Author: Himalaya Post

मर्यादा विपरित कार्य गर्ने एक जना डिएसपीसहित ३१२ जना प्रहरीलाई कारबाही

काठमाडौँ – कोशी प्रदेश प्रहरी कार्यालयले गत आर्थिक वर्ष ०८०/८१ मा प्रहरी मर्यादा विपरित र अवाञ्छित क्रियाकलाप गर्ने एक जना डिएसपी सहित ३ सय १२ जना प्रहरीहरुलाई कारवाही गरेको छ । विराटनगर स्थित कोशी प्रदेश प्रहरी कार्यालयमा आयोजना गरिएको आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रगति सार्वजनिकिकरण कार्यक्रममा सो जानकारी दिइएको हो । सो कार्यक्रममा आर्थिक वर्ष ०८०÷८१ मा ९ हजार ३ सय ८७ वटा मुद्दा दर्ता भएको र बैकिंग कसुर सम्बन्धी मुद्दा दर्ताको संख्या पछिल्लो वर्ष बढ्दै गएर १ हजार ४ वटा पुगेको तथ्यांक प्रस्तुत गरिएको थियो । कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक चन्द्रकुबेर खापुङले सिटी सफारीका...

Read More

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री आचार्यको शपथ बुधबार

तुलसीपुर (दाङ) – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यको शपथ तथा पदभार ग्रहण बुधबार हुने भएको छ । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेलबासेका अनुसार बुधबार बिहान ८।३० बजे शपथ तथा पदभार ग्रहण कार्यक्रम तय गरिएको छ । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण हुने भएको हो । कांग्रेस र एमालेका ५६ सांसदको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्री नियुक्त गरिएको हो । प्रदेश प्रमुख अमिक शेरचनले अर्घाखाँची क्षेत्र नं १ ९१) बाट निर्वाचित आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। संसद्मा एमालेका २९ र कांग्रेसका २७ सांसद छन्...

Read More

संसद्का संयुक्त र विषयगत समितिका सदस्यको नाम हेरफेर

काठमाडौँ – प्रतिनिधिसभाले संसदीय सुनुवाइ र विषयगत समितिमा सदस्य थप र हेरफेर गरेको छ । सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राखेको सदस्यको नाम हेरफेरसम्बन्धी प्रस्तावलाई सभाले सहमति जनाएको थियो । सभामुख घिमिरेले संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को नियम २५ को २ बमोजिम संसदीय सुनुवाइ समितिमा सदस्यहरूको नाम हेरफेरको प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त समितिमा सांसद रमेश लेखकको स्थानमा सांसद श्यामकुमार घिमिरे र सांसद डा स्वर्णीम वाग्लेको स्थानमा डोलप्रसाद अर्याललाई हेरफेर गरिएको छ । यस्तै राज्य व्यवस्था तथा सुशासन समितिमा सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्णबहादुर खड्का, रवि लामिछाने र राजेन्द्रकुमार राई थपिएका छन् ।...

Read More

अर्थमन्त्रीलाई कर्मचारीको बिफ्रिङः अर्थतन्त्रका ४६ चुनौती सामना गर्न २९ क्षेत्रमा सुधार आवश्यक

काठमाडौँ – मुलुकको अर्थतन्त्रका देखिएका चुनौती र समाधानका उपायबारे अर्थमन्त्रालयका कर्मचारीहरुले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ‘ब्रिफिङ’ गरेका छन् । मन्त्रालयले आज प्रेस नोट जारी गर्दै विभिन्न चुनौती पहिचान भएका र ती चुनौती समाधानका लागि चाल्नुपर्ने कमदबारे पनि अर्थमन्त्री पौडेललाई जानकारी गराइएको उल्लेख गरेको छ । “अर्थमन्त्रालयका नजरमा नेपालको अर्थतन्त्रमा विशेष गरी ४६ वटा चुनौती छन् । ती चुनौतीलाई सामना गर्न २९ वटा क्षेत्रमा कदम चाल्न जरुरी छ”, मन्त्रालयको प्रेस नोटमा भनिएको छ, “अर्थतन्त्रमा देखा परेका चुनौती र तिनलाई सामना गर्ने उपायसम्बन्धी अर्थमन्त्रालयका सचिव र सहसचिवले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ब्रिफिङ गरिसकेका छन् । उपप्रधान तथा अर्थमन्त्री पौडेलले समस्या र...

Read More

परराष्ट्रमन्त्रीसँग स्वीस् राजदूतको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री डा आरजु राणासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा ड्यानियल म्युली मोन्टेलेओनले आज शिष्टाचार भेट गरेकी छन् । परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा नेपाल–स्वीट्जरल्याण्ड सम्बन्धका विविध पक्षका साथै आपसी हित, सहयोग र समन्वयका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ...

Read More