बाल मन्दिर जग्गा हिनामिना प्रकरण : पक्राउ पुर्जी जारी भएकामध्ये तीन जना पक्राउ
काठमाडौँ– नेपाल बाल सङ्गठनको नक्सालस्थित करिब २९ रोपनी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हालसम्म तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । सङ्गठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्यसमेतका नाममा जिल्ला अदालत काठमाडौँले गएको वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । उक्त प्रकरणमा २० जनाका नाममा जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । उनले भने, “अदालतबाट २० जनाका नाममा पक्राउ पुर्जी जारी भएको थियो, अहिलेसम्म तीन जना पक्राउ परेका छन्, अनुसन्धान जारी छ ।” अदालतबाट पक्राउ पुर्जी जारी...
Read More

























