क्याम्पस प्रमुख हत्या प्रकरण : जग्गा विवाद र घरायसी कारण, सात जना पक्राउ
बारा– बारामा गोली हानी क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्या गरेको घटनाको मुख्य कारण जग्गा किनबेच विवाद साँधसिमाना र घरायसी कारणबाट भएको पछिल्लो अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय बाराले सात जना आरोपितहरूलाई पक्राउ गरेसँगै घटनाको रहस्य खुलेको हो । हत्याको घटनामा दर्जन बढी सामेल भएको अनुसन्धानबाट खुलेको छ । २०८१ जेठ ३२ गते बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख कुशवाहाको हत्या भएको घटनामा सात जनालाई पक्राउ गरेको र अन्य अभियुक्तहरुलाई पनि चाँडै पक्राउ गरी सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दधिराम न्यौपानेले बताएका छन् । ठुलो योजनामा हत्या भएको र हतियार सप्लाई लगायत...
Read More

























