Author: Himalaya Post

समयमै वर्षा हुँदा देशभर ३८ प्रतिशत धान रोपाई सम्पन्न

काठमाडौँ – समयमै वर्षा भएसँगै आइतबारसम्म मुलुकभर ३८.६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यही असार २३ गतेसम्म सातै प्रदेशमा कूल पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५४ दशमलव २ प्रतिशत रोपाइँ भएको कृषि विभागका सूचना अधिकारी तिकलराज चौलागाइँले जानकारी दिए । सबैभन्दा कम मधेस प्रदेशमा २५ दशमलव ५ प्रतिशत रोपाइँ भएको छ । आइतबारसम्म कोशी प्रदेशमा ३४ दशमलव ४ प्रतिशत, बागमती प्रदेशमा २५ दशमलव ५ प्रतिशत, गण्डकी प्रदेशमा ४९ दशमलव ७ प्रतिशत, लुम्बिनी प्रदेशमा ४४ दशमलव ४ प्रतिशत र कर्णाली प्रदेशमा ४७ दशमलव ५ प्रतिशत रोपाइँ...

Read More

ग्लोबल आइएमई बैंक र नास-आईटीबीच सम्झौता, सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) बिच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास–आईटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत दिलिप पोखरेल र नास–आईटीको तर्फबाट संस्थाका कोषाध्यक्ष अभय पौडेलले हस्ताक्षर गरेका छन् । नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमा आगामी वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रुपमा मनाउने गरी यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ । राज्यको प्राथमिकतामा रहेको यस क्षेत्र अर्थतन्त्रको सम्बाहकको रुपमा रहेको र ग्लोबल आइएमई बैंक पनि सदैव राज्य प्रति उत्तदायी सस्थाको...

Read More

‘कांग्रेस–एमालेको समिकरणले देशमा राजनीतिक स्थिरता हुनेमा शंका’

काठमाडौँ– नेकपा माओवादी केन्द्रका सांसद पूर्ण बहादुर घर्तिले कांग्रेस–एमालेको समिकरणले देशमा राजनीतिक स्थिरता हुनेमा शंका नै रहेको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा घर्तिले यसअघि स्थायित्वको नाममा संविधान विघटन भएको भन्दै अब बन्ने सरकारले देशमा राजनीतिक स्थीरता हुनेमा शंका नै रहेको बताएका हुन् । राजनीतिक स्थीरताका लागि संविधानमा सुधार गर्ने भनिएतापनि संविधान भन्दा पनि दलका नेताहरुको प्रवृतिमा सुधार गर्नुपर्ने उनले जनाए । सांसद घर्तिले राजनीतिक परिर्वतन संगै चिन्तनमा रहेको सामन्ती संस्कारलाई संशोधन गरेमात्रै देशले समृद्धिको खाका कोर्न सक्ने धारणा राखे । उनले संविधान संशोधनका नाममा यसको मूल मर्मलाई असर गर्ने काम गर्न नहुनेमा जोड दिए । संसदीय प्रणालीमा...

Read More

काँग्रेस-एमालेलाई मनिष झाको प्रश्न : चार दिन कुर्दा अर्को पल्टुराम जन्मेला भनेर किन डराउनुहुन्छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संविधान र मुलुकको प्रणालीलाई दलहरुले अविश्वास गरेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै झाले प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिन खोजेपछि त्यसबाट डराएर राजीनामा माग गरिरहेको भन्दै यसले संविधान र मुलुकको प्रणालीलाई दलहरुले अविश्वास गरेको देखिएको बताएका हुन् । उनले कांग्रेस–एमालेलाई चारदिनमा अर्को राजनीतिक परिस्थिती सिर्जना हुने डर पैदा भएको आरोप समेत लगाए । सांसद झाले कांग्रेस–एमालेबीच भएको सहमतिप्रति पनि आशंका व्यक्त गरे । उनले २०५९ सालमा ज्ञानेन्द्र शाहलाइ र २०६९ साल चैत्रमा खिलराज रेग्मीलाई संविधान, सदन र सरकार बुझाएझैं अहिलेको संविधान, सदन र सरकार नबुझाउन सुझाव दिए । नयाँ...

Read More

बाढीपहिरोमा परेर हालसम्म देशभर ७० को मृत्यु, पाँच बेपत्ता

काठमाडौँ — अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त अवधिमा बाढीपहिराका नौ सय ६६ घटना घटेका छन् । त्यसमा ८६ घरमा क्षति पुगेको र तीन सय ३५ पशु चौपायको मृत्यु भएको छ । भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको छ । उक्त अवधिमा चार हजार सात सय ९० प्रहरी...

Read More