सौर्य एयर दुर्घटना : ५ सदस्यीय जाँचबुझ आयोग गठन, भोलि राष्ट्रिय झण्डा आधा झुकाइने
काठमाडौँ – सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मीक बैठकले रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । आयोगलाई ४५ दिनको म्याद दिइएको उनले बताए । आगामी दिन यस्ता दुर्घटना हुन नदिन आवश्यक सुझाव समितिको प्रतिवेदन दिन आयोग गठन गरिएको उनको भनाई छ । त्यस्तै आगामी दिनमा हवाइ दुर्घटना हुन नदिन आन्तरिक तर्फका सवै वायुसेवा कम्पनीहरुले जहाजको अनिवार्य परीक्षण गर्ने र नागरिक उड्ययन प्राधिकरणले सघन अनुगमन गर्नुपर्ने निर्णय गरेको छ । बैठकले विमान दुर्घटनाप्रति स्तब्ध भएको भन्दै मृतकप्रति...
Read More

























