Author: Himalaya Post

बेपत्ता श्रीमतीको खोजीमा श्रीमानले अजिंगरलाई मारे, पेटमा भेटियो शव

एजेन्सी – इन्डोनेसियामा अजिंगरको पेटभित्र एक महिला मृत फेला परेकी छन् । अजिंगरले मानिसलाई खाने घटना विरलै भए पनि इन्डोनेसियामा पछिल्लो एक महिनामा यो दोस्रो घटना हो । पछिल्लो घटना दक्षिण सुलावेसी प्रान्तको सितेबा गाउँको हो । इन्डोनेसियाली प्रहरीका अनुसार मंगलबार सिरियाती नामकी ३६ वर्षीया महिला आफ्नो बच्चाको औषधि लिन घरबाट निस्किएकी उनी बेपत्ता भएकी थिइन् । उनका पति आदियान्साले पछि अधिकारीहरूलाई बताए कि उनले गाउँमा आफ्नो घरबाट ५०० मिटर टाढा सिरियतीको चप्पल र अन्य लुगाहरू फेला पारेका थिए। बीबीसी इन्डोनेसिया सेवासँग कुरा गर्दै स्थानीय प्रहरी प्रमुख इदुलले श्रीमान् अदियान्साले एउटा जिउँदो अजिंगर फेला पारेको बताए । अजिंगरको पेट...

Read More

गत जेठ २८ यता बाढी, पहिरोमा परी ७४ जनाको मृत्यु

काठमाडौं – अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म ७४ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १८ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २२ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ४ जना गरी जम्मा ७४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । साथै काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २१ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा ४ जना,...

Read More

कोशीमा पनि सरकार पुर्नगठन गर्ने तयारी

विराटनगर – केन्द्रमा भएको नयाँ सत्ता समिकरण अनुसार कोशी प्रदेशमा पनि सरकार पुर्नगठन गर्ने तयारी गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्र्कीले केन्द्रमा २८ गते नयाँ समिकरण अनुसार नयाँ सरकार बनेपछि त्यसको असर र प्रभाव अनुसार कोशी प्रदेशमा सरकार पुर्नगठन हुने बताएका हुन् । सोमबार विराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै मुख्यमन्त्री कार्कीले तत्कालै कसैलाई सरकारबाट हटाउने आफ्नो चाहना नभएपनि केन्द्रमा नयाँ समीकरण बनेपछि कोशी प्रदेशमा पनि नेपाली कांग्रेस सहितको सरकार बन्ने जानकारी दिए । मुख्यमन्त्री कार्र्कीले सहमतिको सरकार बनाउने आफ्नो प्रयास भएपनि केन्द्रको समिकरण अनुसार नै प्रदेशमा सरकार बन्ने बताए । नयाँ समीकरण अनुसार सरकार बने पनि प्रदेशमा...

Read More

‘७६(२) अनुसार नै सरकार बन्छ, ओलीलाई प्रधानमन्त्री बन्न संवैधानिक अवरोध छैन’

काठमाडौँ – काँगेस–एमाले सहमतिपछि स्पष्ट रुपमा अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनुको सट्टा प्रतिनिधिसभामा विश्वासको मत लिने निर्णय गर्नुले एमालेवृत्तमा नयाँ सरकार गठनलाई लिएर संशय पैदा भएको छ । प्रधानमन्त्रीले असार २८ गते संसदमा विश्वासको मत नपाउने पक्का भइरहदा सत्ताको खेल कतै संविधानको धारा ७६(३) अनुसार जाने त होइन भन्ने एमालेको चिन्ता छ । संविधानको धारा ७६ (२) अनुसार बनेको प्रधानमन्त्रीले विश्वासको मत पाउन नसेकमा ७६(३) अनुसार ठूलो दलको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री बन्ने व्यवस्था छ । त्यस्तो भयो भने नेपाली काँग्रेसका नेता प्रधानमन्त्री बन्न सक्ने सम्भावनालाई हेरेरै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने निर्णय गरेका थिए...

Read More

व्यवसाय चलायमान बनाउँदै अर्थतन्त्र सुदृढ हुनेगरी मौद्रिक नीति ल्याउँछौँ : गभर्नर अधिकारी

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायलाई चलायमान बनाउदै अर्थतन्त्र सुदृढ हुनेगरी मौद्रिक नीति ल्याउने तयारी भइरहको बताएका छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा अधिकारीले कोरोनाका कारण गिरेको व्यवसायीहरुको मनोबल अझै पनि पूर्ण रुपमा उठ्न नसकेको भन्दै निजि क्षेत्रको मनोबल बढाउदै अर्थतन्त्र सुदृढ हुनेगरि मौद्रिक नीति ल्याउने तयारी भइरहको बताएका हुन् । उनले निष्क्रिय कर्जा बढ्नुमा अहिलेको कारण नभई कोरोनाले पारेको असर भन्दै ब्याजदर घट्दा पनि कर्जाको माग बढ्न नसकेको जिकिर गरे । गभर्नर अधिकारीले व्याजदर निर्धारण बजारलाई छाडेकाले राष्ट्र बैंकले हस्तक्षेप नगर्ने र सवैले त्यसलाई स्वीकार गर्नुपर्ने बताए । आर्थिक शिथिलतालाई समाधान...

Read More