Author: Himalaya Post

पोखरामा सडक भासिँदा आवागमनमा समस्या

गण्डकी– पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–१४ चाउथेमा सडक भासिँदा आवागमनमा समस्या भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो राजमार्ग आज बिहान भासिएको हो । अविरल वर्षाका कारण चाउथेको आनन्द टोल घट्टेकुलोको पानी बहाव बढ्न गई पृथ्वी राजमार्ग सडकखण्ड भासिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुुमार शर्माले जानकारी दिए । उक्त स्थानबाट करिब १० मिटर अगाडिको सडकको दायाँतर्फ करिब सात मिटर लम्बाइ र करिब एक मिटर चौडाइ भासिएको उनले जानकारी दिए। सडक मर्मत गरेर यातायात सहज बनाउने प्रयास भइरहेको उनले बताए...

Read More

यूनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद निष्काशन गर्दै, विक्री प्रबन्धकमा सनराइज क्यापिटल

काठमाडौँ– यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि लक्ष्मी सनराइज क्यापिटलसँग सम्झौता गरेको छ । कम्पनीको गत जेठ ३१ गते सम्पन्न भएको विषेश साधारण सभाबाट पारित निर्णय बमोजिम हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले क्यापिटलसँग सो सम्बन्धी असार ११ गते सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । उक्त सम्झौता पत्रमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रवण रावल तथा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रधान कार्यलय सुन्धारामा...

Read More

डेढ दशकपछि बेनी–भकिम्ली सडक स्तरोन्नति

म्याग्दी– डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति थालिएको छ। उक्त सडकले बेनी नगरपालिका–२, ३, ४ र मंगला गाउँपालिका–३ र ४ वडालाई सदरमुकाम बेनी बजारसँग जोड्छ। गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत बेनी–२ को बगरफाँटबाट दूधेखोला–हल्लेगौडा–डोले–मुसुङ जोड्ने सडक ग्राभेल र ढलान गर्ने योजना कार्यान्वयन गरेको हो। गत जेठ २९ गते पाँच करोड ५९ लाखमा ठेक्का सम्झौता गरेको माछापुच्छ्रे–हिमालयन जेभी कार्यक्षेत्रमा परिचालित भएको पूर्वाधार विकास कार्यालयका सवइन्जिनियर रविन चोखालले जानकारी दिए। यसको लागत सात करोड ७२ लाख छ। आगामी १८ महिनामा बगरफाँटबाट दूधेखोलासम्मको तीन किलोमिटर सडक ग्राभेल र दूधेखोलाबाट भकिम्लीतर्फ ३९० मिटर सडक ढलान गरिने छ। सडक सात...

Read More

देशभर मनसुनी वायुको प्रभाव

काठमाडौँ– देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा सिरहाको गोलबजारमा ४७.२, झापाको अनारमनीमा १२७.४, उदयपुरको सुन्दरपुरमा ११८.८, सिन्धुपाल्चोकको ढुंगेमा ९६.८, संखुवासभाको तुर्केघाटमा ९४।४, सिन्धुपाल्चोकको भोताङमा ९४.४, लमजुङको बेसीसहरमा १११, कास्कीको लामापाटनमा ११५.४ तथा डडेलधुराको साहुखर्कमा ८०.६ मिलिमिटर वर्षा भएको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस,...

Read More

‘नगरकोट भ्रमण वर्ष २०८२’ का लागि चारवटै पालिकाको सामुहिक ऐक्यबद्धता

भक्तपुर– देशकै एक पर्यटकीय गन्तव्य नगरकोटमा पर्यटकहरुको चाप बढेसँगै यसको विकास र पर्वद्धनका लागि यसक्षेत्रका चारवटैपालिकाले सामुहिक ऐक्यबद्धता जनाएका छन् । चाँगुनारायण नगरपालिकाले नगरकोट भ्रमण वर्ष २०८२ घोषणा गरेको हो । त्यसपछि यस क्षेत्रसँग जोडिएका पालिकाहरुले ऐक्यबद्धता जनाएका हुन् । पर्यटकीय नगरी नगरकोटसँग जोडिएका पालिका प्रमुखहरूले नगरकोट भ्रमण वर्ष २०८२ सफल बनाउन सामूहिक ऐक्यबद्धता जनाए अनुसार बजेट पनि विनियोजन गरेका छन् । काभ्रे, काठमाडौं र भक्तपुर गरि तीन जिल्ला र काठमाडौंको शंखरापुर नगरपालिका, काभ्रेको बनेपा नगरपालिका र मन्डन देउपुर नगरपालिका तथा भक्तपुरको चाँगुनारायण नगरपालिका नगरकोटसँग सीमा जोडिएको छ । सो क्षेत्रमा हुने पर्यटन वर्षलाई सफल बनाउन स्थानीय पनि उत्साहित...

Read More