Author: Himalaya Post

आज बजेट पारित हुँदै (लाईभ)

काठमाडौँ– आगामी आर्थिक वर्षको बजेट (विनियोजन विधेयक) आज पारित हुँदैछ । प्रतिनिधिसभामा परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयको विनियोजन शीर्षकमा छलफल सकिएपछि विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । बजेट पारित हुने भएपछि दलहरूले ह्विप जारी गरेका छन्। एमाले संसदीय दलले अनिवार्य उपस्थित हुन सांसदहरूलाई निर्देशन दिएको छ । ‘आज बस्ने प्रतिनिधिसभा बैठकमा आव ०८१/८२ को बजेटलाई निर्णयार्थ पेस गर्ने कार्यसूची रहेकोले बैठकमा अनिवार्य उपस्थिति भई बजेटको पक्षमा मतदान गर्न नेकपा एमालेका सांसदलाई ह्विप जारी गरिएको जानकारी गराउँदछु,’ प्रमुख सचेतक महेश बर्तौलाले भनेका छन्...

Read More

टी–२० विश्वकप : बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा

काठमाडौँ– टी-२० विश्वकप २०२४ को सुपर-८ मा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । अफानिस्तान सेमिफाइनल पुगेसँगै अष्ट्रेलिया सुपर–८ बाटै बाहिरिएको छ । ११६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७.५ ओभरमा १०५ रनमा अलआउट भएपछि अफगानिस्तान ८ रनले विजयी भएको हो । बंगलादेशका ओपनर लिटन दासले ५०, तौहिद हृदोयले १४ र सौम्य सरकारले १० रन बनाए । अफगानिस्तानको जितका लागि कप्तान राशिद खान र नवीन उल हकले ४/४ र फजलहक फारुकी र गुलबदिन नाबी एकरएक विकेट लिए । यसअघि सेन्ट भिन्सेन्टको किङटाउनमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा ११५ रन बनाएको थियो । अफगानिस्तानक लागि ओपनर...

Read More

एमसीसी कम्प्याक्ट कार्यान्वयनको पहिलो वर्ष ७० प्रतिशत बजेट समर्पण

काठमाडौँ – मिलेनियम च्यालेञ्ज कर्पोरेसनअन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता (एमसीसी कम्प्याक्ट) लागू भएको पहिलो वर्षको बजेट खर्च निकै कम देखिएको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए)नेपालले चालु आर्थिक वर्षका लागि पाएको कूल बजेटको करिब ३० प्रतिशत मात्रै खर्च गरेपछि बाँकी ७० प्रतिशत बजेट समर्पण (सरेन्डर) गरेको हो । एमसिए नेपालअन्तर्गतका परियोजनामा खर्च गर्ने गरी चालु आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले रु १० अर्ब ८४ करोड १७ लाख बजेट विनियोजन गरेको थियो । चालु आवका लागि छुट्याइएको उक्त बजेटमध्ये खर्च हुन नसकेको रु सात अर्ब ६० करोड ७० लाख बजेट सरेन्डर गरिएको एमसिए नेपालका प्रवक्ता पुष्कर माथेमाले...

Read More

‘ईस्ट्स माई सो विथ ओसिन’ मा आफ्नो ‘चरित्रहत्या’ गरिएकोप्रति जसिताको आपत्ति, कार्यक्रम प्रस्तोता र अतिथिद्वय नायिका माथि तेर्सियो प्रश्न

काठमाडौँ– नायिका जसिता गुरूङले कान्तिपुर टेलिभिजनमा प्रशारण हुने ‘इट्स माइ शो विथ ओसिन’ शोमा आफ्नो चरित्र हत्या गरिएको भन्दै आपत्ति जनाएकी छन् । यसअघिका कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरीले सो कार्यक्रमको सञ्चालन ओसिन सिटौलालाई सुम्पिएका थिए । ओसिनको पहिलो सो नै विवादमा तानिएको हो । उक्त सोको पहिलो एपिसोडको अतिथिमा ओसिनले नायिकाद्वय स्वतिमा खड्का र साम्रज्ञी राज्यलक्ष्मी शाहलाई बोलाएकी थिइन् । कार्यक्रम अघि बढ्दै जाँदा उनीहरुले कार्यक्रममै नभएकी नायिका जसिता गुरुङको निजी जीवनको प्रसंगमा टिप्पणी गरेपछि सो एपिसोड विवादमा तानिएको हो । नायिका जसिता गुरूङले कार्यक्रममा आफूलाई बदनाम गर्न खोजिएकोप्रति आपत्ति जनाएकी छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले...

Read More

पोखरा महानगरपालिकाको बजेट ७ अर्ब ५१ करोड ३२ लाख

पोखरा – क्षेत्रफलका हिसाबले देशै ठुलो पोखरा महानगरपालिले आर्थिक २०८१/८२ का लागि रु. ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार को बजेट प्रस्ताव गरेको छ । पोखरा महानगरको १५ औँ नगर सभामा सोमबार पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले उक्त बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तावित उक्त बजेट चालु आर्थिक वर्षको तुलनामा ३६ करोड १७ लाखले बढी हो । संघीय सरकार अनुदानबाट रू ४ अर्ब २० करोड २२ लाख १ हजार, प्रदेश सरकार अनुदानबाट रू ९ करोड ६३ लाख ८१ हजार, आन्तरिक आयबाट रू १ अर्ब ५५ करोड ५१ लाख ४० हजार व्यहोरिने उनले बताइन् । त्यसै गरी संघीय...

Read More