Author: Himalaya Post

त्रिशूली किनारमा बेपत्ताका परिवारद्वारा गृह सचिवसँग विलौना

चितवन – यही असार २८ गते बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा गएको पहिराले दुई वटा यात्रुबाहक बस त्रिशूली नदीमा पुर्यायो । बसमा सवार यात्रुका अधिकांश आफन्त उक्त समाचार सुन्ने वित्तिकै बोकेर घटनास्थल आइपुगेका थिए । उनीहरु विगत तीन दिनदेखि त्रिशूली किनारमा आफन्तहरुको खोजीमा सक्रिय छन् । उनीहरु बिहानदेखि साँझसम्म त्रिशूली किनारमै हुन्छन् । आफन्तलाई जीवितै पाउने आश मार्दै गरेका उनीहरुमा राज्यले सक्ने जति उद्धारमा जुटेन कि ? भन्ने आशङ्का परेको छ । उर्लिएको त्रिशूलीको खोचमा आफन्त त परको कुरा दुई वटा बस नै अहिलेसम्म भेटिएका छैनन् । उनीहरुले खोजी कार्य छिटो गरिदिन अनुनय विनय गरिरहेका छन् । तीन दिनको खोजीले उल्लेख्य...

Read More

ललित स्मृति एन्फा यु-१८ युथ लिग आजदेखि सुरु

काठमाडौँ – ललित स्मृति एन्फा यु–१८ युथ लिगको फुटबल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी)ले चर्च बोइज युनाइटेडलाइ पराजित गर्यो । खेलमा एनआरटीले चर्च बोइज युनाइटेडलाई २–१ गोलअन्तरले पराजित गरेको हो । खेलमा सुरुआती अग्रता भने चर्च बोइजले लिएको थियो। ३६औं मिनेटमा अमनबहादुर तामाङले गोल गरेका थिए । तर, विज्ञानले ५५ र ८०औं मिनेटमा गोल गर्दै एनआरटीलाई पुनरागमन जित दिलाए । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सुरु प्रतियोगीतमा १२ क्लब सहभागी छन् । लिगको च्याम्पियनले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ पाउनेछन्...

Read More

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि गृहजिल्ला झापावासी हर्षित

भद्रपुर (झापा) – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री बनेपछि गृहजिल्ला झापावासी हर्षित भएका छन् । जिल्लामा विकास निर्माणलगायतका कामले थप गति लिने अपेक्षासहित जिल्लावासी हर्षित भएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले आजै उनीलाई नेपालको संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रधानमन्त्री ओलीले विगतका कार्यकालमा जिल्लामा सुरू गरेका विकास निर्माणका योजनाले पूर्णता पाउनुका साथै आगामी दिनमा नयाँ योजना थपिनेमा जिल्लावासी आशावादी छन् । कन्काई नगरपालिका–४ का खगेन्द्र उप्रेती जिल्लावासी चौथोपटक देशको कार्यकारी नेतृत्वमा पुग्नु गौरवको कुरा भएको बताउँछन् । प्रधानमन्त्री...

Read More

नवनियुक्त प्रधानमन्त्री ओलीका उतारचढाव : झापा आन्दोलनदेखि तेस्रोपटक बालुवाटार यात्रासम्म

काठमाडौँ – संविधानको प्रभावकारी कार्यान्वयन गर्दै मुलुकमा समृद्धि र विकासका लागि बलियो एवं स्थिर सरकारको आवश्यकता देखिएका बेला ४५औँ प्रधानमन्त्रीका रूपमा  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली नियुक्त भएका छन् । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिको केन्द्रमा रहने एक राजनीतिज्ञ हुन् । प्रधानमन्त्री ओलीलाई देशका प्रमुख राजनीतिक पार्टी कांग्रेस र एमालेको प्रस्तावमा करिब दुई तिहाइको समर्थनमा सरकारको नेतृत्व गर्ने ऐतिहासिक अवसर प्राप्त भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ७६ (२) बमोजिम आज प्रधानमन्त्रीमा नियुक्त अध्यक्ष ओली संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल एमालेको समर्थनमा मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा...

Read More

धमिलो पानीमा बस र यात्रुको खोजी गर्न सकिने प्रविधि ल्याउन पहल हुँदैछ : गृहसचिव अर्याल

काठमाडौँ – गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा वेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताएका छन् । चितवनको सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीको प्रगतिबारे स्थलगत जानकारी लिदै गृहसचिव अर्यालले बस र यात्रुको खोजीका लागि छिमेकी मुलुकबाट आवश्यक प्रविधि ल्याउने प्रयास भइरहको बताएका छन् । यसका लागि सम्वन्धीत देशका राजदूतसंग कुराकारी भइरहेको र चीन तथा भारतबाट उपकरण आउने प्रतिवद्धता आएको उनले बताए । उनले मृतकहरुको पहिचालनका लागि तीव्रताका साथ काम अघि बढाउने र राहतको बिषयमा पनि गृहले आवश्यक पहल गर्ने जिकिर गरे । सचिव अर्यालसहित प्रहरी महाननिरीक्षक...

Read More