Author: Himalaya Post

एसईईको नतिजा बिहीबार सार्वजनिक गरिँदै

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए। कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उनको भनाइ छ । परीक्षा नियन्त्रक पौडेलले भने, “असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका हो, तालिकाभन्दा पनि छिटो नतिजा सार्वजनिक गर्न बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले तीव्र गतिमा काम गरेका छौँ, बिहीबारभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ ।” उनले कर्मचारीहरुको समूह बनाएर काम...

Read More

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट खारेज

काठमाडौँ – सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट निवेदन खारेज गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासले कोशी प्रदेश सरकार गठनविरुद्धको रिट निवेदनमा अन्तिम सुनुवाई गर्दै रिट खारेज गरेको हो । जेठ २७ गते हेर्न नमिल्नेमा परेको सो रिट निवेदनमा सर्वोच्चले जेठ ३१ गते यता हेर्दा हेर्दैमा राखेर सुनुवाई गर्दै आएको थियो । रिट निवेदक पूर्वमुख्यमन्त्री कार्कीले नयाँ मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै आफू मुख्यमन्त्रीमा निरन्तरता पाउनु पर्ने आदेशको माग गरेका थिए । पूर्वमुख्यमन्त्री कार्कीले सङ्कल्प प्रस्तावका समर्थक गणेश प्रसाद उप्रेती,...

Read More

देशलाई बलियो बनाउन सबैले योगदान दिनुपर्छ : सभापति देउवा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशलाई बलियो बनाउन सबैले योगदान दिनुपर्नेमा जोड दिएका छन् । मंगलबार काठमाडौंमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशन उद्घाटन गर्दै देउवाले आदिवासी जनजाती लगाएत सवै एकआपसमा एक भएर देशलाई बलियो बनाउन योगदान दिनुपर्नेमा जोड दिएका हुन् । उनले आफ्नो हक अधिकारका लागि लड्दै जादा कांग्रेसलाई पनि बलियो बनाउन आग्रह गरे । महासंघका मागहरुलाई सम्बोधन गर्न आफु लाग्ने उनले प्रतिवद्धता जनाए । उनले महासंघभित्रको विवाद भए आपसमा मिलेर समाधान गर्न सुझाव दिए । त्यस्तै कांग्रेस महामन्त्री गगन कुमार थापाले पार्टीलाई बलियो बनाउनका लागि पार्टी आवद्ध संस्थाहरु सक्रिय हुनुपर्ने धारणा राखे । उनले सरकार...

Read More

प्रतिनिधिसभामा आर्थिक विधेयक स्वीकृत

काठमाडौँ – आर्थिक विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले राखेको भएको उक्त प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको हो । त्यसअघि बैठकमा आर्थिक विधेयक, २०८१ माथि सामान्य छलफल भएको थियो । छलफलमा उठेका प्रश्नको जवाफ दिदै अर्थमन्त्री पुनले कर प्रणालीलाई व्यवस्थित बनाउन सरकार प्रयत्नशील रहेको बताए । त्यस्तै उनले नयाँ चरणको आर्थिक सुधारको योजनासहित स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइने सरकारको योजना रहेको जानकारी दिए । अर्थमन्त्री पुनले मुलुकमा आर्थिक क्रियाकलाप बढाउने, राजस्वको दायरा विस्तार गर्ने तथा व्यवस्थित कर प्रणाली लागू गर्ने विधेयक ल्याएको जानकारी दिए । उनले कर हेरेफेरमा विद्युतीय सवारी साधनलाई निरुत्साहित गरिएको भन्ने कुरा सही नभएको धारणा राखे...

Read More

बजेट राम्रो भएकाले पास गरेका हौँ : अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको बताएका हुन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीको प्रश्नमा ओलीले आगामी आर्थिक बर्षको बजेट राम्रो भएकैले सदनबाट बहुमतले पास भएको बताएका हुन् । प्रधानमन्त्रीले मन्त्रीहरुले नै आफुखुसी बजेट राखेको भन्ने गुनासो गर्नुभएको छ नी भन्ने प्रश्नमा ओलीले आफुले त्यस्तो नसुनेको जिकिर गरे । मंगलबार प्रतिनिधिसभाबाट आगामी आर्थिक बर्षको बजेट पारित भएको छ...

Read More