कर्णाली प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीको राजीनामा
कर्णाली – कर्णाली प्रदेश सरकारबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का चार मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री यामलाल कँडेलसमक्ष आज उनीहरूले सामूहिक राजीनामा दिएका हुन् । माओवादी केन्द्रका तर्फबाट प्रदेश सरकारमा महेन्द्र केसी आर्थिक मामिला तथा योजना, वीरबहादुर शाही सामाजिक विकास, दुर्गबहादुर रावत उद्योग, वन तथा वातावरणमन्त्री र रनसिंह परियार जलस्रोत तथा ऊर्जा विकासमन्त्री थिए । परिवर्तित राष्ट्रिय राजनीति र समीकरण फेरबदल भएकाले प्रदेश सरकारका कामकारबाहीमा सहयोग पुर्याउन राजीनामा दिएको मन्त्री केसीले बताए । चारै जना मन्त्री यही वैशाख १८ गते नियुक्त भएका थिए । मन्त्रीहरूको राजीनामा सँगै माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।...
Read More

























