विश्व बैंकबाट थप १३ मिलियन अमेरिकी डलर अनुदान स्वीकार्न वार्ता टोली गठन
काठमाडौँ – सरकारले ‘समृद्ध वन’ आयोजनाका लागि विश्व बैंकबाट थप १३ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्नका लागि वार्ता टोली गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले समृद्धिका लागि वन आयोजनाका लागि विश्व बैंकबाट थप १३ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्नका लागि वार्ता गर्न अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको जानकारी दिए । त्यस्तै बैठकले साउन २२ देखि २४ गतेसम्म भारतमा आयोजना हुने विमष्टेक व्यापार सम्मेलनमा सहभागी हुन उद्योगमन्त्री नेतृत्वको टोलीलाई स्वीकृत दिने निर्णय गरेको छ भने फ्रान्सको पेरिसमा आयोजना हुने...
Read More

























