Author: Himalaya Post

कृषि क्षेत्रलाई उकास्न उत्पादनमा आधारित अनुदान दिनुपर्छ : पूर्वअर्थमन्त्री महत

काठटमाडौँ – नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महतले कृषि क्षेत्रलाई उकास्नका लागि उत्पादनमा आधारित अनुदान दिनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपालमा आर्थिक क्रान्ति सम्भावना र चुनौती विषय कार्यक्रममा महतले कागजमा देखाएर कृषिको अनुदान लिने गरेको पाइएको भन्दै उत्पादनमा आधारित अनुदान दिनुपर्ने बताएका हुन् । उनले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न आफु अर्थमन्त्री हुँदा आलु प्याजमा भ्याट लगाउदा नबुझि विरोध गरिएको गुनासो गरे । महतले नयाँ प्रविधि भित्राउदै उत्पादन बढाउने कृषकहरुलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गरे । उनले विज्ञतालाई पनि उपयोग गरेर उत्पादन गर्न सके निर्यात गर्न सक्ने अवस्थामा पुग्ने बताए । त्यस्तै महतले नेपालको विशेषताका हिसावले कृषिको आकारलाई बृहत बनाउनुपर्ने...

Read More

राजमार्गको पहिरो रोक्न त्रिपालको सहारा

बाजुरा – अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध छन् । लगातारको वर्षाले पटक–पटक अवरुद्ध भएको साँफे–मार्तडी राजमार्गमा पर्ने बडीमालिका नगरपालिका–९ कारागार नजिकैको पहिरो रोक्न त्रिपालको सहारा लिइएको छ । पहिरो नरोकिएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार सुरक्षाकर्मी लगाएर पहिरो गएको ठाउँमा त्रिपाल बिछ्याएको हो । अविरल वर्षाका कारण भिरालो जमिनमा पहिरो नरोकिएपछि जिल्ला प्रशासन र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा पहिरोमाथि त्रिपाल विछ्याइएको हो । लगातारको वर्षाका कारण पहिरोले सडक अवरुद्ध भएपछि कुनै विकल्प नहुँदा त्रिपाल बिछ्याइएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए । उनका अनुसार सडक डिजिभन कार्यालय साँफेबगरलाई पहिरो गएको ठाउँमा पर्खाल निर्माण गर्न अनुरोध...

Read More

‘नयाँ सरकारले कोरोना बीमाको भुक्तानी गर्न पहल गरोस्’

– विक्रान्त पाण्डे (बीमा विज्ञ) सन् २०२० को सुरुवातसँगै कोरोना (कोभिड–१९) ले विश्वसमुदायलाई नै आतंकित बनायो । त्यसको प्रभावको नेपालले पनि सामना गर्नुपर्यो । दैनिक हजारौँ मानिस यसबाट संक्रमित बने भने सयौँ मान्छेले ज्यान समेत गुमाए । यहीबीच कोरोना संक्रमणको त्रासका बीच नेपालमा बीमा कम्पनीहरुले कोरोना बीमा ल्याए । जुन त्यतिबेला सर्वसाधारणका लागि फाइदाजनक पनि थियो । तर, हामीसुनिरहेका छौँ कि कोरोना बीमाको कयौँ भुक्तानी अझैँ पनि हुन सकिरहेको छ । तर, यसमा सरकार, सम्बन्धित निकाय, बीमा कम्पनी सबै किन मौन छन् ?  पोलिसी बीमा लेख हो भने त्यसले कानुनी मान्यता राख्छ । कानुनी मान्यता राखेको बीमाको भुक्तानी दिनु...

Read More

सांसदले घुस दिएका विषयमा तत्काल अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छु : गृहमन्त्री लेखक

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले पूर्वमन्त्री एवं सांसद डा वीरेन्द्र महतोले घुस दिएको विषय तत्काल अनुसन्धान गर्न प्रहरी निर्देशन दिइसकेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री लेखकले सांसद महतोले घुस दिएको विषयमा सांसदहरुले सदनमा उठाएको विषयमा सरकार गम्भीर रहेको भन्दै अनुसन्धान अघि बढाएको सदनलाई जानकारी दिएका हुन् । उनले आफूले व्यक्तिगत रुपमै सांसद महतोसँग उक्त विषयमा जानकारी लिएको समेत बताए । “प्रहरीलाई उक्त घटनाबारे तत्काल छानबिन गर्न आदेश दिइसकिएको छ । यो विषयलाई सरकारले अत्यन्त गम्भीर रुपमा लिएको छ”, गृहमन्त्री लेखकले भने, “सदनमा एक सदस्यले आफ्नो छोराको सर्टिफिकेटको सन्दर्भमा विचौलीयालाई घुस दिएको कुरा उठाउनुभएको छ । मैँले व्यक्तिगत रुपमा...

Read More

तनहुँ जलविद्युत् आयोजना निर्माणले गति लिँदै

तनहुँ – यहाँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना निर्माणले गति लिएको छ । हालसम्म आयोजनाको भौतिक प्रगति ५९ प्रतिशत पुगेको आयोजनाले जनाएको छ । बर्खायामको समयमा सेतीनदीमा आउने बाढीका कारण थोरै निर्माण प्रभावित भएको आयोजनाले जनाएको छ । आयोजनाको प्याकेज–१ अन्तर्गत बाँध निर्माणका लागि क्रङ्क्रिटको काम नदी किनारमा बसेर गर्दा डाँडाबाट ढुङ्गा खस्ने हुँदा निर्माण प्रभावित भएको आयोजनाका प्रबन्ध निर्देशक किरण श्रेष्ठले जानकारी दिए । उनले भने, “आयोजनाको प्याकेज–१ मा ३५, प्याकेज–२ मा ७३ र प्याकेज–३ मा ७३ प्रतिशत कार्य प्रगति भएको छ, “वर्षा रोकिएपछि निर्माणले गति लिने छ ।” आयोजनाको प्याकेज–१ अन्तर्गत...

Read More