Author: Himalaya Post

कर्णालीमा साउन १ गते सार्वजनिक बिदा

कर्णाली– ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ । गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो...

Read More

सिमलताल पहिरो : थप दुई शवको पहिचान खुल्यो

चितवन– नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार पहिरोले बगाएको बसका यात्रु मध्ये नवलपरासीको त्रिवेणीमा भेटिएका दुईवटा शवको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार आइतबार साँझ भेटिएका ती शवको अहिले पहिचान खुलेको हो । सनाखत हुनेमा भरतपुर –२२ पटिहानीका २३ वर्षीय सुदीप विक र रौतहटका १७ वर्षीय फिरोज राहुपत छन् । ती भेटिएका शवमध्ये सात वटाको सनाखत भएको छ भने अन्य चार शवको सनाखत हुन बाँकी रहेको छ । आइतबार पहिचान खुलेकामा भारतको विहार बेतिया जिल्ला पश्चिम सम्पारण–२२ का ४० वर्षीय सजाद अन्सारी, भारतकै जयप्रकाश ठाकुर, माडी नगरपालिका–१ का २२ वर्षीय विकाश...

Read More

नवनियुक्त प्रधानमन्त्री ओलीले शपथ लिदैँ (लाईभ)

काठमाडौँ– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान ११ बजे शीतल निवासमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीबाट आजै मन्त्रिपरिषद्को विस्तार भएपछि नव नियुक्त मन्त्रीहरुको पनि पद तथा गोपनीयताको शपथ हुने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा ९एमाले० को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीचको यही असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त...

Read More

तटबन्ध नहुँदा सन्थाल बस्ती डुबानको जोखिममा

भद्रपुर (झापा) – माई नदीले धार परिवर्तन गरेसँगै झापा गाउँपालिका–२ सुखाबथानका सन्थाल बस्ती कतिबेला बग्ने हो भन्ने त्रासमा छन् उक्त बस्तीका बासिन्दा । सन्थाल बस्तीका सुखाबथान क्षेत्रको सतहभन्दा माई नदी बग्ने सतहमाथि छ । वर्षायाममा माई नदी उर्लेर कतिखेर गाउँ पस्छ, ठेगान नभएकाले उनीहरू सधैँ पिरोलिने गरेका छन् । माई नदी कटानले सन्थाल बस्ती तीनपटक स्थानान्तरण भइसकेको छ, अब पनि डुबान भयो भने आफ्नो जमिन नै बाँकी नरहने ६५ वर्षीय गोपाल टुटो बताउँछन् । “सयौँ वर्षदेखि यहीँ बसोबास गर्दै आएका छौँ, कटानले गर्दा माई नदी किनारमै बास हुनपुगेको छ, उत्तरतिर कालो बादल मडारिएको देख्नेबित्तिकै हाम्रो बस्तीमा त्रासको स्थिति सिर्जना...

Read More

कोशी प्रदेशका बालबालिकालाई खोपबाट वञ्चित हुन नदिने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका बालबालिकालाई खोपबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आज यहाँ आयोजित प्रदेश पूर्ण खोप सुनिश्चिता घोषणा गर्दै उनले बालबालिकाले १६ महिनामा सबै १३ वटा खोप लगाउने अधिकार कुण्ठित हुन नदिन मन्त्रालय, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई आग्रह एवं निर्देशन दिए । मुख्यमन्त्री कार्कीले प्रदेशलाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गर्न पाएकामा खुसी व्यक्त गर्दै यसबाट राष्ट्रिय तथ्याङ्क एवं मानचित्रमा प्रदेशको नाम राख्न पाएकामा सबैलाई बधाई एवं शुभकामना दिए । उनले सरकारले आगामी साउनदेखि नागरिकका घरदैलोमा स्वास्थ्य जाँच गर्न विशिष्ट स्वास्थ्यकर्मीको साथमा मोबाइल भ्यानबाट सेवा प्रारम्भ...

Read More