ भएको हो । निर्देशनालयका कृषि अधिकृत रञ्जना पोखरेलकानुसार यसवर्ष प्रदेशभरिमा करिब ९६ हजार ५३ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान छ । गत वर्ष ९७ हजार सात सय ६९ हेक्टरमा धान खेती गरिएको थियो । प्रदेशको कूल चार लाख ७९ हजार छ...

Read More

त्रिवि शिक्षण अस्पतालमा भावविह्वल आफन्त, मृतकको पोष्टमार्टम गरिँदै

काठमाडौँ – सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका व्यक्तिहरुको पोष्टमार्टम त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ । बुधबार बिहान त्रिभुवन बिमानस्थलमा नै सो बिमान दुर्घटना हुदा १८ जनाको मृत्यु भएको थियो । मृतकको शवलाई पहिचानका लागि शिक्षण अस्पतालमा राखिएको छ । शुक्रबारसम्म पोष्टमार्टम गरी परिवारजनलाई शव बुझाउने तयारी गरिएको छ । मृतकको शवहरु पहिचान हुन नसक्ने अवस्थामा रहेको र एउटा शव पहिचान गर्न चार घण्टा लाग्ने शिक्षण अस्पतालका फरेन्सीक विभाग प्रमुख डा गोपाल कुमार चौधरीले जानकारी दिए । उनले अन्य अस्पतालबाट पनि चिकित्सक मगाएर पोष्टमार्टमलाई समयमा नै सम्पन्न गर्ने बताए । शिक्षण अस्पतालमा मृतकका परिवारहरु पुगेका छन् । उनीहरु अस्पताल...

Read More