पुनःनिर्माणको पर्खाइमा जाजरकोट दरबार
काँक्रेविहार (सुर्खेत) – विसं १८५२ मा निर्माण भएको ऐतिहासिक जाजरकोट दरबार हाल त्रिपालले ढाकिएको अवस्थामा छ । गत कात्तिक १७ गते रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण दरबारमा क्षति पुगेपछि हाल वर्षाबाट जोगाउन त्रिपालको सहारा लिनुपरेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । यो भन्दा पहिले दुई पटक आएको भूकम्पले पनि दरबारमा क्षति पुगेको थियो । डिभिजन वन कार्यालय जाजरकोटको सहयोगमा त्रिपालले ढाकिएको प्रजिअ अधिकारीले बताए । अत्यन्तै जोखिम भएपछि त्रिपालले ढाकिएको प्रजिअ अधिकारीको भनाइ छ । यसअघिका दुईवटा भूइँचालोले दरबारलाई क्षति पुर्याएपछि दुवैपटक पुनःनिर्माण गरिएकोे थियो । यस पटक पुनः भूकम्पले पूर्णरुपमा क्षति पुर्याएपनि पुनःनिर्माण हुन सकेको...
Read More

























